पोर्चुगलमा भलिवल प्रतियोगिता आयोजना हुने

वाई वी तमू
लिस्बोन पोर्चुगल, मार्च ११ ।

नेपाली नया वर्ष २०७४ को अवसर पारेर मोना पोर्चुगलले आगामी अप्रिल ९ तारिक २०१७का दिन राजधानी लिस्बोनमा भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ ।

नेपालको पुरानो खेल भलिबलको संरक्षण गर्न खेलाडीहरुलाई उत्प्रेरणा दिउँ, साथै नेपाली समुदाय बीच सामाजिक सदभाव र आपसी भाइचाराको सम्बन्ध कायम राखौँ@ भन्ने मूल नारा सहितको संदेश प्रबाह गर्ने उद्देस्य स्वरुप उक्त भलिबल प्रतियोगिताको आयॉजना गरेको कुरा मोना पोर्चुगलका खेलकुद संयोजक देब फगामीले जानकारी दिएका छन् ।

पोर्चुगलमा रहेका नया तथा पुराना नेपाली भलिबल खेलाडीहरुलाई उक्त प्रतियोगितामा सहभागी हुनका लागि मोना युरोपका सचिव तथा गैह्र आवासीय नेपाली संघ,पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचन थकालीले जानकारी सहित अनुरोध गरेका छन् ।

पोर्चुगलमा रहेका सम्पूर्ण संघ सस्थाहरुलाई उक्त प्रतियोगितामा सहभागी खेलाडी पठाई सहयोग गर्नकालागि मोना पोर्चुगलले अनुरोध गरेको छ भने प्रतियोगितामा बिजेता टिमले अहिले सम्मकै आकर्षक पुरस्कार प्राप्त गर्ने कुरा समेत मोना युरोप सचिव सुर्जे भट्टचन थकालीले जानकारी दिएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*