डायास्पोराको नजर एनआरएनए नेदरल्याण्डमा, नतिजा पदम क्षेत्रीको पक्षमा जाने संकेत

 एनआरएनए एनसिसि नेदरल्याण्ड्सको ९औं अधिवेशन नजिकदै गर्दा एनआरएन डायस्पोराले यसअधिवेशनलाई बिशेष रुचिका साथ नियालिरहेको छ।
एनआरएनएको स्थापना काल देखि नै संघको अभियानमा एनसिसि नेदरल्याण्ड्सले उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको छ। सानो एनसिसि भएता पनि बिशेष खालको केन्द्रिय प्रतिनिधित्व गर्दै आएकोले नेदरल्याण्ड्सको एनसिसि प्रति केन्द्रको नजर परेको छ। नवौ अधिवेशन बिगतका अधिवेशनहरु भन्दा फरक ढंगले बिकसित हुँदै गएको र पटक पटक अधिवेशन सारीएको हुँदा किन र के कारणले नेदरल्याण्ड्समा अधिवेशन हुन सकेन भन्ने जिज्ञासा चर्किदै गएको छ ।
एनसिसि नेदरल्याण्ड्सको कार्यसमितीको निर्णय अनुसार ११ जुलाई २०२१ मा निर्धारित गरिएको अधिवेशन निर्वाचन समितीका संयोजक फनिन्द्र पन्त विवादमा मुछिए पछि अध्यक्ष श्रीराम कंडेलले निर्वाचन समिती बिघटन गरेका थिए । फलस्वरुप ११ जुलाईमा अधिवेशन गर्न सम्भव नभए पछि जुलाई १३ हुँदै १८ जुलाईमा सारिएको थियो तर कार्यसमितिको आकस्मिक बैठ्कले नवौ अधिवेशनलाई ३१ जुलाई २०२१ मा सारिएको सार्बजनिक गरेको छ । फनिन्द्र पन्तले सँयोजकत्व गरेको निर्वाचन समिती प्रति विश्वास नभएपछि अध्यक्ष श्रीराम कंडेलको संयोजकत्वमा एक बिशेष समिती पनि बनेको छ जसले निर्वाचन समितिलाई निर्देशन गर्दै स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने प्रतिवद्दता पनि व्यक्त गरेको छ ।
किन बन्यो निर्वाचन समिती विवादित?
निर्वाचन समितीको संयोजकका उम्मेदवार एनआरएनए नेदर्ल्याण्डसका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरी) आफु ब्याक भए पछि कार्यसमितीले निर्वाचन समितिको पुर्व आइसिसि सदस्य संयोजकमा फनिन्द्र पन्तलाई मनोनयन गरेको थियो । मनोनयन भएकै अवस्था देखि फनिन्द्र पन्तले पुर्वाग्रहि ढंगले काम गर्दै गएकाले उनीलाई निर्वाचन समितिका अन्य सदस्यहरुले र संस्थापक अध्यक्ष शशी पौड्यालले त्यसो नगर्न सुझाव दिंदै आइरहेका थिए ।
फनिद्र पन्त अध्यक्षका अर्का उम्मेदवार मिम पुर्जाले आयोजना गरेका कार्यक्रमहरुमा खुलेआम भाग लिने र उसलाई समर्थन गर्दै बोलेका प्रमाणहरु समेत सार्वजानिक हुँदै गए पछि निष्पक्ष निर्वाचन हुने कुरामा शंका पैदा भएको थियो। संस्थामा सुधार ल्याउछु भन्ने बाहानाले ३६ जनाको उम्मेदवार परेकोमा २३ जना, बिशेष गरि पदम क्षेत्री पक्षकालाई, रित नपुगेको भनि वदर गराउने प्रयास भयो ।
अमेरिकी एनसिसिको अङ्रेजी भाषाको निर्वाचन सम्बन्धी निर्देशीका Guideline कपि पेस्ट गरि नेदर्ल्याण्डसमा लागु गर्ने प्रयास पनि भयो । त्यसमा उल्लेखित धारा १४ लाई गलत परिभाषित गरेर संरक्षक र सल्लहकारले उम्मेदवारको प्रस्तावक र समर्थक बन्न नपाउने अर्थ लगाएर पदम क्षेत्रि र उनको टिमबाट उठेका अच्युत कट्टेलको उम्मेदवारि बदर गर्ने कुरा सार्वजानिक गरेपछी निर्वाचन संयोजक थप विवादमा परे। । साथै आफ्नो कार्यक्षेत्र भन्दा बहिर गएर हस्ताक्षरहरु जाच्ने वा सोध्ने जस्ता अबैधानिक कार्यले पनि फनिन्द्र पन्त प्रतिको विश्वास शुन्यमा झरेको थियो । निर्वाचनमा लाग्यो भने मिम पुर्जाको हार निश्चित छ भन्ने लागे पछि निर्वाचन नै नगराइ मिम पुर्जाको टिमलाई एकलौटी निर्बिरोध घोषणा गर्ने आयसले काम गर्दै गए ।
यसमा युरोप संयोजक नारायण आचार्यले सहमतीको बातावरण श्रीजना गर्नु वा तटस्थ बस्नु पर्नेमा पूर्वाग्रही रुपमा निर्वाचन समितिलाई गलत दिशामा निर्देशित गरी निर्वाचित समितिको पूर्वाग्रही र विवादित कार्यलाई साथ दिएर पदीय मर्यादा र दायित्व भन्दा बाहिर गएर कृयाकलाप गरेको कुरा समेत खुल्न आएको छ।
आचार्यले एनसिसिमा हस्तक्षेप गर्दै नेदर्ल्याण्डसको नेपाली समाजलाई विवादमा धकेलेको भन्ने पनि हाम्रो आन्तरिक स्रोतबाट जानकारीमा आएको छ । नेदरल्याण्ड्स जस्तो शिक्षित र विकसित मूलुकको विवेकशील एनसिसिले फनिन्द्र पन्तको पदिय दुरुपयोग र पक्षपाती निर्णय स्विकार्न नसके पछि अधिवेशन तोकिएको समयमा हुन नसकेको भन्ने बुझिन्छ । “मैले निर्वाचन संयोजकले पन्जिक्रित सदस्य उपर गरेको अन्यायलाई सुधार्न निर्वाचन समितिलाई दुई दिनको समय दिएर सुधार गर्न निर्देशन गरेको थिए तर निर्वाचन समितिले आफ्ना गल्तिलाई सुधार नगरेको हुँदा निर्वाचन समिती बिघटन गर्नु परेको हो, अध्यक्ष श्रीराम कंडेलले भन्नु भयो ” । तर अहिले निर्वाचन समितिले ३६ सै जनाको उम्मेदवारलाई मान्यता दिने र अधिवेशन कार्यसमितिले तोकेको समयमा गराउने प्रतिबिद्धता गरेपछि निर्वाचन समितिलाई ब्युत्याउदै ३१ जुलाई २०२१ मा अधिवेशन गर्ने निर्णय कार्यसमितिले गरेको छ ।
कसको छ कस्तो सम्भावना ?
पदम क्षेत्री र अच्युत कट्टेल दुबै जना नेपाली जनसंपर्क समिती संग आवद्द व्यक्तित्व भएका र दुबैलाई नेपाली समाजका अग्रजहरु शशी पौड्याल, हरि पौडेल, श्रीराम कंडेल, धन कुमार बोहोरा, दिपक रेग्मी, शरदा बराइली,उत्तम कंडेल, ठाकुर प्रसाद शर्मा (मनोहरी), कृष्णराज अधिकारि, बिकास शर्मा, डम्बर चुडाल र किरण अर्याल लगायतको टिमले समर्थन गरेको बुझिएको छ भने मिम पुर्जा र टिकाराम सापकोटालाई नारायण आचार्य, हिमाल गुरुङ र प्रेम जङ गुरुङ, फनिन्द्र पन्त लगायतको समुहले समर्थन गरेको सार्वजानिक भएको छ ।
साथै पन्जिक्रित सदस्यमा पनि पदम क्षेत्री र उनिको टिम धेरै राम्रो रहेको बुझिन्छ । पदम क्षेत्री २ वर्ष अगाडि पक्षघातको बिमारबाट ग्रस्त पछि अहिले उँहाको स्वास्थमा निकै नै सुधार हुँदै गएको र व्हील् चेयर बाट समाज सेवा गर्ने जोस र जाँगर लिएर आएको हुँदा उँहा प्रति समस्त समाजको सहानुभूती रहेको बुझिएको छ । उँहाले आफ्नो कार्यकालमा संस्थागत पारदर्शिता र एकताको लागि प्रतिबद्धता गर्दै सानाठुला लगानीको प्रबर्धन, नेपाली नागरिकताको निरन्तरता, आपतकालिन कोषको स्थापना, नेपाली भाषा संस्कृति र भेषभूषा को प्रवर्दन, नयाँ पिडिको लागि प्राथमिकता, आर्थिक स्ठायित्व र नि:शुल्क सदस्यताका एजेन्डाहरु लिएर आउनु भएको छ ।
उँहाको टिममा सक्षम, अनुभवी र चिरपरिचित अनुहारहरु पनि भएकोले टिमको सफलता निश्चित जस्तै देखिन्छ । तथापी सर्वसम्मतिय बातावरणमा कार्यसमिती चयन गर्ने पहल अहिले पनि जारी छ । “समाज मिल्छ भने मेरो गोरुको वाह्रै टक्का भन्ने व्यबहारले नेत्रित्व गर्न सकिदैन र त्याग गर्न सक्नु पनि कुशल नेत्रित्व को गुण हो, भन्छन पदम क्षेत्री” ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*