तामाङ्गलाई अध्यक्षमा चयन गर्दै धादिङ्ग समाजको अधिवेशन सम्पन्न

डिल्ली अम्माई

एन्त्वेर्पेन बेल्जियम ,जुलाई २४ ।

‘बेल्जियममा रहेका नेपालीमाझ धादिंग समाज ’ भन्ने नाराका साथ बेल्जियममा रहेका धादिङ्ग जिल्ला बासीले दामन तामाङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरि बेल्जियमको आन्थ्रोपेन शहरमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । समितिका संथापक संयोजक रंजन सिंखडाको सभापतित्वमा हरि सिंखडाद्वारा संचालित खुला सभामा बेल्जियमका उपस्थित अतिथिहरुले सफलताको शुभकामना दिएका थिए ।

अधिवेशनले जय तामाङ्ग र हरि दाहाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने महासचिबमा रमेश दाहाल,सचिबमा गोमा तामाङ्ग (गुरुङ ),कोषाध्यक्षमा कृष्ण शिङ्खडालाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमश कुमार थापा,काशिनाथ दर्नाइ,दिपक पण्डित,हरि पाठक, सुमन तामाङ्ग,उर्मिला तामाङ्ग, कृष्ण बहादुर गुरुङ ,हरि सिंखडा,कमला घले र रन्जना सिंखडा रहेका छन् ।

त्यस्तै समितिलाई आवस्यक सल्लाह दिन ८ सदस्यीय सल्लाहकार सभाको समेत चयन गर्यो । जसमा लोक दाहाल,उल्का घिमिरे,रंजन शिङ्खडा,गोपाल सिंखडा,कृष्ण न्यौपाने,अर्बिन घले, शान्त मणि सिंखडा,अर्जुन दाहाल रहेका छन् । सम्पन्न अधिवेशनले आसन्न एन आर एन ए बेल्जियमको अधिवेसनमा बेल्जियमबासीलाई मिलेर जान आग्रह गर्दै त्यसको लागि अघिल्लो पुस्ताले त्याग गर्न र छिट्टै सार्थकता दिएर बेल्जियमका नेपालीको एकताको प्रत्याभूति गराउन सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गरेको छ । त्यस्तै भेलाले “निर्वाचन प्रजातान्त्रिक अभ्यास हो तर सहमति त्यसभित्रको उत्कृष्ट पक्ष हो।’ भन्ने भनाइलाई सार्थक बनाउन नेपालीहरुको साझा संस्था एन आर एन ए बेल्जियमको सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*