एनआरएन लक्जेम्बर्गको अध्यक्षमा हरि खत्री, महासचिवमा बालहरि राई

ईयुनेपाल प्रतिनिधि

लक्जेम्बर्ग ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् लक्जेम्बर्गको अध्यक्षमा पुनः हरि खत्री चयन भएका छन्।

हालै सम्पन्न संघको अधिवेशनले २०२१–०२३ कार्यकालको लागि खत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट बालकृष्ण सापकोटाआइसीसी सदस्यमा चुनिएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विश्व थापा र सह–सचिवमा युद्धबहादुर थापा चयन भएका छन्।

संघको कोषाध्यक्षमा नारायण प्रसाद दवाड़ी र सहकोषाध्यक्षमा बिष्णु खत्री चयन भएका छन।

अधिवेशनले झलक बहादुर महतलाई प्रवक्ता, नवज्योत निउेरलाई युवा संयोजक र दुर्गा केसी थापालाई महिला संयोजकको जिम्मेवारी दिएको छ।

यसै गरि कार्य समिति सदस्यमा : हिमाल सापकोटा,कृष्ण बहादुर कार्की, याम थापा, कबिता अर्याल, राजु गौतम,रामेश्वरी कोईराला रहेका छन्।

प्रवक्ता झलकबहादुर महतका अनुसार संस्थाको सल्लाकारमा नारायण गुरुङ र शान्ति सापकोटा रहेका छन ।

उक्त भेलाको प्रमुखअतिथिमा बेनेलक्सका लागि नेपाल सरकारको प्रतिनिधि नियोग उपप्रमुख सुधीर भट्टराई र बिशेषअतिथिमा लक्जेम्बर्गका लागि नेपाली कन्सुलर, फ़ोनसुवा पुरुम र एनआरएनका केन्दीय प्रतिनिधि पदम गुरुङ रहेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*