यूरोप शाखाद्वारा अग्रज पत्रकारहरू सम्मानित

इन्दिरा चाम्लिङ

ब्रसेल्स,  जनवरी २५  ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाली पत्रकारिता जगतका अग्रज पत्रकारहरुलाई सम्मान गर्दै स्वर्ण शृंखला सम्पन्न गरेको छ ।

भर्चुअल माध्यमबाट २३ जनवरीका दिन गरिएको कार्यक्रममा बेनेलक्स र यूरोपियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको विशेष उपस्थितिमा नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्षहरुलाई विशेष सम्मान गरिएको थियो ।

 

त्यस्तै, सम्पूर्ण बैदेशिक शाखाका अध्यक्षहरु र प्रेस संगठन, प्रेस युनियन, फोनिज सञ्चारिका समूहका अध्यक्ष लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित राजदूत राजभण्डारीले सम्मान–पत्र पढेर सुनाउदै अभिनन्दन गरेका थिए ।

सम्मानित हुनेहरुमा पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर बिरही, किशोर नेपाल, डा. शुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, बिष्णु निष्ठुरी, शिव गाउँले र वर्तमान अध्यक्ष गोबिन्द आचार्य रहेका छन् ।

त्यस्तै, प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, फोनिज नेपालका अध्यक्ष दण्ड गुरुङ, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस संगठन नेपालका संयोजक गणेश बस्नेत, सञ्चारिका समूह नेपालकी अध्यक्ष नितु पण्डित र प्रेस यूनियन नेपाल बेलायतका अध्यक्ष बिपिन निरौला रहेका छन् ।

यता बैदेशिक शाखाका अध्यक्षहरु नरेश खपांगी मगर–बेलायत, मोहन घले–जापान, रन्जनराज कुँवर–दक्षिण कोरिया, करिम बक्स मिया–कतार, हरिकृष्ण न्यौपाने–कुवेत, मेघराज सापकोटा (काबा अध्यक्ष) यूएई, हेमन्त काफ्ले–अस्ट्रेलिया, गोबिन्द पोख्रेल–भारत, लक्ष्मण खनाल–साउदी अरेबियालगायत प्रस्ताबित बेल्जियम शाखाका संयोजक ओम शर्मा र पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याल, फोनिज यूके अध्यक्ष प्रमिला लाबुंगलाई पनि सम्मान गरिएको छ ।

उक्त सम्मान–पत्र र मायाको चिनो काठमाडौंमा विशेष समारोहका साथ प्रदान गरिने यूरोप शाखा अध्यक्ष केजिन राईले घोषणा गरेका छन् ।

प्रेस यूनियन नेपालका अध्यक्ष बद्रि सिग्देलले पत्रकार महासंघमा सबै क्षेत्रका बिचारहरु अटाउने गरी विधान संसोधन गरेर हिमाल, पहाड र तराइका सम्पूर्ण पत्रकारहरुलाई समेट्दै संगठन बिस्तार गर्नुपर्नेमा जोड दिए । साथै, देशमा अस्थिरता भएका बेला प्रेसमाथि लगाम लगाउने खालका अबैधानिक कामहरु हुनसक्ने भन्दै यसको बिरुद्ध एकजुट भएर लड्नुको कुनै विकल्प नरहेको पनि बताए ।

समस्त यूरोपमा छरिएर रहेका पत्रकारहरुले नेपालीहरुको दुख–सुखमा साथ दिँदै खेलेको भूमिकाको प्रसंशा गर्दै यूरोपमा रहेका पत्रकारहरुबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै क्रियाशील रहन पूर्व अध्यक्ष तारानाथ दाहालले आग्रह गरे ।

त्यस्तै, देश र समाजलाई प्रवासबाट जोड्दै यूरोपका पत्रकारहरुले आफ्नो कामसंगै पत्रकारितालाई संथागत गराउन सफल भएकोमा पूर्ब अध्यक्ष धर्मेन्द्र झाले खुसी ब्यक्त गरे ।

पत्रकार महासंघ केन्द्रको शाखा विस्तारमा सराहनीय भूमिका रहेको उल्लेख गर्दै बिदेशी शाखाको काम भनेको नेपालीहरुलाई अनलाइन मिडियामार्फत जोडिन पत्रकारहरुको भूमिका बस्तुगत र तथ्यगत हुनुपर्ने पूर्ब अध्यक्ष तथा नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष डा. महेन्द्र बिष्टको धारणा थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्ब अध्यक्ष एबम नेपाली कांग्रेस प्रचार बिभाग उपप्रमुख डा. सुरेश आचार्यले देशको अस्थिरता र बर्तमान कोभिड १९ को प्रभाबका कारण पत्रकारहरुले जीविकाको लागि विकल्प खोज्नु परेको उल्लेख गर्दै संघ संगठनमा उम्मेदवारी बन्नका लागि राजनीतिक पार्टीमा नजोडिएसम्म उम्मेदवार हुन नपाउने तीतो अनुभब सुनाए ।

बैदेशिक शाखाका तर्फबाट यूएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, यूरोप शाखाका कार्यसमिति सदस्य राजकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए, भने साहित्यकार तथा सञ्चारकर्मी इन्दिरा चाम्लिंङ र शान्ति अर्याल अधिकारीको गजल र कविताले कार्यक्रम मन्त्रमुग्ध भएको थियो ।महासंघ यूरोप शाखाले सक्रिय सहभागी पत्रकारहरलाई सम्मान–पत्र समेत प्रदान गरेको थियो ।

कार्यक्रममा उपस्थित राजदूत राजभण्डारीद्वारा सरला कट्टेल (नर्वे), कलश खरेल पोर्चुगल, जंगम खडका स्वीटजरल्याण्ड, युबराज फुंयाल (स्वीटजरल्याण्ड), राज कुमार थापा (पोर्चुगल), शेर बहादुर परियार (पोल्याण्ड), प्रेमचन्द्र पोमु (जर्मनी), प्रेम परियार नर्वे, रमण पनेरू जर्मनी, महिन्दो वाइबा–इटलीस वाईबि गुरूंग–डेनमार्क, रबिचन्द्र भट्टराई अष्ट्रिया, चिरण शर्मा बेलायत, इन्दिरा चाम्लिंङ बेल्जियम, गोमा खरेल इटली, दिनेश गौतम साइप्रस, निराजन श्रेष्ठ स्वीटजरल्याण्ड, बिरमान मगर बेल्जियम महेश खाती डेनमार्क, दीपेन्द्र गजुरेल स्पेन, पेम्बा गेलु शेर्पा पोर्चुगल, दिल निशानी मगर बेल्जियम, बाबा राजेश्वरी थापा अष्ट्रिया, पंचम अधिकारी बेल्जियम, पुष्प बरुवाल नेदरल्याण्ड, शान्ती अर्याल अधिकारी  राजा कुमार दिक्पाल    पोर्चुगल, प्राबिधिक शशी श्रेष्ठ डेनमार्क, खिम गुरूंङ लगायत शाखाका क्रियाशील कार्यसमितिका पदाधीकारीहरु सम्मानित भएका थिए ।

कार्यक्रम संयोजन तथा सञ्चालन यूरोप शाखा अध्यक्ष केजिन राई बेल्जियम र कार्यबाहक महासचिब द्रोण रिजाल नेदरल्याण्डले गरेका थिए । स्वागत मन्तब्य कार्यसमिति सदस्य सरला कट्टेल नर्वेले गरेकी थिइन् भने धन्यबाद ज्ञापन सदस्य गोमा खरेल–इटालीले गरेकी थिइन ।

श्रोत – न्युज २४ नेपाल