जर्मनी एनआरएन अध्यक्षमा निनाम्म़ा राईको उम्मेदवारी किन

युरोनेपाल प्रतिनिधि

हामबर्ग , जर्मनी ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष निनाम्म़ा राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साह र  माहौल बन्दै गएको वुझिएको छ  ।

लामो समयदेखि जर्मनीमा  रहेका नेपालीको सुख दुःखको नजिकको साथी बन्न सफल हुँदै आउनु भएको छ ।  बहु आयामिक व्यक्तित्व राई बलियो दाबेदार रहनु भएको छ ।  जर्मनीमा उनले कुनै पनि दल, गुट, उपगुट तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई रचनात्मक ढङ्गबाट एकजुट गराउँदै आउनु भएको छ । उहाँले नेपालको कला, संस्कृति र प्राकृतिक अनुपमतालाई जर्मनीमाझ प्रचार प्रसार गर्दै नेपाली भाषा, संस्कृति र मौलिक परम्परालाई पुस्ता हस्तान्तरण गर्ने कार्यको महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ ।

उहाँ नेपाली समुदायका अग्रज अभिभावकहरूका विज्ञता तथा अनुभवहरूलाई अहिलेका ऊर्जावान् तथा सृजनशील युवाहरूको बौद्धिक र व्यावसायिक सफलताका लागि उत्प्रेरकको रूपमा जर्मनीको नेपाली समाजमा परिचित हुनुहुन्छ ।   राणा शासन हटाऊ अभियानका सक्रिय अभियन्ता राजनीतिज्ञ जननायक रामप्रसाद राईकी नातिनी निनाम्मा राईको पारिवारिक पृष्ठभूमि नै सुशासन, लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका साथै मुलुकको परिवर्तनका लागि निरन्तर सङ्घर्ष र निस्स्वार्थ सेवा गर्नु रहँदै आएको छ । आमा शिवकुमारी राईको कोखबाट सन् १९७१ मा भोजपुरको बासिखोरा, सान्दिलुङ हालको रामप्रसाद राई गाउँपालिका–७ मा जन्मिएकी निनाम्मा राईका बुवा स्वर्गीय नेत्रप्रसाद राई हुनुहुन्छ ।

काठमाडौँको पिपुल्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण राई सन् १९९२ देखि जर्मनमा बसोबास गर्न थाल्नु भएको हो ।  सन् २००९ बाट एलसीसी सदस्य बनेर विधिवत् एनआरएनए अभियानमा जोडिनु भएको हो ।  राई एनसीसी महिला संयोजक, कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षको जिम्मेवारी हुनुहुन्छ । त्यसो त उहाँ, नेपाल तथा जर्मनीका विभिन्न सङ्घसंस्थामा आबद्ध रही समाजसेवा कार्यमा पनि सरिक हुँदै आउनु भएको छ  ।

करिब तीन दशकदेखि जर्मन बसिरहनु भएकी  राईले एनआरएनए अभियानमा उल्लेखनीय भूमिका खेल्ने व्यक्तिमा पर्नु हुन्छ। सक्रियता, नेपाली समाजप्रतिको उहाँको लगाव अनि भावी पुस्ताप्रतिको उत्तरदायित्व बोधका कारण सुसंस्कृत र एकीकृत समाज अनि मातृभूमिको सेवाका लागि रचनात्मक कार्य योजनाका साथ आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवारी दिएको बताउनु भएको छ ।

हालसम्मका जर्मन बसाइका क्रममा एउटा नेपालीको नाताले भोगेका अनुभवहरू र देखेका समस्या अनि समाधानका सम्भावनाहरूलाई संस्थागत रुपमा सम्बोधन गर्दै, जर्मनभरि रहेका हरेक नेपालीहरूमा एनआरएनए संस्थाप्रति अपनत्वको भावना जगाउँदै यो संस्थामा सक्रिय सहभागिता जनाउन उत्प्रेरित गर्ने किसिमका अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्यक्रमहरू उहाँले  अगाडि सार्नु भएको छ ।

चाहे त्यो आकस्मिक घटनाहरूलाई तुरुन्तै सम्बोधन गर्ने आकस्मिक सेवा कोष होस् या अनलाइनको माध्यमबाट नेपाली भाषा पढाउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्द्धन गर्न उहाँ लागि परिरहनु भएको छ ।  जर्मनीमा पढ्दा, काम गर्दा, व्यवसाय सञ्चालन गर्दा वा हिँड्दा अपनाउनुपर्ने सावधानीहरू, कानुनी व्यवस्थाहरू, नेपाल दूतावासले उपलब्ध गराउने सेवाहरूसहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी गराउन डिजिटल एनआरएनको अवधारणा होस्, उहाँका हरेक कार्य योजनाहरू पृथक् र जनमुखी रहँदै आएका छन् ।

नेपाल सेन्टरको स्थापनाको पहल, मातृभूमि परोपकार अभियान, जर्मन सरकार तथा संस्थाहरूसँग सम्बन्ध विस्तार, जर्मनीमा रहेका नेपाली विज्ञहरूको समूह बनाई नेपालको राष्ट्रिय नीति तथा कार्यक्रमका लागि सुझाव प्रतिवेदन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण, वार्षिक रुपमा बालबालिका तथा अग्रज भेला, एक संस्था एक चाड–पर्व लगायतका कार्यक्रमहरूका पनि उहाँको सक्रियता रहँदै आएको छ ।

त्यसो त, जर्मनीको यो पटकको एनआरएन–एनसीसीको चुनावमा अध्यक्षका आकाङ्क्षीहरू अरु पनि नदेखिएका होइनन् । तर, एनआरएन अभियानमा सक्रियता, अनुभव नेपाल र जर्मनीवासी नेपाली समाजप्रति इमानदारितापूर्वक समर्पित भएकी उहाँ जनमुखी कार्य योजनाहरूका कारण अध्यक्ष पदका दाबेदारहरूमध्ये प्रभावशाली उम्मेदवार रहेको प्रष्ट  छ ।

 

 अध्यक्षको उमेद्वार निनाम्मा राईका भावी योजना तथा कार्यक्रमहरु

१. आकस्मिक सेवा कोष नारा:- तपाईंका अमुल्य सहयोगले, हज्जारौंको जिवन सहज वन्न सक्छ कृयाकलाप:- जर्मनभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुको जिवनमा आईपर्ने आकस्मिक घटनाहरु (जस्तै:- विरामी, दुर्घटना, मृत्यू, निर्दोष हुँदा हूँदै पनि आईपरेका कानुनी झै-झमेलाहरु) लगायत विविध आर्थिक सरोकार विषयहरुलाई तुरुन्तै सम्वोधन गर्नका लागि आकस्मिक सेवा कोषको स्थापना गरिने छ । जसमा NRNA NCC पदाधिकारी हरु वाट मासिक प्रति ब्यक्ति ३० यूरो तथा NRNA LCC पदाधिकारी हरु वाट मासिक प्रति ब्यक्ति १५ यूरो संकलन गरी NRNA को आकस्मीक कोष खातामा जम्मा गरीने छ । यसको हिसाव ३-३ महिनामा सार्वजनिक गरिने छ।

२. डिजिटल NRNA क. नेपाल पोर्टल नारा:- शिक्षा, साहित्य र संस्कृति, मुटु-मुटुमा नेपालको आकृति कृयाकलाप:- जर्मनमा रहेका नेपाली वालवालिकाहरुलाई अनलाईनको माध्यमवाट नेपाली भाषा पढउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्धन गर्न तथा जर्मनवासी नेपाली साहित्य अनुरागीहरुको साहित्यिक रचनाहरु सहित गायक अनि कलाकारहरुका प्रतिभाहरुलाई प्रचार प्रसार गर्न एउटा छुट्टै वेभपेज संचालनमा ल्याईने छ । ख. NRN Germany पोर्टल नारा:- मेरो संस्था मेरो पहिचान, गर्वका साथ म NRN कृयाकलाप:- NRNA जर्मनीका गतिविधी, जर्मनीमा पढ्दा, कामगर्दा, ब्यवसाय संचालन गर्दा वा हिंड्दा अपनाउनुपर्ने सावधानीहरु, कनुनी ब्यवस्थाहरु, नेपाल दुतावासले उपलब्ध गराउने सेवाहरु सहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी चाहिएमा सम्पर्क गर्नसक्ने Instantet Messaging System भएको वेभसाईट संचालनमा ल्याईने छ । यो कार्यक्रमवाट विशेष गरेर महिला, विद्यार्थी तथा पेशाकर्मी वढि लाभान्वित हुनेछन् ।

३. NRN Germany Entrepreneur Forum नारा:- ब्यावसायीक सुचनाको, आधिकारीक चौतारी कृयाकलाप:- ब्यवसायी तथा ब्यसाय गर्न चाहनेहरुको फोरम वनाई ब्यावसायीक सुचनाको आदन प्रदान तथा सर-सहयोगको लागि उपर्यूक्त वातावरण निर्माण गरिने छ ।

४. विकासका लागि विज्ञ समुह नारा:- सम्बृद्ध नेपालका लागि हाम्रो आवद्धता, लगानी गर्छौ हाम्रा अनुभव र विज्ञता । कृयाकलाप:- यस कार्यक्रम अन्तर्गत हामी निम्न क्षेत्रका विज्ञहरुको समिति निर्माण गर्नेछौं क. भौतिक पुर्वाधार विकास समिति ( जर्मनीमा वसोवास गर्ने विभिन्न प्रकारका ईन्जिनियरहरु) ख. स्वास्थ्य तथा शिक्षा सुधार समिति ( जर्मनीमा वसोवास गर्ने नर्स तथा डाक्टरहरु सहित प्रोफेसर तथा शिक्षा क्षेत्रमा काम गर्ने विज्ञहरु) ग. कृषि आधुनिकिकरण तथा सुधार समिति ( जर्मनीमा वसोवास गर्ने कृषि अनुसन्धन तथा कृषि क्षेत्रमा काम गरेकाहरु) घ. विज्ञान, सुचना तथा प्रविधि सुधार समिति ( जर्मनीमा वसोवास गर्ने वैज्ञानिक तथा सुचना प्रविधिको क्षेत्रमा काम गर्ने ब्यक्तित्वहरु) ङ. उद्योग तथा ब्यापार सुधार समिति ( जर्मनीमा वसोवास गर्ने उद्योगी तथा ब्यापारीहरु) माथि उल्लेख गरिएका प्रत्येक समितिहरुको बर्षमा कम्तिमा ४ पटक वैठक राखेर योजना, कार्यक्रम तथा सुधारका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गरिने छ र बैशाख महिनाको पहिलो हप्ता त्यो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । जसले निति तथा वजेट निर्माणमा सहयोग पुर्याउने छ ।

५. मातृभूमि परोपकार अभियान नारा:- मातृभूमिकालागि गरौ योगदान, विकासमा लागि जागरण अभियान कृयाकलाप:- नेपालमा हुने प्राकृतिक प्रकोपका घटनाहरु( आगलागी, वाढि पहिरो, भुकम्प, विभिन्न रोग-ब्याधीका महामारीहरु) मा राहत सहयोगलाई चुस्त र पारदर्शी वनाउँदै, सामाजिक समस्याहरु (छाउपढि, दाईजो, वालवालिकाको शिक्षा स्वास्थ्य, बृद्ध बृद्धाको लालनपालन आदि…) मा सहयोग तथा जागरण अभियान संचालन गरिने छ ।

अन्य कार्य-योजनाहरु

१. जर्मनीमा रहेका आम नेपालीहरु विच भावनात्मक रुपमा एकता गराउँदै सामुहिक सहकार्यका लागि प्रेरणा जगाउन नेपाल र नेपाली संग सम्वन्धित कार्यक्रमहरु एकै स्थानमा आयोजना गर्न तथा नेपाली कला-संस्कृति, भेष-भूषा मौलिक चाड-पर्व, खान-पान तथा जिवन शैलिका वारेमा अध्ययन तथा प्रत्यक्ष अनुभव गर्न चाहनेहरुको लागि नेपाल सेन्टरको स्थापनाको पहल गर्ने ।

२. जर्मन सरकार र जर्मनी संघ संस्था संग NRNA को सम्वन्ध निर्माण तथा विस्तारका लागि विशेष पहल गर्ने ।

३. नेपाली वालवालिकाहरुको लागि अनिवार्य रुपमा नेपाली भाषा कक्षा संचालनका साथै नेपाली कला-संस्कृति, भेष-भूषा मौलिक चाड-पर्व, खान-पान तथा जिवन शैलिका वारेमा जानकारी गराउन बर्षमा कम्तिका १ पटक वाल भेलाको आयोजाना गर्न प्रत्येक LCC लाई उत्प्रेरीत गर्ने ।

४. ज्ञान सिपका साथै सुख दु:ख र अनुभवहरु आदान प्रदान गर्ने उद्देस्यका साथ बर्षमा कम्तिका १ पटक अग्रज भेलाको आयोजाना गर्न प्रत्येक LCC लाई उत्प्रेरीत गर्ने ।

५. नेपाली मौलिक चाड-पर्वहरुलाई भब्य अनि ब्यवस्थित वनाउने उद्देस्यले सामुहिकरुपमा सहभागितामुलक चाड-पर्व, उत्सव लगाएतका कार्यक्रम संचालन गर्न एक संस्था एक कार्यक्रमको अवधारणा अगाडि सारेको छु । जसमा एक संस्थाले एक कार्यक्रम संचालन गर्ने र वाँकि संस्थाले त्यसलाई सफल वनाउन सहयोग गर्नेछ । यी सवैको सुपरिवेक्षण तथा सहजिकरण सम्वन्धित LCC ले गर्नेछ ।

६. जर्मनीमा रहेका हरेक नेपाली परिवारको जन्म, विवाह तथा मृत्यू लगायतका मौलिक परंपरागत संस्कारहरुमा शुभकामना/समवेदना पत्रका साथै आवस्यकता अनुसार अन्य सहयोग गर्दै NRNA प्रति अपनत्वको भावना जगाउने ।

७. नेपालको ग्रमिण क्षेत्रका किशोरी, गर्भवती तथा सुत्केरी आमाको प्रजनन् स्वास्थ्य, पोषण तथा मनोवैज्ञनिक असरहरू लगायतका विषयमा जनचेतना अभिबृद्धिका लागि विविध कार्यक्रम संचालन गर्ने ।

८. जर्मनी भरीका हरेक LCC को संयोजनमा प्रत्येक LCC अन्तर्गतका क्षेत्रमा वसोवास गर्ने अग्रज नेपालीहरुका वौद्धिक तथा ब्यवसायीक क्षेत्रमा भोगेका उतारचढाव तथा प्रेरणादयी प्रसंगहरुलाई समेटेर हरेक वर्ष मेरो कथा: भोगाईका गाथाहरु नामक पुस्तक प्रकासन गरीनेछ ।

९. NRNA जर्मनीको स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष डिसेम्वर महिनाभर NRNA नयाँ सदस्यता वितरण तथा पुरानो नविकरण अभियान संचालन गर्ने ।

१०. जर्मनीभर रहेका नेपाली अग्रज अविभावकहरुलाई समेटेर NRN अग्रज समिति (NRN Senior Forum) निर्माण गरी उहाँहरुलाई अविभावकीय भूमिकामा सम्मान दिने ।

११. AUPAIR तथा विद्यार्थीहरुलाई लक्षित गरेर समय समयमा Counselling कार्यक्रमहरु संचालन गर्ने ।

१२. जर्मनीभर रहेका आम यूवा तथा पेशाकर्मीहरुलाई लक्षीत गरेर छोटो अवधिका कुकिङ लगायतका ब्यायसायीक तालिम कक्षाहरुको संचालन गर्ने ।

१३. माथि उल्लेखित विषयहरु वाहेक, NRNA जर्मनीले विगत देखि संचालन गर्दै आएका राम्रा कामहरुलाई पनि निरन्तरता दिईनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*