मोना बेल्जियमको पाँचौ अधिवेसन सकियो

ईयुनेपाल प्रतिनिधि 

एन्त्वेर्पेन बेल्जियम जुलाई १६ ।

 

 

मोना बेल्जियमको आज जुलाई १६ , २०१७ को दिन एन्थोर्पेनमा भएको अधिवेशनले योगेन्द्र बि कलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आगामी दुइ वर्षको लागि नयाँ कार्यसमिति तथा निति तथा कार्यक्रमहरु सहित पाचौ अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । त्यस्तै उपाध्यक्षद्वय ज्ञान बहादुर बिक र गणेश भण्डारी निर्वाचित भएका छन् । मानार्थ पर्यटनदुत तथा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिब बरुवालले निर्वाचन परिणाम घोषणा गरे अनुरुप महासचिब प्रदिप थापा,सचिव बेलु भण्डारी चुनिए भने कोषाध्यक्ष हरि शाही, ब्याबस्थापन बिभाग प्रमुख कृष्ण सुनार, खेलकुद बिभाग प्रमुखमा दिपक भण्डारी र सांस्कृतिक बिभाग प्रमुखमा ज्ञानु बरुवाल आएका छन् ।

सदश्यहरुमा क्रमश पदम लाल बिक, मनशुवा परियार, अमिर शाही , चन्द्र तुलाचन निर्वाचित भए भने अन्य दुइजना समितिको पहिलो बैठकबाट सर्वसम्मत रुपमा ल्याइने जनाइएको छ ।

मोनाका पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठद्वारा निर्वाचित समितिलाई सपथ ग्रहण गराइएको उक्त सभा चन्द्रा शर्माले संचालन गर्नु भएको थियो भने मोना आइसीसी महासचिब घन शाहीले खादा र अबिरले सम्मान गरेका थिए । ज्ञान रहोस यो संस्था म्याग्दी जिल्लामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले संसारका अन्य मुलुकहरुमा जस्तै २००७ मा बेल्जियममा पनि स्थापना भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*