बेलायतका प्रधानमंत्रीलाई कोरोनामुक्त हुनासाथ पुत्रलाभ

ईयुनेपाल प्रतिनिधि 

लन्डन, बेलायत – अप्रिल २९ ।

बेलायतका  प्रधानमंत्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमंड्सको  आफ्नो पहिलो सन्तानको रूपमा छोरा पुत्रलाभ गरेका  छन् ।

प्रधानमंत्री जोन्सनले कोरोना संक्रमणबाट निको भएर काममा लण्डनको सेन्ट थोमस सरकारी अस्पतालबाट फर्केको दोश्रो दिनमै  पुत्र लाभ गरेका थिए  ।

प्रधानमन्त्री जोन्सन तथा उनकी प्रेमिकाकी  प्रवक्ताले क्यारी सिमंड्सले बुधबार बिहान लन्डनको एक अस्पतालमा शिशुलाई जन्म दिएको बताइन् । प्रबक्ताले सुत्केरी   तथा शिशु दुवै स्वस्थ रहेको पनि उल्लेख गरेको छिन  ।

प्रधानमन्त्री जोन्सनका   अघिल्लो श्रीमतीहरू   मेरिना व्हिलरबाट चार छोरा-छोरी तथा हेलेन म्याकिनटायरबाट एक छोरी छन्। जोन्सनले गत फेव्रुअरी महिनामा आफ्नी श्रीमती मेरिनासंग आफुले सम्बन्ध बिच्छेद गरेका थिए । पचपन्न  वर्षीय जोन्सन र ३२ वर्षीय सिमंड्सको औपचारिक विहे नभई पुत्रलाभ  भएको हो  ।

प्रधानमंत्री जोन्सनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालको तीन रातसम्म सघन उपाचार कक्षमा राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भए पछि उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गर्दै आएका  थिए ।

गत सोमबार मात्रै काममा फर्किएका प्रधानमन्त्रीका   गर्भवती प्रेमिका केही हप्ता अघि  कोरोनाका सामान्य संकेतहरु देखिए पछि  स्व-एकान्तवासमा रहेकी थिइन्  ।

 

अघिल्लो समाचार –

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसका कारण  आईसीयुमा

इन्दिरा चाम्लिङ

ब्रसेल्स बेल्जियम ,चैत २० ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको कोरोनाभाइरस (कोविड -१९) लक्षण बिग्रिएपछि अस्पतालमा सघन उपचारका लागि आईसीयुमा सारिएको छ।

पचपन्न बर्षीय जोन्सनले गत १० दिन देखि शनिबारसम्म एकान्तबास बसेपनि  आइतबार लण्डनको सेन्ट थोमस सरकारी अस्पतालमा “कोरोनाभाइरसको लगातार लक्षणका साथ भर्ना गरिएको थियो।”

” सोमबार  बिहान सम्म  प्रधानमन्त्रीको अवस्था बिग्रँदै गएको कारण उनको मेडिकल टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपाचार कक्षमा  सारिएको छ,” डाउनिंग स्ट्रीटका प्रवक्ताले एक विज्ञप्ति प्रकाशित गरि सो कुराको उल्लेख गरेको छ ।

प्रधानमन्त्रीले आफ्नो अनुपस्थितिमा आबश्यक काम गर्न परराष्ट्र तथा कमनवेल्थ मामिला सचिव डोमिनिक राबलाई जिम्मेवारी तोकेको  उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ ” प्रधानमन्त्रीको हेरचार र उपचारमा सलग्न अस्पतालका कर्मचारीहरूको  कडा परिश्रम र समर्पणलाई धन्यवाद।”

बीबीसीका अनुसार प्रधानमन्त्रीका प्रवक्ताले यस अघि नै जोंन्सनको अनुपस्थितिमा प्रधानमंत्रीले गत जुलाईमा नियुक्ति गरेका परराष्ट्र सचिब राबलाई कार्यबाहक दिईने बताएका थिए ।

प्रधानमन्त्री जोन्सनले केही घण्टा अगाडी ट्वीट गर्दै भनेका थिए  ” म राम्रो र दरो आत्माविश्वासमा छु ” सबैसंग निरन्तर सम्पर्कमा छौ, सबैलाई सुरक्षित राख्न हामी सबै मिलेर काम गरिरहेका छौं।”

बेलायतको अखबारहरूका अनुसार प्रधानमन्त्री जोन्सनको प्रेमिका समेत कोरोना संक्रमित रहनुका साथै गर्भवती रहेको बुझिएको छ ।

– न्युज २४ नेपाल

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*