एनआरएनए फ्रान्सको अध्यक्ष पदमा मिन श्रेष्ठको दाबी

ईयु नेपाल प्रतिनिधि

पेरिस, फ्रान्स  ।

आगामी जुलाई २५ तारिख अर्थात साउन १० गते हुन गइरहेको एनआरएनए फ्रान्सको ९औँ महाअधिवेशनको लागी अध्यक्ष पदमा मिन श्रेष्ठले दाबी गर्ने भएका छन । सामाजिक संजाल मार्फत  उनले अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो दाबी रहने घोषणा गरेका हुन ।

रामेछाप जिल्ला भिरपानी, खाडादेवी गाऊपालिका-३ मा घर भएका श्रेष्ठ बिगत लामो समय देखी फ्रान्समा बस्दै आएका छन । नेपालमा रहँदा पनी विभिन्न संघ संस्थाहरूमा आवद्ध रहि सामाजिक कार्यहरू गरेका उनी फ्रान्समा आएर समेत समाजसेवा गर्ने भावनाले ओतप्रोत भई एन आर एन ए फ्रान्समा २०१३ देखी सक्रिय रहँदै आएका छन ।

एनआरएनए फ्रान्समा आवद्ध रहेपछी पनि २०१३-२०१५ को कार्यकालमा सह-कोषाध्यक्ष, २०१५-२०१७ को कार्यकालमा कोषाध्यक्ष, २०१७-२०१९ को कार्यकालमा पुन: कोषाध्यक्ष र २०१९-२०२१ मा महासचिब भई आफ़नो जिम्मेवारी निर्वाह गरी रहेका छन ।

‘म मेरो समाज सेवा प्रतिको लगाव, अहिलेसम्म काम गरेको अनुभव र योग्यताको आधारमा एनआरएनए फ्रान्स २०२१-२०२३ कार्यकालको लागी मेरो अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’ श्रेष्ठ भन्छन, ‘फ्रान्सबासी नेपाली समुदायको सल्लाह र सुझावले नै मलाई सहि निर्णय सम्म पुग्न मद्दत पुर्याउने हुँदा यहाँहरु सबैबाट सुझाव र सल्लाहाको अपेक्षा गर्दछु । साथै २०१९-२०२१ कार्यकालमा कोभिड-१९ को कारणले हामिले घोषणा गरेका एजेण्डाहरु पुरा हुन र गर्न बाकि कार्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरूको अमुल्य मत दिई एनआरएनए फ्रान्समा अध्यक्षका रुपमा काम गर्ने अबसर दिनुहुनेछ भन्ने बिश्वाश लिएको छु।’

उनले आँफु काममा विश्वास गर्ने र बोलेका काम गरेर देखाउने वाचा समेत  गरेका छन । आँफु पदमा रहँदा कर्तब्यनिष्ट भइ कामहरु पुरा गर्ने विश्वास फ्रान्सबासी नेपाली समुदायलाई दिलाउँदै अमुल्य मत दिई एनआरएनए फ्रान्समा अध्यक्षको रुपमा काम गर्ने अबसर दिन समेत अपिल गरेका छन ।

अध्यक्ष पदमा मिन श्रेष्ठ नै किन ?

१ – गैर आवसिय नेपाली संघ फ्रान्सको कार्यालय खोल्न पहिलो प्राथमिकता दिइने छ
२ – फ्रान्समा बसोबास गर्ने नेपाली समुदायलाई अझ एकताबद्ध र मजबुत बनाउदै फ़्रान्समा भएका संघ संस्थाहरु संग समन्वय गरी अगाडी बढने, संघ संस्था बीच समन्वय गर्नको लागी टास्कफोर्च बनाइने छ
३ – कोभीड-१९ को कारणले नेपाली घरको काम अगाडी बढन नसकेकाले कोभीड मत्थर हुँदै गर्दा फ्रन्समा नेपाली सास्कृतिक घर बनाउने कामलाई अगाडी बढाइने र सहकार्य गर्दै अघि बढिने छ
४ – नेपालिको आर्थिक सामाजिक उन्नतिका लागि सरकारी र अन्य निकायहरु संग सहकार्य गर्दै नेपाललाई लक्षित गर्दै नेपाली पर्यटनको प्रवर्द्धनका लागि विभिन्न निकाय संग सहकार्य गर्दै तीव्ररुपमा अगाडी बढिने छ
५ – एनआरएनए राष्ट्रिय समन्वय परिषद फ़्रान्सको बिधानलाई टेकेर क्षेत्रिय एनआरएनए फ़्रान्स बिस्तारको लागी (LCC)तीव्ररुपमा पहल गरिने छ
६ – दोश्रो पुस्ताका नानी बावुहरुलाई नेपाली भाषा, संस्कृति, साहित्य र कला सिकाउन स्थानिय संघ संस्थाहरु संग सहकार्य गर्दै संचालन भइरहेको नेपाली पाठशालालाई अझै व्यवस्थित गरिने छ
७ – एनआरएनए फ़्रान्सको हरेक वर्ष स्मारिका प्रकाशन गरिने छ
८ – नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई फ्रान्समा चिनाउँदै नेपालमा लगानी र नेपालको पर्यटन बिकासलाई टेवा पुर्याउने जस्ता कामलाई अगाडी बढाउन हरकदम पहल हुने छ
९ – फ़्रान्समा उच्च शिक्षा हासिल गर्नको लागी आउने बिद्यार्थीहरुको संख्या बढे संगै उनिहरुको समस्यालाई रचनात्मक छलफल गर्दै समस्याहरुको पहिचान गरि समाधान खोज्न पहल गरिने छ
१० – फ्रान्सबासी नेपालीलाई सुख-दुःखमा आर्थिक देखी हरेक समस्याहरुको लागी गर्न सक्ने साथ र सहयोय निरन्तर रहिरहने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*