बेल्जियमका नेपालीहरूको सवारी साधनमा पोष्टर टासिने

ईयुनेपाल समाचारदाता
एन्तेर्पेन बेल्जियम , मार्च १९ ।

बेल्जियममा नेपालको पर्यटन प्रबर्धनमा नेपाली संघ- संस्थाको भूमिका बिषयक अन्तर्कृया बेल्जियमको एन्तेर्पेन शहरमा सम्पन्न भएको छ ।

नेपाल सरकार नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित पर्यटन दुतले आयोजना गरेको यस कार्यक्रममा नेपाली राजदुताबास बेल्जियमका उपनियोग प्रमुख घनश्याम भण्डारी , एन आरएनआइसिसि सचिब अर्जुन कुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गङाधर गौतम,एनआरएन आइसिसि सदस्यहरु जानकी गुरुङ,नेत्रमगर, चिज कुमार श्रेष्ठ नेपाली ब्याबसायी सघ बेल्जियमका अध्यक्ष सीपी भट्ट लगायत बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितीमा यस अन्तरकृया सम्पन्न भएको थियो ।

आयोजकको तर्फबाट पर्यटनदुत शिव कुमार बरुवालले पावर पोइन्टबाट यस अन्तर्कृयाको उदेश्य र बेल्जियममा नेपालको पर्यटन प्रबर्धनको लागि एक बर्षको वार्षिक कार्य योजना र नेपाल भ्रमण बर्ष युरोप २०१७ को बारेमा जानकारी गराए पछी उपस्थित सबैलाई सुझाब को लागि अनुरोध गरिएको थियो ।

अन्तर्कृयामा नेपाली राजदुताबासको तर्फबाट उपनियोगप्रमुख घनश्याम भण्डारीले पावर पोइन्टबाट नेपाली दुताबास बेल्जियम ,नेपाल पर्यटन बोर्ड, पर्यटन दुत र नेपाली समुदाय बेल्जियमले सामुहिक रुपमा मिलेर नेपालको पर्यटन प्रबर्धनको लागि के कस्ता कामहरु गर्न सकिन्छ भने बारेमा प्रकाश पारेका थिए ।

उपस्थित एनआरएन लगायत सबै संघ संस्थाले कार्यक्रममा महत्वपूर्ण सुझाब राख्दै बेल्जियम स्थित पर्यटनदुतको तर्फबाट प्रस्तुत कार्ययोजनामा आफ्नो पूर्ण सहयोग रहने प्रतीबद्वता ब्यक्त गर्नु भएको थियो । प्रस्तुत कार्य योजनामा यस बर्षको लागि नेपाल भ्रमण बर्ष युरोप-२०१७ लाई अभियानको रुपमा अगाडि बढाउने जस अन्तर्गत बेल्जियमका बिभिन शहरहरुमा नेपालको पर्यटन प्रबर्धन गर्ने कार्यक्रमहरु गर्ने गर्ने निर्णय गरेका छन ।

त्यसैगरी बेल्जियमका नेपालीहरुले संचालन गरेका २५० भन्दा बढी ब्यवसायहरुमा नेपालको पर्यटन प्रबर्धन सम्बन्धी सुचनामुलक सामाग्री राख्ने , बेल्जियमका नेपालीहरुको ५०० भन्दा बढी निजि सवारी साधनहरूमा नेपालको पर्यटन प्रबर्धन सम्बन्धी पोस्टरहरु टास्ने , बेल्जियममा रहेका नेपाली संघ संस्थाले बिभिन्न अबसरमा आयोजना गर्ने सांस्कृतिक पर्बहरु बेल्जियमका प्रमुख शहरको सेन्टरमा मनाउने , बेल्जियमको राष्ट्रिय समाचार माध्यमहरुमा नेपाल पर्यटन प्रबर्धन सम्बन्धी समाचारहरु प्रसारणको लागि उक्त समाचार भिडियो तयार गर्न बेल्जियमबाट पत्रकारहरु नेपाल पठाउने रहेका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*