जनसम्पर्क समितिको निर्बाचन स्थलमा जे देखियो

ईयु समाचारदाता
लुभेन बेल्जियम ,मार्च १२ ।

जनसम्पर्क समिति बेल्जियमको निर्धारित मतदान कार्यक्रम आज केही बिबादका बिच सम्पन्न भएको छ।
कुल १ हजार ३ सय ३६ मतदाता रहे पनि निर्धारित समय सिमा भित्र मतदान गर्नेको सन्ख्या १ हजार ७१ मतदाता मात्र मतदानमा सहभागी भएका छन ।

निर्बाचन समितिका सहसयोजक नन्दराज घलेका अनुसार खसेको अन्तिम मत
लुभेन :-४९४
अन्त्वेर्पेन् :-२९६
ब्रुग्गे :-२१४
ब्रसेल्स :- ६७
जम्मा :-१०७१

( लुभेन क्षेत्र निर्बाचन प्रमुख यशोदा थापाको टेबुलमा भेटिएको एकतर्फी नमुना मतपत्र )

लुभेन निर्बाचन स्थलमा जे देखियो। ( बेलुकीपख १५:४५ देखि १७:४५ सम्म )

# आफ्नो पक्षको मतदाता नभएको शन्काको आधारमा उम्मेदवारका मतदान अधिकारी प्रतिनिधिहरूले अनाबश्यक केरकार परिचयपत्र माग्ने र हतोत्साहित गर्दै मतदातालाई फर्काएको पाईयो ।

# बेलुकीपख १५:४५ तिर २ जना गुरुङ र १ शेर्पा थरका मतदाताको अधकट्टी सदस्यता भएपनि मतदाता नामावलीमा नाम उल्लेख नगरिएको पाईयो ।

# समिति सस्थापनपक्षले अधिकास माधब सापकोटा पक्षका मतदाताहरूको नाममा धेरै प्रकारका गल्तिहरू गरेको आरोप ।

# क्यासेल्लोबासी सोनाम लामाको नाम सदस्यता अधकट्टीमा भएपनि मतदाता नामावलीमा सोनाम लामा “छिरिङ” थपिएर मतदानबाट बन्चित।

# सुक्ष्म प्राबिधिक त्रुटी गराई आफ्नो पक्षमा परिणाम ल्याउन सस्थापन पक्ष लागेको आरोप मतदान स्थलमा सुन्नमा आएको पाईयो ।

# यति सम्म नियोजित षड्यन्त्र भयो कि माधब प्यानलका लुभेन क्षेत्रीय सदस्यका उम्मेदवार जित बहादुर गुरुङकी श्रीमतिको अर्धकट्टी सदस्यता भएपनि मतदाता नामावलीमा नाम हटाएको भेटियो । यो सिलसिलेबर धाधलीको एउटा ज्वलन्त नमुना हो उनको कथन थियो ।
# निर्बाचन समितिलाई टाईपिङ, डिजाईनिग लगायत प्राबिधिक कुरामा अधिक सहयोग गर्ने सिता सापकोटा प्यानलका महामन्त्रीका दाबेदार उम्मेदवार बिष्णु सापकोटालाई यसबारे जिज्ञासा राख्दा पटक्कै गल्ती स्वीकार गर्ने पक्षमा देखिएनन।

# पाच सय समितिको सदस्यता बन्न ईच्छुक र योग्य होलान ;बाकी सबै अस्थायी र जबर्जस्ती बनेका मतदाता हुन । बिदेश स्थित अन्य पार्टीमा आबद्द सदस्य र समर्थक पनि आफ्नो पक्षमा मतदान गर्न सदस्य बनाईेको हुन अरू त । एक बुज्रुक गेटैनीर भन्दै थिए ।

# यी कुराहरूको अध्ययनले भोलि जुनै समूहले बिजयको माला पहिर्याए पनि समितिमा काम गर्न त्यति सहज न हुने देखिन्छ। पार्टी समर्थक एक अग्रजको भनाई सुनियो । उनको कथन थियो जनसम्पर्क समिति फेरि दुई चिरा र गुट बन्ने पक्का छ।

जनसम्पर्क समिति बेल्जियमको आज सम्पन्न मतदानको क्रममा देखिएका केही झलकहरू

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*