
गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगेतिक साँझ सम्पन्न भएको छ ।
सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टि रोज्न आएको बताउदै माहोललाई तताएका थिए । कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द राईले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभई थप मनोरन्जन दिलाएका थिए ।
ब्रिट्रिस गोर्खा नेपलिज काउन्सिलद्धारा आयोजित मनोरन्जन साँझमा अध्यक्ष एकराज नेम्बाङले काउन्सिलको बारेमा जानकारी गराउनु भएको थियो भने लगतै मेडस्टोन र वेजिनस्टोकमा कार्यक्रम रहेको बताउनु भयो । दर्शकहरुको सन्तोषप्रद उपस्थिती रहेको कार्यक्रमको बारेमा सहभागिहरुले एकैपटक ३ उत्कृष्ट कलाकारको प्रस्तुती देख्न पाएकोमा खुसि ब्यक्त गरे ।
Leave a Reply