गंगाप्रसाद शर्माको एनआरएनए आईसीसी सदस्यमा उम्मेदवारी

 यूरोनेपाल प्रतिनिधि 

काजाब्लांका ,क्यासेल्लो  ।

बेल्जियममा शालीन व्यक्तित्वको रूपमा स्थापित    बाग्लुङमा जन्मिएर बेल्जियमलाई कर्मथलो बनाएका गंगाप्रसाद शर्माले आगामी निर्वाचनका लागि एनआरएनएआईसीसी सदस्यमा उम्मेदवारी दिने भएका छन ।

बाग्लुंग समाजका निबर्तमान अध्यक्ष  शर्मा  एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने ग़ैर आवासीय नेपाली संघको अभियानमा क्रियाशिल रहँदै संस्थाको दिगो आर्थिक मजवुती, विश्वसनीयता र संस्थागत रुपान्तरणमा निरन्तर योगदान आएका शर्माले आगामी निर्वाचनमा आइसिसी उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेका हुन् ।

एनआरएनए बेल्जियमको कार्यसमितिमा रहेर काम गरेका शर्माले आफ्नो उम्मेदवारीको घोषणा गर्दै, आगामी दिनमा पनि साधन, श्रोत र शक्तिले भ्याएसम्म बेल्जियममा बस्ने नेपालीहरुको हक हितमा लाग्ने जनाएका छन् ।

घोषणाको पूर्ण पाठ

बेल्जियम बासी सम्पूर्ण नेपाली बुवा,आमा,दाजुभाइ, दिदिबहिनीहरुमा हार्दिक नमस्कार,
एनआरएनए बेल्जियम को स्थापना कालदेखि हालसम्म बिभिन्न कालखण्डमा कार्यसमितिको पदाधिकारी पदमा रहेर वा बाहिरैबाट पनि मेरो साधन, श्रोत र शक्तिले भ्याएसम्म संघले दिएको जिम्मेवारी पूरा गरीआएको कुरा सबैमा सर्बविदितै छ।
संघको नेतृत्व चयनका दौरानमा कहिलेकाहीं धेरै व्यक्ति एउटै पदको आकांक्षी हुंदा संस्थागत हितलाई मध्यनजर गर्दै प्रत्यासी साथीहरुको इच्छालाई सम्बोधन गर्दै आफुलाई एनआरएनएको सिपाहीको रुपमा राखी पहरेदारको भूमिका निर्वाह गरि आएको कुरा पनि बेल्जियम का नेपाली समाजमा जानकारी भएकै बिषय हो। यसपटकको एनआरएनएको निर्वाचनमा अग्रज, सामाजिक अभियान्ता, समकक्षी साथीभाइ लगायत धेरै शुभेच्छुक हरुको सल्लाह र सुझाब बमोजिम म यहाँहरु माझ आइसिसी उम्मेदवार रुपमा प्रस्तुत भएको छु।
यहाँहरु सबैको माया, ममता र समर्थनबाट सर्वसम्मत रुपमा निर्वाचित भै एनआरएनएको साझा अभियानमा एउटा इंटा थप्ने मौका दिनु हुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।
प्रार्थी,
गङा प्रशाद   शर्मा  – माओ,  उम्मेदवार  आइसिसी सदस्य बेल्जियम 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*