बेल्जियममा बुद्द धर्मावलम्बी रहेको राष्ट्रीय तथ्यांकमा उल्लेख

Map of Belgium

बेल्जियममा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै, ७ सय ५५ मिलियन युरो घाटा

  • इन्दिरा चाम्लिङ

ब्रसेल्स  बेल्जियम, १६ चैत । 

  केही दिन यता दैनिक झन्डै २ हजारको हाराहारी बेल्जियममा कोरोना संक्रमणका बिरामीहरू बढीरहनु दुखद रहेको कुरा बेल्जियम सरकार स्वास्थ्य मन्त्रालयका प्रबक्ता बेनोईट रामाकेरले बताएका छन ।

आज कोरोना संक्रमणबारे जानकारी दिने क्रममा प्रबक्ताले बेल्जियममा गत २४ घन्टामा १७ सय २ जनालाई कोरोना भाइरस लागेको बताएका छन् । बेल्जियममा हालसम्म १० हजार ८ सय ३६ जना कोरोना भाईरसबाट संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय ३१ पुगेको छ।

भाषिक पहिचानको आधारमा ३ प्रान्त रहेको बेल्जियममा हालसम्म संक्रमितहरु मध्ये ५९ प्रतिशत अर्थात ६ हजार ३ सय ८१ जना भ्लान्दरेन क्षेत्र , ३ हजार १ सय ८७ (२९ प्रतिशत) वालोनी फ्रेन्च क्षेत्र , १ हजार ६५ (१० प्रतिशत) ब्रसेल्स क्षेत्र तथा ठेगाना थाहा नभएको २ सय ३ जना (२ प्रतिशत) रहेका छन्।

मार्च २८ सम्म हस्पिटल भर्ना गरिएका १ हजार ३ सय ५९ संक्रमितहरु निको भएर घर फर्किएका छन्। आज सम्म ४ हजार १ सय ३८ जना हस्पिटलमा छन् भने ८ सय ६७ सघन उपचार कक्षमा रहेको पनि प्रबक्ता रामाकेरले बताए ।

हालसम्मको संक्रमणकाल अवधिमा बेल्जियमको पर्यटन क्षेत्रले करिब ७ सय ५५ मिलियन युरो घाटा व्यहोरेको ब्रसेल्स टाईम्स समाचारपत्रमा उल्लेख गरिएको छ ।
घुमुवा प्रहरी शक्तीका अलावा अहिले बेल्जियमको प्रहरीहरुले बिभिन्न ठाँउमा अतिरिक्त नया चेकपोस्टहरु स्थापना गरेका छन्।

बिनाकारण तथा अत्यावस्यक कामा बिना आवतजावत गर्नेहरुलाई प्रहरीहरुले जरिवाना गर्न थालेका छन् भने गत शुक्रबार मात्र जरिवाना तिर्न नचाहने २ जना नियम उल्लंघनकर्तालाई ३–३ महिनाको जेल सजाय तोकिएको कुरा एचएलएन दैनिकमा उल्लेख छ ।

केही दिन अघि बेल्जियममा बुबा आमालाई भेटेर फर्किएकी बाग्लुङकी सापकोटा थर की एक युवतीलाई कतार हुदै नेपाल फर्कदा कोरोना संक्रमित भएकोले नेपालको अस्पतालमा राखिएको छ। बाग्लुंग कुदुले गाउका ति युवती काठमाँडू उत्रिएपछी डोमेस्टिक उडान र रिसर्वे गाडीमा बाग्लुंग पुगेका थिए । पारिवारीक स्रोतको दाबी अनुसार यात्राको क्रममा उनीलाई कोरोना संक्रमण भएको हुन सक्छ ।

बेल्जियमका प्रधानमन्त्री सोफी बिल्मेसले लक डाउनको दोश्रोचरण आगामी अप्रिल १९ तारिखसम्म रहने र अवस्था हेरी आगामी मे ३ तारिखसम्म देश थप हुन सक्ने घोषणा गत सुक्रबारनै गरी सकेकी छन् । बेल्जियम सार्वजनीक स्थल बाटोघाटो प्राय शून्य छन् । पार्कहरू खाली छन् पार्क र सार्वजनीकस्थलहरूमा राखिएका बस्ने ठाउँहरुमा प्रहरी प्रशासनले रातो स्टिकर राखी बस्न मनाही गरेको छ ।

घर बाहिर शारीरिक व्यायामको लागि निस्किएपनि १ घण्टा भित्र घर फर्की सक्नुपर्नेछ र घर भन्दा १ किलोमिटर व्यायामका लागि जान पाईने छैन । उल्लंघन गरिएमा २५० देखि ४ हजार यूरो बा ३ महिना जेल जानु पर्ने छ । पश्चिममा बेलायत , दक्षिणमा लक्जेम्बर्ग र फ्रान्स ,पूर्व उत्तरमा जर्मनी र नेदरल्याण्डको बिचमा रहेको बेल्जियम मुटुको रूपमा रहेको छ भने हाल सिमावर्ती सबै ईलाकाका नाकाहरू बन्द गरिएको छन् ।

एकिन तथ्यांक नभएपनि ८ हजार नेपाली स्थायी बासीन्दा रहेको बेल्जियममा प्रतिव्यक्ति कुलगार्हस्थ्य उत्पादन उच्च रहेकै कारण स्थायी बासीन्दाको रूपमा नेपालीको बसाई सराई निकै छ । ९० प्रतिशत नेपालीहरू होटल रेस्टुरा बारहरूमा कामगर्ने अनुमान गरिएको बेल्जियममा नेपाली समुदाय यो संक्रमणबाट शत प्रतिशत प्रभावित भएका छन् । सरकारले आफ्नै व्यवसाय हुनेलाई ४ हजार यूरो र कामदारहरूलाई आफूले पाउने तलबको ८० प्रतिशत तलब दिने घोषणा गरिसकेको छ ।

युरोपको राजधानीको रूपमा परिचित बेल्जियममा जर्मन, डच र फ्रेंच अफिशियल भाषाको रुपमा प्रचलित छन् भने ११.४ मिलियन जनसंख्या रहेको बेल्जियममा ०.२ प्रतिशत बौध धर्मावलम्बी रहेको राष्ट्रीय तथ्यांकमा उल्लेख रहेको छ ।

स्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*