डच राजनीतिमा नेपाली युवाको पहिलो सहभागिता

द्रोण रिजाल
आम्सटरडाम –  नेदरल्यान्ड,  मे २५  |
पारिवारिक राजनीतिक पृष्ठभुमिमा रहेर पनि राजनीतिमा त्यति इच्छा नलाग्दा नलाग्दै रास्ट्रिय – अन्तरास्ट्रिय राजनीतिक माहोलले आकर्षित गर्दै नेदरल्यान्ड्समा धेरै राजनीतिक कर्मी उत्पादन गर्दै आएको लाइडेन युनिभर्सिटीमा अध्ययनरत नेपाली २९ बर्षीय संजय श्रेठ डच राजनीतिमा प्रवेश गरेका छन् |
उक्त युनिभर्सिटीको राजनीतिक शास्त्रको स्नातकोतर तहको तेश्रो बर्षमा अध्ययनरत श्रेष्ठ बेलायतको प्रशिद्ध विश्व बिध्यालय बाट स्नातकोत्तर पुरा गरिसकेका छन् |
विश्वको नजर केन्द्रित रहेको लाइडेन विश्व बिश्वबिद्यालय बाट प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइस्टाइनले १३ बर्ष प्रोफेसर भएर अध्यापन गराइसकेका र अहिले प्रोफेसरका रुपमा अध्यापन गराइरहेका बिल्डरवर्ग फाउन्डेशनका प्रमुख समेत यहि बिश्वबिद्यालयमा आबद्ध रहेकाले पनि र विभिन्न देशका शक्तिशाली राजनीतिज्ञ उत्पादन गर्ने संथाको रुपमा लिईन्छ |
नेपालको पोखरा जन्मभूमि हुदै परिवारका साथमा द हेग मा बसोबास गर्दै रहेका संजय बेलायतको प्रसिद्ध विश्व बिध्यालय बाट स्नातकोत्तर पुरागरी स्टुडेन्ट अम्बेस्डर भएर काम गरिसका छन् |
संजयले यस चर्चित बिश्वबिद्यालय को युनिभर्सिटी काउन्सिलको निर्वाचनका लागि डेमोक्रेटिक स्टुडेन्ट पार्टी द हेग को तेश्रो पदका लागि उम्मेदवार दिइसकेका छन् | आज मई २५ तारिख देखि निर्वाचनको प्रक्रिया भैसकेको र २९ तारिख सम्म रहने जनाइएको छ |
सम्पूर्ण नेपालीहरुका आसाकाकिरण भोलिको राजनीतिक यात्रा सुनौलो देखिएकोले नेदरल्यान्ड्स बासि नेपालीसमुदाय संजय प्रति बिस्वस्त रहेका छन् | संजयको पूर्ण सफलता संगसंगै आगामी राजनीतिक यात्राको अग्रिम शुभकामना |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*