लकडाउनबीच बेल्जियममा हिंसा प्रहरीको हतियार लुटियो

लकडाउनबीच बेल्जियममा हिंसात्मक आन्दोलन : १ को मृत्यु, ४३ गिरफ्तार, प्रहरीको हतियार लुटियो

  • केजिन राई,

ब्रसेल्स बेल्जियम, ३० चैत ।

लकडाउन उल्लंघन गर्ने १९ बर्षीय चालकको प्रहरीका कारण मृत्यु भएपछि ब्रसेल्सको अन्डरलेक्टमा ब्यापक हिंसात्मक आन्दोलन चर्किएको छ ।

बेल्जियमको राष्ट्रिय अखबार एचएलएनका अनुसार स्थानीय आन्दोलनकारी युवायुवतीहरूले प्रहरीको हतियार लुटेर भागेका छन । आन्दोलनकारीले प्रहरी चौकीहरूमा ब्यापक क्षति पुर्याएका छन ।

शनिबार दिउँसो भएको सो घटनामा दर्जनौं युवाहरूले एन्डरलेक्टको काउन्सिल स्क्वायर र मेट्रो स्टेशनको वरिपरिको इलाकामा आगो लगाइदिएका छन् ।

उक्त घटना त्यस शहरका एक १९ वर्षीय स्कूटर चालक युवकको मृत्यु भयो । उनलाई लकडाउन उल्लंघन गर्दा पुलिस जाँचगर्न खोजेको र जाँचबाट भाग्न खोज्दा एक भ्यान संघ ठोक्किदा चालकको मृत्यु भएको थियो ।

त्यसपछिको भीषण हिंसात्मक गतिबिधिका कारण ५ वटा गाडीहरू तोडफोड गरिएका छन भने प्रहरीको एक भ्यान र हतियार लुटेर लागेका छन् । करिब सय बढी युवायुवती दंगामा सलग्न थिए ।

सो क्षेत्रका प्रहरी प्रमुख पैट्रिक इभानपेलले भने “हामी अब सक्रिय रूपमा त्यो हतियार खोजी गरी रहेका छौ तर अहिलेसम्म फेला पारेका छैनौं ।“

केही प्रहरी अधिकारी र आन्दोलनकारी घाइतेलाई अस्पताल लागिएको छ । प्रहरीका अनुसार आन्दोलनमा संलग्नहरु कोरोना लकडाउनको कारण चार हप्ता एकान्तावासको प्रभावले उत्तेजित भएका हुन् ।

यूरोपियन र च्याम्पियन लिगमा सहभागीता जनाउने अन्डरलेक्ट फुटबल क्लब बेल्जियमको सधै शीर्ष स्थानमा रहेको सोही स्थानको क्लब हो ।

शनिबारको दंगापछि अन्डरलेक्ट नगरपालिकामा पाँच कार जलाइएको थियो । काउन्सिल स्क्वायरमा रहेको प्रहरी कार्यालयमा पनि ढुंगामुढा हानिएको थियो ।
त्यहाँ कुनै ठूलो गडबडी भएन, यद्यपि पुलिसलाई शनिवारको दंगा पछि डर भीड उत्तेजित हुने कारण प्रहरी आक्रमक बनेन ।

सो आन्दोलनमा सलग्न ४३ व्यक्ति पक्राउ परे । “यो तुलनात्मक रूपमा शान्त रह्यो, “अन्दरलेक्ट शहरका मेयर फेब्रिस कम्प्सले बताए “रात १० बजेतिर राडस्प्लिनको प्रहरी कार्यालय तोडफोड गरी भत्काईएको छ । त्यहाँ झ्यालहरूमा ढुंगा हाने । पुलिसले हस्तक्षेप गरेकोले तुरुन्तै परिस्थिति नियन्त्रणमा आएको थियो । हामीलाई आगो लगाइएको पाँचवटा गाडीको बारेमा पनि थाहा छ।”

दंगाको क्रममा आन्दोलनकारीले ले पुलिसको गाडी लुटेका थिए । एक सेवा हतियार चोरी भयो। “हामी अझै पनि त्यो खोजी गर्दैछौं, “क्याम्प्स भन्छन्“पुलिसले घटनाहरूको विश्लेषण गरिरहेको छ।“

यसैबीच, नगरपालिकाको संकट सेल स्ट्यान्डबाइमा छ। “हाम्रा गस्तीहरू सुदृढ भएका छन् र नयाँ सेना नयाँ घटनाहरूको जवाफ दिन तयार छन, “क्याम्पस भन्छन् ।

दंगा शनिबार दिउँसो २ बजेतिर सुरु भयो र मुख्यतया एन्डरलेक्टमा मेट्रो स्टेशन क्लेमेन्सौ र राडस्प्लिन नजिकै भएको थियो । १९ बर्षीय स्कुटर स्कूटर चालकलाई पुलिसको गाडीले शुक्रबार राति पिछा गरेको थियो । दुर्घटनाको अवस्थाबारे अनुसन्धान सुरु गरिएको छ ।

स्रोत – न्युज २४ नेपाल  फोटो  -बेलगा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*