जनजाती महासंघ बेल्जियमद्वारा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण

ईयुनेपाल प्रतिनिधि 
काजाब्लान्का  नेपाली टोल , क्यासेल्लो ।
 नेपालमा बढीरहेको कोरोनाको महामारीबाट पुर्याईरहेको मानविय क्षतिमा केही मात्रामा भने पनि कमि ल्याउन मद्धत पुर्याउन सकिन्छ कि भन्ने हेतुले आदिवासी जनजाती महासंघ सङ्ग आबद्ध ७ जातीय संगठनहरुको सहयोगमा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण गरेको छ ।

आदिवासी जनजाती महासंघ बेल्जियमका महासचिव नन्दराज घलेले का अनुसार  महासंघका केन्द्रिय अध्यक्ष  जगत बरामको एवं तमु ह्युल छोज धि गुरुङ रार्ष्ट्रिय परिषद केन्द्रिय अध्यक्ष श्री रेशम तमु एवं जातीय अगुवाहरुको उपस्थितिमा गोर्खा जिल्ला अन्तरगत भिमसेन थापा गाउँ पालिकामा २ थान, गण्डकी गाउँ पालिकामा ३ थान र महासंघका पुर्व महासचिव  आङ्ग काजी शेर्पाको  उपस्थितिमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका १० स्थित टाप्टिङ्गमा १ थान बितरण गरेको छ ।
यस अभियानमा साथ दिनु हुने महासंघसङ्ग आबद्ध सात जातीय समाजहरुलाई पनि धन्यवाद ज्ञापन गरेकोछ ।
 श्रोत- न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*