लोक दाहाललाई चार राजनैतिक संगठनहरुको समेत समर्थन

ईयुनेपाल प्रतिनिधि 

काजाब्लान्का बेल्जियम ,जुलाई २७ ।

हिजो लुभेन स्थितऔडी मार्केटमा बसेको चार राजनैतिक संगठनहरू र विभिन्न  साँमाजिक संघ सस्थाहरुको सयुक्त बृहत भेलाले बर्तमान एन आर एन बेल्जियमका महासचिब एबम प्रखर समाजसेवी लोक दाहाललाई  आसन्न निर्बाचनमा अध्यक्ष पदका लागि साझा उम्मेदवार प्रस्तुत गर्न सहमत भएका छन् ।

सर्बसम्मत रूपमा अघ्यक्ष पदमा लोक दाहाललाई समर्थन गर्दै बेल्जीयममा सामाजिक एकता र भातृत्व कायम गर्न पहल गर्नका निम्ति क्रमशः ५ र १९ जना रहेको बार्ता समिति गठन गर्नुका साथै बिबिध  जिम्मेवारी बहन र तयारी गर्नका निम्ती १९ जनालाई हिजोको भेलाले अधिकार प्रत्यायोजन गरेकोछ।

 

 

 

 

 

 

 

 

समितीले निर्बाचन प्रतिबद्धता पत्र ,उम्मेदवारीको अन्तिम छनोट समेत गर्नेछ भने सर्बसम्मतीका निम्ती अधिकतम प्रयत्न समेत जारी राख्ने कुरामा सिंगो चार राजनैतिक संगठन र साँमाजिक सस्थाहरूले एक्यबद्दता जनाएका छन ।

हिजोबाट बिकशित घटनाक्रमले अध्यक्षमा लोक दाहालको जीत सुनिश्चित गर्नुका साथै ब्यापक जन समर्थन दिन -प्रतिदिन  झनै बढेको कारण उम्मेद्वार दाहाल निर्धक्क रहेको पाईयो ।

ईयुनेपाल प्रतिनिधि संग संक्षिप्त कुरा गर्दै अध्यक्षका प्रत्यासी लोक दाहालले भने “हामी एन आर एन एलाई सबैको साझा सस्थाको रूपमा बिकसित गर्न प्रतिबद्ध छौ ।आशा र भरोशा छ; हामिलाई बेल्जियमबासी सबैले पूर्ण रूपमा सहयोग गर्नु हुनेछ।”

संयुक्त प्रेस विज्ञप्ती 

 

 

 

 

 

 

 

 

 

 

आज मिति २६ जुलाई २०१७का दिन बेल्जियममा क्रियासिल नेपाली जनप्रगतिशिल मञ्च, नेपाली जन प्रगतिशिल मोर्चा, प्रवासी नेपाली एकता समाज र नेपाली संघिय समाज बेल्जियमको संयुक्त बैठकले एन आर एन बेल्जियमको आगामी अधिबेशनले चुनिने २०१७ देखि २०१९को कार्य समिति निर्माणका लागी हाल सम्मा घोषित उम्मेदवार मध्ये सामाजिक योगदान , सकृयता र सन्तुलनका आधारमा लोक दाहाललाई समर्थन गर्ने निर्णय गरिएको छ ।

एन आरएन बेल्जियमको निर्वाचनलाई सर्वसम्मत तुल्याउन हदैसम्मा लचक रहदैं सबै विकल्प खुला राखेर यो प्रकृया सम्बद्ध सबै पक्षसँग उपयुक्त छलफलका लागी तयार रहेको जानकारी गराउन चाहन्छौं र प्रकृयाका लागी सर्वसम्मत उम्मेदवारका रुपमा लोक दाहाललाई नै प्रस्ताव गरिएको छ ।
यदि सर्वसम्मत नभएको खण्डमा लोकतान्त्रिक बिधि र प्रकृयालाई सम्मान गर्दै लोक दाहालकै नेतृत्वमा निर्वाचन प्रकृयामा संयुक्त रुपमा सहभागी हुने प्रतिबद्धता जाहेर गर्दछौ।
बेल्जियमको नेपालीसमाजको यथार्तता, सामाजिक ब्यक्तिहरुको भुमिका, नेतृत्वको समान बितरण, अवसरको न्यायोचित प्रयोग तथा एकै बिचार समूह वा मान्यता भन्दा भिन्न तवरले एनआरएन अभियानलाई उठान गर्न आम एनआरएन तथा सम्पूर्ण संघ संस्था , वर्ग , समुदायमा अनुरोध गर्दछौं । धन्यबाद ।
जित लामा
अध्यक्ष
नेपाली जनप्रगतिशिल मञ्च,
मेख गुरुङ
अध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा
दिपेन्द्र के सी
कावा  अध्यक्ष
प्रवासी नेपाली एकता समाज
लोक राना मगर
महासचिव
नेपाली संघिय समाज,बेल्जियम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*