विनेसाम,युएई शाखा द्वारा प्राडा कृष्णहरि बराल लाई सम्मान


युएई – विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाले प्राडा कृष्णहरि बराललाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै एक गजल लेखन बिषयक अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ साथै सृजना वाचन डबली, यूएईले पनि सोही अवसरमा डा.बराललाई सम्मान गरेको छ ।

कार्यक्रममा निश्चल पिएस लिम्बूद्वारा लिखित गजलसंग्रह “सिसिफस जीवन” को समिक्षा कवि समदर्शी कॉइलाले गरेका थिए ।

प्राडा बराल प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाका कार्यवाहक अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई उमेश राई र निमेश गिरीले संयुक्तरुपमा सन्चालन गरेका थिए ।

कार्यक्रमका अतिथिहरुमा कवि समदर्शी कॉइला, गजलकार/कवि निश्चल, पिएस लिम्बू, कवि तारा बलाल, गीत/ग़ज़लकार दलबीरसिं बराइली “घायल”, ग़ज़लकार टक गुरुङ, ग़ज़लकार/पत्रकार जे सागर र पत्रकार उमाकान्त पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*