स्पेन निर्वाचन -आइसिसि सदस्यमा गिरी र पौडेलको पक्षमा जनमत

ईयुनेपाल  प्रतिनिधि 

बार्सिलोना स्पेन ।

गैर आवासीय नेपाली संघ,स्पेनको आगामी जुलाई २६ तारिक हुन गैरहेको आगामी कार्यकालको निर्वाचनमा आइसिसि सदस्यमा दिनेशकुमार गिरी र यज्ञनारायण पौडेल(रमेश आसिक) को पक्षमा जनमत देखिएको छ ।

एनआरएनए स्पेनको २ हजार २० पञ्जिकृत सदस्य पुगेकोले स्पेनले पाउने २ जना आइसिसि सदस्यका लागि गिरी र पौडेल सवैभन्दा उपयुक्त उमेद्वार भएको स्पेनबासी नेपालीहरुको बीचमा चर्चा चल्न थालेको छ । एनआरएन स्पेनको छविलाई अन्तराष्ट्रिय रुपमा राम्रो बनाउन महत्वपुर्ण आइसिसि सदस्य पदमा गिरी र पौडेल दुवैजनालाई निश्पक्ष, बिबाद रहित तथा सक्षम उमेद्वारको रुपमा लिन थालिएको छ । आइसिसि पदको लागि भोट अपिल गर्दै दुवैजना उमेद्वारहरु अहिले एकैसाथ स्पेनका विभिन्न क्षेत्रहरुमा पुगिरहनुभएको छ ।

एनआरएन स्पेनको बर्तमान कार्यसमितीको उपाध्यक्षमा रहनुभएका गिरी यसअघि २०१७ मा एनआरएन स्पेनको सचिव हुँदा कार्यबहाक महासचिवको जिम्मेवारी समेत निभाउनुभएको थियो । नेपालको रामेछापमा जन्मिएर २००८ सालमा स्पेन आउनुभएका गिरी छोटो समयमा एक सफल ब्यबसाय र सकेसम्म सबैलाई सहयोग गर्ने शान्त स्वभावको कारणले गर्दा सवैको सामु प्रीय बन्नुभएको छ । उहाँले विभिन्न समयमा एनआरएन स्पेनमा खेलकुद संयोजक र आपतकालिन ब्यबस्थापन संयोजकको रुपमा उदाहरणीय कामहरु पनि गर्नु भएको छ ।

यस्तै बौद्धिक तथा सामाजिक ब्यक्तित्वमा रुपमा स्पेनमा आफ्नो छुट्टै छवि बनाउनुभएका यज्ञ नारायण पौडेललाई पनि धेरैले मन पराएका छन् । साहित्यीक लेखनमा रमेश आशिक भनेर धेरैले चिन्ने उहाँलाई आइसिसि सदस्यमा पदमा धेरै सहयोगको प्रतिबद्धता जनाएका छन् ।

यसअघि स्पेनमा नेपाली दुतावास खोल्ने पहलका लागि सक्रिए भएर लागेका पौडेलले अब नेपालमा स्पानिस दुतावास खोल्नका लागि पहल शुरु गर्ने बताएका छन् । स्पेनमा नेपाली दुतावास खोलेपछि नेपालीहरुलाई केही सहज भएको तर नेपालमा स्पानिस दुतावास नखुल्दासम्म यहाँका नेपालीका समस्या समाधान नहुने भन्दै उनले आफुहरु अब यसको लागि लागिपर्ने बताउनुभएको छ। आफुआइसिसी सदस्य भैसकेपछि एनआरएन केन्द्रसँग समेत सहकार्य गरेर यसको लागि पहल गर्ने उहाँले बताउनुभएको छ ।

साथै स्पेनबासी नेपालीलाई पर्ने कानुनी समस्या समाधान गर्नका लागि कानुनी परामर्श केन्द्रको ब्यबस्थापन गर्ने योजना रहेको बताउनुभएको छ । पौडेल निरन्तर रहेको सामाजिक सक्रियतामा ज्ञान, सीप, अनुभब र नेपालीहरुको सामाजिक मागहरुको सम्योजन गर्दै आफूलाई सामाजिक कार्यमा केही समय समर्पण गराउने दृढ अठोट बोकेर एनआएएनए स्पेनको आइसीसी पदमा उमेद्बारी दिएको बताउनुभएको छ । गैर आबासीय नेपाली संघ स्पेनको सल्लाहकार समेत रहेका सकृय युवाको रूपमा परिचितहुनुहुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*