विश्व तमू संघको सहयोगका लागि सार्वजनिक अपिल

वाई वि तमू
लिस्बोन पोर्चुगल , मार्च ५ ।

नेपालका वरिष्ठ गीतकार तथा संगीतकार शुक बहादुर गुरुङको उपचारार्थ स्वरुप संसारभर छरिएर बसेका तमूहरुलाई सहयोगकालागि सार्वजनिक अपिल गरिएको छ ।

नेपाल लगायत विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरेका सम्पुर्ण तमू (गुरुङ)हरुलाई सम्बोधन गर्दै विश्व तमू संघ,केन्द्रिय तदर्थ समितिका अध्यक्ष पी बि तमू द्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ” बरिष्ठ गीतकार तथा संगीतकार आदरणिय शुक बहादुर तमू ज्यू बिगत केहि वर्ष देखि मधुमेह रोगका कारण बिरामी हुनुहुन्थ्यो तर विस्तारै उक्त रोग निको हुदै गर्दा,फेरी दुवै मृगौलाले काम नगर्ने अबस्थाबाट गुज्रिनु परेको खबरले हामीलाई अति दुखित दुल्याएको छ “।

उक्त अपिलमा अगाडि भनिएको छ “उहाँको दुवै मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको र सोका लागि करिव २० लाख रुपैयाको खाँचो”परेकोले उहाँ व्यक्तिगत रुपमा यति ठुलो रकम जुटाउन असमर्थ रहेकाले विश्वका बिभिन्न भागमा बसोवास गरेका सम्पूर्ण तमू महानुभावहरुमा सहयोग गर्नकालागि “भनि विश्व तमू संघले सबैमा अनुरोध गरेको छ ।
बरिष्ठ गीतकार तथा संगीतकार शुक बहादुर तमू हाल पोखराको गण्डकी हस्पिटलमा हप्ताको दुई पटक डायलोसिस गराई रहनु भएको छ भने डाक्टरको सुझाव अनुसार जति सक्दो छिटो मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिएको कुरा शुक गुरुङ बचाउ अभियान,नेपालका संयोजक जगन बहादुर तमू ले जानकारी दिनुभएको छ ।
मृगौला प्रत्यारोपणकालागि आफ्नै कान्छा छोराले मृगौला दान गर्ने भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*