एनआरएनए बेल्जियममा खड्क केसीको अध्यक्षमा दावेदारी

इन्दिरा चाम्लिङ

नेपाली टोल  काजाब्लान्का,  क्यासेल्लो  ।

गैरआबासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका बरिष्ठ  उपाध्यक्ष खड्कबहादुर केसीले आगामी कार्यकाल २०२१- २३ को लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ।

दुई कार्यकाल एनआरएन बेल्जियममा उपाध्यक्ष रहिसकेका केसी अहिले सम्म एनआरएन बेल्जियमका महत्वपूर्ण  काम गरेर समाबेशी,स्वच्छ र साझा एनआरएन बनाउन दिन-रात अहोरात्र खट्ने अभियन्ताको रूपमा परिचय बनाएका  छन् ।

एनआरएनए बेल्जियममा लाग्यो चुनाव, युवापुस्ताका होनहार व्यक्ति खड्क केसीको अध्यक्षमा ससक्त दावेदारी

 

 

आँखामा राखेपनि नबिझाउने प्रबृत्ति बोकेका डायस्पोराका युबापुस्ताका होनहार उधमी, बरिष्ठ उपाध्यक्ष केसी पर्बत समाज बेल्जियम , अन्तराष्ट्रीय पर्बत समाज, क्षेत्री समाजका सल्लाहाकार साथै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध केसी ब्यवसायी संघ बेल्जियममा सचिव र सामाजिक संस्था साँग्रीला समाज बेल्जियम मा २ कार्यकाल अध्यक्ष भएर समेत काम गरिसकेका छन।

पछिल्लो समय  बेल्जियममा रहेका कागज नभएका सबै नेपाली समुदायलाई कोरोना बिरुद्दको खोप दिलाउन समन्वय गरी सफल हुनु , वैयक्तिक पहुचको आधारमा बेल्जियम सरकार र स्थानीय निकाय मार्फत सिंगो नेपाली समुदाय र मुलुकको लागि अनगिन्ति आर्थिक- भौतिक लगायत सहयोग जुटाउन सफल भएकै कारण राजनैतिक खिचातानीमा नपर्ने हो भने उनि सिंगो नेपाली समुदायको निर्बिकल्प उम्मेद्वार हुन् भन्ने बेल्जियमबासीको एउटै आवाज बुलन्द सुनिन्छ l

उपाध्यक्ष केसीको पहल र सफलता

एनआरएनए बेल्जियमले सन् २०१८ मा आयोजना गरेको हाल सम्मकै एतिहासिक नेपाल महोत्सवमा संयोजक भएर बेल्जियमको नेपालीको ईतिहासमा अहिलेसम्म कै भव्य कार्यक्रम दर्ज भएकोछ , भने नेपालमा भुकम्प गएको बेला रेडक्रस भलाम्स ब्राबान्त मार्फत ३५ हजार युरो लगभग ४५ लाख नेपाली रुपैया नेपाल पठाउन सफल हुनु भएको थियो र एनआरएनए एवं मोना बेल्जियम मार्फत पनि ठूलो रकम सहयोग गर्नु भएको थियो भने अस्थायी बसोबास (अनुमति नभएका ) बेल्जियमका नेपालीहरुलाई अनुमति दिलाउनको लागि निबेदन माग सहित बेल्जियम स्थित अग्रज अभियन्ताहरुको उपस्थितीमा बेल्जियमको प्रतिनिधि सभामा पहल गर्नु भएको थियो। यस्ता अनगिन्ति सामाजिक कार्यको कुनै लेखा जोखा नै गरेर यहा  सम्भब छैन l

बिभिन्न कार्यक्रमहरुको संयोजक भएर सफल काम गर्नु भएका केसी कोरोना महामारी सुरु हुने बितिकै बेल्जियम स्थित नेपालीहरुलाई साथै मातृभूमि नेपालमा पनि सहयोग गर्ने उदेश्य सहित १० हजार युरो लगभग १४ लाख नेपाली रकम पहिलो पटक बेल्जियमको स्थानीय निकायबाट एनआरएनए बेल्जियमलाई सहयोग उपलब्ध गराउनु भएको थियो। हालसालै एनआरएनए बेल्जियमको नेपालमा अक्सिजन पठाउँ अभियान र अन्य संघ सस्था मार्फत लाखौ लाख रुपैया उठाउनु का साथै आफै व्यक्तिगत सहयोग समेत गरेका छन।

संगठनको आर्थिक पाटो बलियो हुनुपर्छ भन्ने सोच राखेर सधै काम गर्ने के सी बेल्जियममा सबै नागरिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य बिमा सबैभन्दा राम्रो र सस्तो पत्ता लगाएर संस्थागत सहकार्य गरि बेल्जियम स्थित नेपालीहरुलाई एकीकृत गर्दे मुनाफा दिने गरी संस्थाको आर्थिक पक्ष बलियो बनाउने कामको सुरुआत गर्दै पहिले पटक नै एनआरएन बेल्जियमलाई ७ हजार भन्दा बढी युरो बोनस पाईसकेको छ भने सबै नेपालीहरुले साथ दिने हो भने संघले १ करोड नेपाली रुपैया भन्दा बढी आम्दानी गर्न सक्नेछ। यो काम पनि खड्क के सी कै पहलमा भएको नेपाली समाजमा घाम जतिकै छर्लङ्ग छ ।

बेल्जियम बसोबास अनुमति नभएका नेपालीहरुलाई कोरोनाको निःशुल्क खोपको लागि ब्यबस्था गरी सबैको बने प्रीयपात्र ।

नेपाली ब्यवसायी संघ बेल्जियमका सचिब समेत रहेका केसी मार्फत अर्को नयाँ अभियान जसबाट सबैभन्दा सहज र सहुलियत पर्ने सवारी ईन्धन कार्ड प्राप्त गर्न सकिने र जसबाट संस्था र कार्ड प्रयोग कर्ता दुबैलाई फाईदा हुने कामको सुरु भएको छ। बिभिन्न मुलुकबाट बेल्जियममा आई अस्थाई बसोबास गर्ने सबै नेपालीहरुको सहयोगार्थ कोरोनाको निःशुल्क खोपको लागि पनि स्थानिय निकायसगँ समन्वय गरि धेरै नेपालीहरुको बधाईको पात्र बन्नु भएको छ ।

सफल व्यावसायी तथा सामाजिक अभियन्ता केसी स्वच्छ छवी भएको व्यक्तित्वको रुपमा यूरोपको राजधानी बेल्जियमको समाजमा परिचित छन्। आफ्नो गाउँ देखी तराई को सुकुम्वासी गाउँसम्म कम्पुटरहरु तथा अहिलेको प्रबिधि प्रयोगमा सहयोग गर्ने सामाजिक कार्यक्रममा सदैव सक्रिय उनि परोपकारी काममा दिनरात खट्ने व्यक्ति हुन्।

लामो  ईतिहास बोकेको   गैर आबासीय नेपाली संघ बेल्जियममा   कसैबाट सम्भब नभएको नेपालीको बसोबास कति छ एकिन तथ्यांक संकलन गर्ने र अभिलेखिकरणमा पनि केसीकै कारण सम्भब भएको थियो l २०१८ मा हाल सम्म कै उत्कृष्ट नेपाल महोत्सव सम्पन्न गरेर संस्थालाई मुनाफा दिने संयोजक केसीले यहाका उपप्रधानमन्त्री ,संसदहरू विभिन्न शहरका मेयरहरू उपस्थित गराई नेपालमा उल्लेखनीय पर्यटनमा टेवा दिएका ज्वलन्त उदाहरण छन् ।

के भन्छन् खड्क  केसी

पन्तिकारसंग उनले भने सामजिक कार्यमा हामी निस्वार्थ भावनाले लाग्नुपर्छ, एनआरएनए पनि एउटा गैर नाफामुलक परोपकारी संस्था हो । मैले दुई कार्यकाल उपाध्यक्ष भएर बिभिन्न कार्यक्रमहरुको संयोजक भएर काम गरिसकेको छु ।

अग्रजहरुको सल्लाह र साथीभाईहरुको सुझाबमा मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । १७-१९ को निर्वाचनमा बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उपाध्यक्ष भएर सेवा गर्ने मौका दिनुभएको थियो, त्यसरी नै यस पटक पनि मलाई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने मैले पुर्ण विश्वास लिएको छु ।’

‘मेरो काम गर्ने शैली, स्वभाव सक्रियतालाई र मेहेनतलाई बेल्जियमवासी नेपालीहरुले बुझ्नुभएको छ–केसीले भन्नुभयो । सर्बसम्मत हामी सबैको चाहना हो तर सर्बसम्मत हुन नसकेको खन्डमा प्रजातान्त्रिक पद्दतीवाट निर्वाचन गर्नुपर्ने केसीको भनाई छ ।

गैर आबासीय नेपाली संघ बेल्जियमका संपूर्ण पुर्व अध्यक्ष एवं अभियन्ता ज्युहरु साथै बिभिन्न सामाजिक, बैचारिक , जातिय , क्षेत्रिय सबै संघसंगठनहरूको पूर्ण समर्थन रहने आशा र विश्वास लिदै सबैमा सहयोगको लागी अनुरोध गर्नु भएको छ।

 

को हुन्  केसी ?

बेल्जियमको डच भाषामा पोख्त केसी पर्वत जलाजला गाउँपालिका ८ नाग्लिवाङमा बुवा जय बहादुर केसी र आमा पबित्रा केसीबाट जन्मिएका कान्छा सुपुत्र हुन। त्रिभुवन युनिभर्सिटी काठमाण्डौबाट बिबीएस सम्मको अध्ययन पछी बेल्जियम आएर शिक्षापार्जन गर्ने क्रममा उनि डचमा भाषामा डिप्लोमा ,बिधुत र साईकिल ईन्जिनियरिन्गमा डिप्लोमा , हाईजेनिक र बिजनेस म्यानेजमेण्ट साथै रेडक्रस का तालीम प्राप्त गरेर मास्टर्स सम्म आध्ययन र अनुभब बोकेका व्यक्ति हुन् उनि ।

दुई दशक अघि यूरोप आएका खड्क केसी सफल व्यवसायी र सामाजिक अभियान्तका रुपमा परिचित नभई बेल्जियमको राजनितीमा छुट्टै पहिचान सहित पहुच र स्थान बनाउन सफल भएका छन् ।

श्रीमती र दुई छोरा सहित बेल्जियममा बस्दै आएका  सांग्रिला समाज बेल्जियमका निबर्तमान अध्यक्ष समेत रहेका केसीको  बेल्जियमको विभिन्न शहरमा झन्डै आधा दर्जन होटल र रेस्टुरा ब्यबशाय संचालित छन l   बिगत निर्बाचनहरूमा लुभेन नगरपालिका सदस्य र बेल्जियमको केन्द्रीय संसदको लागि सासदको उमेदवार समेत भएर झिनो मतले पराजित भएपनि नेपाल र नेपालीलाई बेल्जियमको राजनीति र समाजमा समग्रमा स्थापित गर्न समेत सफल रहेका के सी बेल्जियम स्थित सरकारी र गैर सरकारी संध संस्थामा राम्रो पहुँच भएका ब्यक्ति हुन भन्ने कुरा उहाले अहिले सम्म गरेका कामबाट प्रमाणित भैसकेको छ ।

बिगत १५ वर्ष यता गैर आबासीय नेपालीको अभियानमा अनबरत लागिपरेका केसी प्रति पूर्बाग्रह नराखी सबैको साझा उम्मेदवार बनाउन सिंगो समाजको माग रहेको छ परन्तु राजनीतिको छाप लगाएर कम क्षमतावान र स्वार्थको लागि अनेक उम्मेदवार खडा गर्ने प्रयास भई रहेकोमा अधिकांस पन्जिक्रित सदस्यहरूले आपत्ति जनाएका छन् ।

बेल्जियमको ईतिहासमा नेपाली समुदायको तर्फबाट राज्य र स्थानीय निकाय सम्म पहुच राख्दै समन्वयकारी भूमिका खेल्न सक्ने केसी दोश्रो पुस्ताका नेपाली युबा-युबतिलाई एनआरएन प्रति आकर्षित गर्न निकट भविष्यमा उनीहरूको यूरोपस्तरीय फुटबल र कला प्रदर्शनी गायनको तयारीका लागि ब्यबस्थापन र आर्थिक सहयोग लगायतको पाटो छुट्याई तयारी गरि रहेको यस पतिकारलाई बताए ।

 बेल्जियममा नेपालीहरुको आफ्नै सांस्कृतिक भबनको काम केसीबाट मात्र सम्भब छ ?

यूरोपियन सोलिडारिटी फन्डमा नेपालको नाम दर्ज गर्न उच्चस्तरीय पहलमा छन् उनि l यो कार्यमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीसंग समेत समन्वय र सुझाबको लागी अनुरोध गरिसकेको बताउँछन ।

बेल्जियममा बसोबास गर्ने नेपालीहरूको सबैभन्दा महत्वाकान्छी चाहना र माग नेपाली सास्कृतिक भबनको जग्गा खरिद र निर्माणगर्न व्यक्तिगत तवरबाट सम्पूर्ण भित्रि तयारी गरेका केसीले ।

झन्डै एक दशक अगाडी भवनका लागि करोड माथिको रकम दिने बाचा गरेका अभियन्ताहरूबाट सबै रकम उठ्न नसकेपनि केही प्रतिशत दिन आग्रह गर्ने र भवन अथवा जग्गा खरिद गरि यो अभियानलाई मूर्तरूप दिने बाचा गरेका छन् आफ्नो घोषणा पत्रमा  l यो काम केसीबाँट मात्र संभव हुनसक्ने देखिन्छ।नेपालीहरुबाट मात्र नभई अन्य आर्थिक श्रोत जुटाउन सक्ने संभाबना  भएको र त्यसको श्रोतको निमित्त पूर्ण तयारी रहेको उनी बताउछन।

बेल्जियम एनआरएन अध्यक्षमा तीन जनाको दाबी 

केही समय पछी घोषणा हुने बेल्जियमको निर्बाचनमा केसीको  दाबेदारीसंगै  संघका बर्तमान अन्तराष्ट्रीय समन्वय परिषद सदस्य  ब्यबशायी  तथा जनसम्पर्क समिति बेल्जियमका पूर्ब उपसभापति  अनुजा प्रधान र अर्का दाबेदार सीपी भट्ट रहेका छन् भट्ट ,प्रधान सबै बेल्जियमका ब्यबशायी हुन्l  भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य समेत हुन् । तिनै अध्यक्षका प्रत्यासी गैर आबासीय नेपाली  संघको अभियानमा लामो समय देखि आबद्ध रहनु भएको छ ।

श्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*