माधब सापकोटा समुह बिजयी बन्ने प्रबल सम्भावना

बिभु क्षेत्री
लुभेन ।

सन्दर्भ जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशन :

हिजो मात्रै सामाजिक सन्जाल फेसबुकमा सार्बजनिक रूपमा माधब सापकोटाले अनुजा प्रधानलाई समर्थन गर्ने कुरा जनाएपछि आज अनुजाले सोही सन्जाल मार्फत माधबलाई सार्बजनिक रूपमा समर्थन गरेकी छिन।

मतदानको अघिल्लो दिन अध्यक्षका प्रत्यासी अनुजा प्रधानद्वारा अध्यक्षका अर्का प्रत्यासी माधब सापकोटालाई समर्थन गरेको घोषणा सङै माधब सापकोटाको जित सुनिश्चित भएको छ ।


जनसम्पर्क समिति बेल्जियमका अधिकाश अग्रज र बरिष्ठ कार्यकर्ताहरू, माधब प्यानल समाबेशी भएकै आधारमा बेल्जियमका बिभिन्न जातीय सघ -सस्थाका जिम्मेवार ब्यक्तिहरू खुलेर माधब पक्षको समर्थनमा लागेको देखिन्छ।

भोली बेल्जियमको बिभिन्न स्थानमा हुन गईरहेको मतदानमा अहिले सम्मको अडकलबाजीमा माधब सापकोटा समुहको बिजय नजिक पुगेको देखिन्छ ।

जनसम्पर्क समितिका खम्बाहरू जानकी गुरुङ,पूर्ण तिमिल्सिना ,पार्बति अधिकारी, अनिता लामा, नरहरी सापकोटा, प्रेम तिमिल्सिना,दिनेश भन्डारी ,सरद क्षेत्री,सुबास गुरुङ्, बिनोद पौडेल, बाबुराजा लामा, प्रेम गुरुङ ,पदम गुरुङ, नन्दु घले , जिवन गुरुङ,पिडी शेर्पा, कर्ण सुब्बा लगायतले एक स्वरमा टेष्ट अफ एशिया लुभेनमा भएको हिजोको कार्यक्रममा एक् स्वरमा अध्यक्ष अर्का प्रत्यासी सिता सापकोटालाई महासमिति सदस्य उनै, एनआरएन अध्यक्ष,जनसम्पर्क समिति अध्यक्ष उनैलाई चाहिने भनेर पद् लोलूपको आरोप लगाएका थिए ।

गङाधर गौतमको अपिल:

सम्पुर्ण नेपाली जनसम्पर्क समिती बेल्जियमका साधारण सदस्यज्युहरु
जय नेपाल ।
माधव सापकोटालाई मतदान गर्नु पर्ने आधारहरु….

१ं) नेपाली जनसंपर्क समितिमा महामन्त्री पश्चात वरिष्ठ उपाध्यक्ष भै सकेका व्यक्ति भएका कारण माधव सापकोटा कि त राजनैतिक सन्यास लिनु पर्यो कि त जाने स्थान अध्यक्ष मात्र हुन सक्दछ । तसर्थ माधव सापकोटा जत्तिको संभावना भएको व्यक्तिको क्षमतालाई नेपाली जनसंपर्क समितिले समुपयोग गर्न सक्नु पर्दछ । माधव सापकोटाको लागि अध्यक्ष मात्रै एउटा विकल्प भएको कारण र अर्का प्रत्यासीका लागि अन्य संभावनाहरु समेत रहेको कारण अध्यक्षमा माधव सापकोटा हुनु पर्दछ ।

२) लोकतान्त्रिक पार्टिमा भुमिकाको विकेन्द्रीकरण हुनु पर्दछ । नेपाली काँग्रेसको अति नै सम्मानित महासमिति पदमा अर्का प्रत्यासी बहालवाला रहेको कारण अथवा काँग्रेसको जिम्मेवारी भुमिकामा रहेको कारण पार्टिमा कुनै जिम्मेबारी नभएका कसैलाई चिची पनि पापा पनि कसैलाई केहि न केहि को अवस्थामा अन्त्य गर्न भोट माधव सापकोटालाई दिइनु पर्दछ ।

३) नेपाली जनसंपर्क समितिका धेरै जिम्मेवार अग्रजहरुको समर्थन र भावाना रहेको समुह माधव सापकोटाको समुह रहेको कारण भोट माधव सापकोटालाई दिनु पर्दछ ।
४) संघियता र समावेसीताको गरमागरम बहस नेपाली काँग्रेसमा चलिरहेको छ । नेपालको सवै क्षेत्र, समुदायलाई समावेस गरेर बनाइएको समुह माधव सापकोटाको समुह समावेसी छ । सवै समुदायको भावानालाई प्रतिनिधित्व गर्दछ ।

५) यो समुह महिला प्रतिनिधित्वको सुनिश्चित गर्न चाहान्छ । यो समुहको उदारताका कारण महिला उपाध्यक्ष निर्विरोध भै सकेको छ । चुनावी मैदानमा आएका सवै महिलाहरुलाई निर्विरोध बनाउन प्रतिवद्ध छ । त्यसकारण महिलालाई देखाएर आफ्नो अभिष्ट पुरा गर्ने कदमको को विरोध गर्दछ । महिला सहभागिताको सुनिश्चिता अन्तरआत्मबाट गरौ नकि राजनैतिक नगरौ ।

६) स्वतन्त्र व्यक्ति, पत्रकारहरु तथा विश्लेशकहरुको स्थलगत अध्यन अनुसार मैदानमा माधव सापकोटाको जनमत बलियो रहेको देखिएको र जित सुनिश्चित भएको निश्कर्ष आएको छ । त्यसकारण आफ्नो अमुल्य मतको सदुपयोग गर्न माधव सापकोटालाई मतदान गरौ ।

जय नेपाल ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति बेल्जियमको अासन्न निर्वाचनमा निम्न पदहरूमा निम्न ब्यक्तिहरू निर्विरोध हुनु भएको जानकारी गराउँदछौँ।

सयोजक इन्द्र क्षेत्री
निर्बाचन समिति

महिला उपसभापतिः श्रीमति दिलमायाँ पाैडेल
सह-महामन्त्रीः श्री धर्म प्रसाद पाठक
सदस्यहरू

एण्टवेर्पेन (पाँच पद)
१-श्री उल्का घिमिरे
२-श्री जोगमान तामाँग
३-श्री दामन तामाँग
४-श्री बिजय मल्ल
५-श्रीमति राधा प्रधान

वेष्ट भ्लान्दरेन (तीन पद)

१-श्री पूर्ण तिमिल्सिना
२-श्री रविन पण्डित
३-श्री राजेन्द्र शर्मा

ब्रसेल्स (तीन पद)
१-श्री केशव सापकोटा(निर्विरोध)
२-श्रीमति पार्वता शर्मा(निर्विरोध)
३-श्री राजु थापा(निर्विरोध)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*