एउटै देशका नागरिक माथि विभेद किन ? सन्दर्भ : नेताहरुको उपचार


नैनकला राई/ कुवेत –सन्दर्भ नेताहरुका उपचारको लागि भनेर सरकारले लाखौं करोडौं रुपैया उपलब्ध गराउदै आएको बारेमा ।

हो जन्मे देखि मृत्यु नभएसम्म हामीलाई विभिन्न समस्याहरुले पछ्याइरहन्छन् । केहि समस्याहरु आफैले गर्दा आइपर्छन भने केहि समस्या इस्वरको वर्दानै स्वरूप लिन बाध्य हुन्छौं जुन नचाहेर पनि अपनाउनै पर्ने हुन्छ यसको नाम हो “रोग” ।

जिउने रहर कसलाई हुदैन र ? तर पनि यिनै रोगका कारण दैनिक लाखौं ब्याक्तिहरुका सुनौला सपनाहरु बिचैमा पूर्ण बिराम लागिदिन्छ । जसमा धेरै भन्दा धेरै समस्या खेपिरहेका दर्दनाक कहानीहरु गरिबिका रेखा मुनि रहेकाहरुकैमा देख्न र सुन्नमा आइरहेका छन् । यिनै गरिब परिवारमा ति साधारण रोगहरु पनि पहाडकैरुप लिएर यामराज सरह खडा भैदिन्छन् । सय वा हजार रुपैयाँको अभावले ज्यानै गुमाउनु परेको खबर कुनै नौलो होइन । कसैको मुटु भन्दा प्यारो सन्तानलाइ साधारण औसधि किन्न नसकेर मृत्युको संघारमा पुगेको हेर्न बाध्य छन् । गरिबीकै कारण कलिला आश लाग्दा बुढेसकालका सहारा ठानिएका नानी बाबुहरू, बृद्ध-बृद्धाहरु, शारीरिक रुपमा जन्मौं निम्छारहरु खुल्ला आकाश मुनि पेटका लागि एक टुक्रा रोटि र साधारण एक टुक्रा वस्त्रको न्यानो पनलाइ महसुस गर्न नपाएर कठ्यांग्रिन बाध्य हुदै भोक र प्यासले तड्पीदै मृत्युवरणमा समर्पित हुन बाध्य छन् । उपचारकै अभावले साधारण रोगले पनि ठुला बिकराल अवस्था लिएर सहनै नसक्ने भयानाक ब्यथाहरु “ओइया, ओइया”को चित्कारले टाढा-टाढा सम्म हाई-गुहार मागिरहेका दर्दनाक आवाजहरु आफ्ना श्रम र पसिना साट्न आएका खाडी वा अन्य मुलुकका श्रमिकहरुका कानमा दिनहु ठोकिरहादा यी उपचारका नाममाथि करोडौं लिने धनाड्यहरुको कानमाचाही स्वार्थीको ठेडी लगाएर कृतिमरुपले आफु कान बहिरो भएर निस्फिक्री बस्दै आएका छन् ।

देशमा केहि गर्छु भन्दा बेरोजगारीको अभावले कहिले यता कहिले उता भकुण्डो बन्दै भौतारिरहेका हजारौं युवा- युवतीहरु आफ्नो सुवर्ण अवसरहरु र भविष्यलाई बन्दकी राखेर खाडीमुलुक लगाएत विभिन्न देशमा खुनलाइ पसिना बनाएर बालुवामाथि दन्दनी बलिरहेको घामको ज्वालामा शरीरबाट चुहिएको एक-एक थोपा पसिनालाई केहि कुनचा-कुनचामा बेच्दै कमाएको केहि रकमले यस्ता धेरै ब्याथा पीडाहरुलाइ मल्हमपट्टी गर्दै कतिपयलाइ त नयाँ जीवनदान स्वरूप दिएको धेरै उदाहरणहरु छन् । विदेशिएका युवा – युवतिहरु यतिमा मात्रै सिमित छैनन् देशमा परिआएको जुनसुकै आपत बिपतमा होस् वा प्राकृतिक प्रकोपमा, आफुहरुको पेट काटेरै भएपनि आर्थिक नैतिक र भौतिकरुपमा पर्खालको लागि ईटा बन्न तत्पर हुदै आएका छन् । सरल भाषामा भन्ने हो भने यिनै श्रमिकहरुका पसिनाको कमाइले देशका अर्थतन्त्र धानिरहेको छ र देश हाक्नेहरु भनेजति सुविधाहरु पाइरहेका छन् ।

हिजोका दिनमा झुपडीको बास गर्दै आएकाहरु आज रातारात करोडपति बन्न सफल छन् र यिनै करोडपति आज आफ्नो उपचार गर्नको लागि भएको सम्पतीले वा जेथा बेचेर उपचार गरेको सुन्न मा या बुझ्नमा आएको छैन बरु सरकारबाट उपचारको नाममा करोडौं लिएर विदेशमा जाने गरेका छन् । तर एक साधारण जनतालाइ बिमार भएको खण्डमा उपचारको लागि हुनेको आफ्नो भएजति जेथा बेचेर आफ्नै देशमा उपचार गर्दै आएका छन् भने नहुनेको त पिडाको चित्कारलाई अंगाल्दै मृत्यु कुरेर बस्न बाध्य छन् भने एउटै देशका नागरिकमाथि अलग अलग ब्यबहार किन भैरहेको छ ? के यो भेदभाव होइन र ? जसले जनताको सेवा गर्छु भनेर कसम खाएका छन् उसैले जनताको पसिनाबाट कमाएको रकम आफ्नो लागि विभिन्न बहानामा दुरुपयोग गर्न कसले अधिकार दियो ? रोगको दुखाइ र पिडा सबैको उस्तै होइन र ? के बाँच्ने रहर सबैको उस्तै होइन र ? यी प्रश्नका जवाफ चाहियो सरकार ।

-(लेखक परदेशीखबरडटकम का सम्पादक तथा नागरिक पत्रकार हुनुहुन्छ । -का.सम्पादक)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*