पोर्चुगलमा निधन भएका गुरुङ परिवारलाई आर्थिक सहयोग

वाई वी तमू
भास्को डी गामा पोर्चुगल , मार्च ७ ।

तमू समाज पोर्चुगल तथा आदिवासी जनजाती महासंघ पोर्चुगलले संयुक्त रुपमा पोर्चुगलमा निधन भएका दिपक मान गुरुङ्गको परिवारलाई १ लाख ७२ हजार ९३८ रुपैया सहयोग प्रदान गरेको छ ।

पोर्चुगलमा रहेका नेपालीहरुले उक्त रकम सहयोग गरेका थिए भने रकम संकलनमा तमू समाज पोर्चुगल तथा आदिवासी जनजाती महासंघले सहजकर्ताको भूमिका खेलेको थियो भने राजधानी बाहिर तभिरा क्षेत्रमा बस्ने कमल गौचन र लिस्बोनमा दिपेन्द्र गुरुङद्वयले उक्त रकम संकलनमा प्रमुख भूमिका खेलेका थिए ।

मृतक दीपकमान गुरुङ पोखरा उप-महानगरपालिका वडा नं १० अमरसिंह चोकको स्थायी बासिन्दा थिए र बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका उनको मृत्यु गत जनवरी ६, २०१७,मा पोर्चुगलको ओदिमिरामा हृदयघातका कारण निधन भएको थियो ।

तमू समाज पोर्चुगलका अध्यक्ष राजकुमार गुरुङको श्रीमती बिमला गुरुङद्वारा उक्त सहयोग रकम मृतकका बुबा बेल बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

मृतक दिपकमान गुरुङको शब् नेपाल पठाउने कार्यमा गैह्र आवासीय नेपाली संघ,पोर्चुगल तथा मृतक दीपकमान कार्यरत कम्पनी भुपेन्द्र बस्नेत कम्पनी एल डि एले सहयोग गरेको थियो । मृतक गुरुङका एक श्रीमती र दुई छोरीहरु छन् ।

आदिवासी जनजाती महासंघ तथा तमू समाज पोर्चुगलद्वारा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण पोर्चुगलवासी नेपाली समुदायहरुमा धन्यवाद दिइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*