अध्यक्षका प्रत्यासी सिता सापकोटाको अपिल

जनसम्पर्क समिति बेल्जियमको आसन्न निर्बाचनमा अध्यक्षका प्रत्यासी सिता सापकोटाको अपिल

सीता सापकोटा
अध्यक्ष पदको उम्मेद्वार,नेपाली जनसम्पर्क समिति बेल्जियम

आदारणिय नेपाली जनसम्पर्क समिती संग आबद्द बेल्जियमवासी आमा वुवा दाजु भाई दिदी बहिनीहरु जय नेपाल ।नेतृत्व एउटा यस्तो तत्व हो जसले कुनै पनी संगठन समाज र राष्ट्र लाई परिवर्तन गर्न सक्दछ। यहाँहरु लाई अवगत नै कि हामी नेपाली जनसम्पर्क समिती बेल्जियमको आसन्न चौथों अधिवेसन पुर्व सन्ध्यामा छौँ।

शाब्दिक रुपमा भन्नु पर्दा राज्य व्यवस्था संचालन गर्ने निती नै राजनिती हो, जसमा पार्टीका बिभिन्न तह र तप्काहरुमा रहेर देश तथा बिदेशमा काम गर्ने तमाम कार्यक्रताहरुको भावना जोडिएको हुन्छ।यसै मध्येको सात दशक लामो ईतिहास बोकेको नेपाली कांग्रेसको बिदेश स्थित भातृ संगठनको नाम हो नेपाली जनसम्पर्क समिती ,जस मध्येको नेपाली जनसम्पर्क समिती बेल्जियमको अध्यक्ष पदको प्रत्याशी बन्दै आगामी नेतृत्वको लागी यहाँहरु माँझ आफ्ना कार्यक्रम र भाबी योजना सहित प्रस्तुत भएकी छु।

बिद्यार्थी काल देखी पीर्टीका बिभिन्न तह र तप्कामा रहेर काम गर्दै यहाँसम्म आई पुग्दा आफ्नो योग्यता, क्षमता, योगदान र अनुभवको आधारमा पार्टीको सिद्धान्त ,मर्म र भावना लाई शिरोपर गर्दै सभ्य समाज निर्माणमा हरेक संगठनहरु संग हातेमालो गर्दै यहाँहरु संगकै साथमा अगाडी बढेको कुरा यहाँहरु लाई अवगत नै छ।

बिदेशको भुमिमा छौँ यहाँ कुनै ठुला ठुला बिकाशका कुरा हामी लाई गर्नु छैन,जती सक्छु हाम्रो नेपाली समाजलाई सभ्य समाज निर्माण गर्दै यहाँ भित्र आई पर्ने हरेक नेपाली दुख ,पिडा ,मर्का र समस्यामाहरुमा सरिक भई मलपपट्टी लगाउने नै छु भन्ने प्रतिबद्धता सहित, यहाँहरुको अमुल्य मतको लागी हार्दिक अनुरोध गर्दछु ।जय नेपाल।

मेरा भाबी कार्यक्रम तथा योजनाहरु।

१) नेपाली जन सम्पर्क समिती बेल्जियम लाई सदा एकताको शुत्रमा बाँधी संगठन लाई मजबुद बनाउनु नै मेरो प्रथम कार्य हुने छ।

२) अग्रजहरुको सदा सरसल्लाह र शुझाव लिई संगठनको बृहत् हितको लागी मेरो नेतृत्व अगाडी बढाउने छु ।

३) बेल्जियम स्थित बिभिन्न राजनितीक, सामाजिक, बर्गिय, क्षेत्रिय र जातिय संगठनहरु संग सहकार्य गर्दै सभ्य समाज निर्माणमा सदा मेरो पहल कदमी रहने छ।

४) नेपाली कला र संस्कृतिलाई बढाहा दिई बिदेशी सामु हाम्रो पहिचान झल्काउने कार्यक्रमहरु अगाडी बढाउने छु।

५) युरोपभरी छरिएर रहेका जनसम्पर्क समितीहरु संग सहकार्य गर्दै बिचार लाई बढाह गर्न पार्टीका आदारणिय नेताहरु को समुपस्थितीमा चरणबद्ध तरिकाले प्रशिक्षण कार्यक्रम संचालन गर्ने छु ।

६) मुलुकको आथिर्क उन्नती तथा पर्यटन क्षेत्रको बिकाशको लागी यहाँ स्थित नेपाली
दुतावास संग सहकार्य गरी अगाडी बढ्ने छु ।
७) महिलाहरुको नेतृत्व बिकाशको लागी हरेक महिनाको एक पटक बिभिन क्षेत्रमा महिला नेतृत्व बिकाश तालीम संचालन गर्ने छु ।

८) संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लाई बिभिन्न बैचारिक संगठनहरु गोलबद्द गराई अन्तरकृया कार्यक्रम गरी कार्यान्वयन गराउनमा जोड गर्ने छु ।

९) सबै बिचार, भाषा, क्षेत्र, बर्ग, जात र संस्कृति एकै ठाउँमा अट्न सक्ने हामी नेपालीहरुको बिदेशस्थित छाता संगठन गैर आवासीय नेपाली संघको नेतृत्व चयनमा समाबेसी र सक्षम नेतृत्वको लागी मेरो पहल रहने छ।

१०) मेरो नेतृत्व लाई मेरो क्षमताले भ्याय सम्म मिलनसार, ज़िम्मेवारी ,धैर्यवान, निष्पक्ष निर्णय,अग्रजहरुको क़दर,सिद्दान्तनिष्ठा ,ईमान्दर र निडर एवं कौसल अभिव्यक्तिका साथ अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दछु । जय नेपाल।

मेरो राजनितीक तथा सामाजिक पाटो’

मेरो राजनैतिक पृष्ठ भुमि
• २०४५ सालमा नेपाल बिद्यार्थी संघ लक्ष्मी मा.बि. लंकू चितवन को ईकाई अध्यक्ष
• २०४६ सालको जनान्दोलनमा घाईते
• २०४९ साल मा बिरेन्द्र बहुमुखी क्याम्पस चितवनको नेविसंघ ईकाई उपाध्यक्ष
• २०५० सालमा नेपाल बिद्यार्थी संघ चितवनको जिल्ला सचिव
• २०५२ सालमा पद्द्म कन्या क्याम्पस (PK-Campus) नेबिसंघ ईकाई सदस्य
• २०५४ सालमा नेपाल तरुण दल चितवनको उपाध्यक्ष
• २०६४ सालमा नेपाल तरुण दल केन्द्रीय समितिको महिला उपप्रमुख
• नेपाली कांग्रेस तेरहौं महाधिवेशन महासमिति सदस्य

– सामाजिक पृष्ठ भुमी
• २०४९ सालमा आदर्श नारी क्लव चितवनको संस्थापक अध्यक्ष
• २०५० सालमा नेपाल रेड क्रस सोसाईटी यूथ सर्कल को उपाध्यक्ष बिरेन्द्र बहुमुखी क्यामपस भरतपुर, चितवन
• २०५१ साल मा गैह्र सरकारी संस्था हरुको समन्वय समिति चितवनको महासचिव
• २०५३ सालमा नेपाल रेडक्रस सोसाईटी चितवन शाखा को महिला संयोजक
• सन् २००५ मा चितवन सहायता कोष बेल्जियमको संस्थापक अध्यक्ष
• गैर आवासीय नेपाली संघ बेल्जियमको सल्लाहकार (२०१३-२०१५)
• गैर आवासीय नेपाली संघ बेल्जियमको कार्यसमिति सदस्य (२०१५ -२०१७ )
• Women welfare Task Force NRNA- ICC Co – Chair

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*