दलाललाई कारबाही गर्न युएई दूतावासको उदासिनता

भुपराज बस्याल

दुबई ,जुलाई २६ ।

काम लगाईदिने आवश्वसनमा युएई ल्याएर अलपत्र पार्ने दलाललाई कारबाही गर्न सम्बन्धित निकायले चासो नदिदा यो समस्य अझ बढेर गएको छ ।

विभिन्न कामको प्रलोभन देखाउदै पछिल्लो समय दुबईमा ल्याउने र अलपत्र पार्ने दलालहरुको संख्या बढ्न थाले पछि यहाँ स्थित नेपाली संघ सस्था राजनीतिक दलका भातृ संगठनहरुले दलाललाई कारबाहीको माग गर्दै दूतावासलाई दबाबमा दिन सोमबार दूतावासमा जम्मा भएका थिए ।

नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेत, जन सम्पर्क समितिकै सस्थापक अध्यक्ष चित्र के शी, नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कंडेल, माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्चका दीपक न्यौपाने, रास्टिय जनमोर्चा निकट एकता समाजका अर्जुन उपाध्या ,एनआरएनएका उपाध्यक्ष रभीरमण अधिकारी, आदिवासी जनजाती महासंघका उपाध्यक्ष भरत राना मगर र पत्रकार महासंघ युएईका पदाधिकारी लगायतको टोली दूतावास पुगि दलाललाई कारबाहीको माग गरेका थिए ।

नेपाली राजदुतावास अबुधाबिको हलमा भएको छलफलमा कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले दलाललाई कारबाही गर्न नसकिने बताएका हुन् । हामी सेकेन्ड मिनेट र घन्टामा काम गर्छौ त्यसै अनुरुप काम गर्दै आएका छौ । हामिले गरेका पनि छौ पहिला हामी पीडित लाई भेट्छौ अनि छलफल गर्छौ अनि उदार गर्छौ पिडक लाई नै कारबाही गरे पीडितहरु बिचल्लीमा पर्छन् । त्यसो भए अहिले सम्म कति जना दलालले युएईको जेल बसे कति दलाल यहाँ बाट डिपोट भए भन्ने प्रश्नमा हामि सङ स्रोत साधन को अभाव छ यश बिसयमा पछि छलफल गरौला अहिले समय छैन भन्दै बाहिरिए पछि उपस्थिति सम्पुर्णमा निरासा छाएको थियो ।

“हामि धेरै पटक दूतावास आयै आज त केही निकास निस्किएला भनेको आज पनि भएन ” नेपाली जन सम्पर्क समिती युएईका सस्थापक अध्यक्ष चित्र के शि ले सबैलाई बस्न आग्रह गरे लगत्तै दूतावासमा केही बेर छलफल भएको थियो । छलफल पछि यी र यस्तै बिषय लाई कार्यन्यन गर्न पछिल्लो समयमा बिकराल बनेका समस्य समाधानको लागि नेपाल सरकार लाई दबाब दिदै कार्यन्यन गर्न एक राजनीति समयन्त्र टोलि बनाउने मैखिक सहमति भयो ।

काठमाडौको ठमेलमा रहेको अर्थलाइन र क्रोमोज ट्राभल्सले दुइलाख देखि तीनलाख असीहजार सम्म लिएर उन्नाईस जनाई भिजिट भिषामा ल्याई युएईमा आइसकेपछि उनिहरुलाई खाने बस्ने र रोजगार मिलाइदिने जिम्मा लिएका सुजन भनिने प्रेम पाण्डेले अबुधाबीको मुसफामा राखेका थिए । पाण्डेले जागिर मिलाइदिने वहानामा प्रतिव्यक्ति एक हजार डलर युएईमा लिएका थिए । यी मध्य चौध जना घर फिर्ता भैइसके भने चार जना ओभर स्टे भएर भैई सकेका छन् ।

दलाललाई कारबाही गर्न र बाकी रहेका पीडितलाई छिटोभन्दा छिटो उदार गर्न भन्दै प्रेस सेन्टर नेपाल, युएई शाखा ले समेत प्रेस बिज्ञप्ति जारी गरेको छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*