ए स्टारले मनायो क्रिसमस र पाचौं वार्षिकोत्सव


लन्डन । लन्डन मुख्यालय रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पाचौं वार्षिकोत्सव मनाएको छ । ए स्टार (पुरानो नाम एक्सेस फाइनान्सियल सर्भिसेस यूके) ले ५ औं वार्षिकोत्सव र क्रिसमस पार्टी एकैसाथ आसफोर्ड केन्ट र लन्डनमा गरेको हो ।
ए स्टारले शुक्रबार सांझ वेम्ली बिनोभा जिभी रेष्टुरेन्टमा गरेको कार्यक्रममा व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक लगायतको सहभागिता थियो ।

एसएनपी प्लसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, काउन्सिलर विष्णु गुरुङ, समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा, इन्जिनियर 
राजकुमार त्रिपाठी, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश 
खपांगीमगर, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिंह गुरुङ, व्यवसायीहरु बीपी खनाल, कमल पौडेल, शिवजी श्रेष्ठ, यादव श्रेष्ठ, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, एसएनपी प्लसका समिरनाथ प्याकुरेल लगायत सहभागीले ए स्टारको व्यवसायिक सफलता र क्रिसमस एवं अंग्रेजी नयां वर्षको शुभकामना दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*