मिडियामा लैङ्गिक बिभेद अन्त्य हुनुपर्छ

ईयु डेस्क
ब्रसेल्स बेल्जियम, मार्च ८ ।

८ मार्च अर्थात महिला दिबसको अबसरमा श्रमिक महिला अधिकारको लागि जागरुक हुदै महिला हक हितको लागि आवाज बुलन्द गर्ने उदघोष अन्तराष्ट्रिय पत्रकार महासघले गरेकोछ ।

लिङ्ग कै आधारमा समाचार कक्ष र कार्यक्षेत्रमा हुने यौनजन्य हिंसा रोक्दै यस्ता अपराध उन्मुलन गरिनु पर्ने आईएफजेले उल्लेख गरेको छ्।
संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा रहेको आधा आकाश बदलिदो विश्वमा २०३० सम्म महिलाको महत्व र कार्यको ५०-५० हिस्सा हुनै पर्ने आईएफजेले माग गरेको छ ।

मुलरूपमा ५ बुदाहरूमा केन्द्रित हुँदै लैङिक बिभेदको अन्त्य गर्दै लैङिक समानता हुनु पर्ने उल्लेख गरेको छ ।

१, महिला तथा पुरुषको समाचार कक्ष-स्थानमा बराबर ,नेतृत्व -पहुँच ।
२, पत्रकारितामा लिङ्गको आधारमा बिभेदयुक्त भुक्तानीको अन्त्य ।
३, समाचार सन्कलन क्षेत्रमा लिङ्ग कै आधारमा हुने हेपाहा प्रबृत्तिको अन्त्य, समाचार सामग्री- क्षेत्र-अधिकार सुरक्षित हुनुपर्ने ।
४, समान सम्मान र समान मुल्यको हकदार पत्रकारितामा नारी ।
५, मिडियामा नारी जगतको सुदृढ विकास र अबसर- साधनहरुमा लैङ्गिक समानता नीति लागू हुनु पर्ने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*