क्षेत्रीले बेल्जियम नगर सदस्य पदको सपथ लिए

इन्दिरा चाम्लिङ,
ब्रसेल्स ,जनवरी २७ ।

बेल्जियमको इतिहासमै पहिलो पटक लुभेन महानगरपालिकामा स्थानीय राजनीतिमा पहुँच राख्दै नगर सदस्य पदमा नेपाली मुलका कृष्ण सगुन क्षेत्रीले पदको सपथ लिएका छन् ।

हिजोमात्र कोरोनाका कारण सपथ ग्रहण गरेका क्षेत्री पश्चिम नेपालको पर्वत जिल्लाको जलजला गाउँपालिकामा जन्मिएर १७ वर्ष अघी मातृभूमि छाडन बाध्य भएका थिए । दशवर्ष सम्म नेदरल्याण्ड बसेका नगर सदस्य क्षेत्री २०१४ मा मात्रै बेल्जियम आएका थिए ।

लुभेनमा रेष्टुरेन्ट ब्यबसायी समेत रहेका क्षेत्रीले सोमबार भर्चुअल प्रबिधी मार्फत सपथग्रहण गरेर औपचारिक रुपमा पदभार ग्रहण गरेका थिए । सपथ ग्रहण पश्चात सदस्य क्षेत्रीले मतदातालाई धन्यबाद दिदै भने मलाइ प्राप्त भएको यस सु-अवसरलाइ नगरपालिकावासी सम्पूर्ण मतदाता र खास गरि हाम्रो नेपाली समुदायको पहिचान र प्रगतिको लागि मेरो क्षमताले भ्याएसम्म अहोरात्र कृयाशील रहेर सदुपयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

यूरोपको मुटु मानिने ब्रसेल्ससँगै जोडिएको लुभेन नगरपालिकामा स्थायी रूपमा बस्दै आएका क्षेत्रीले नेपालमै औपचारिक शिक्षा लिएका थिए । बेल्जियमको भ्लान्दरण प्रान्तमा बोलिने डच भाषामा पोख्त रहेका क्षेत्री श्रीमति सगुन केसी, छोरा अभियान र छोरी आर्यानासहित चार जनाको परिवारसँगै बस्दै आएका छन् ।

स्थानीय निकायको निर्वाचनमा बेल्जियमको राष्ट्रबादी पार्टीको रूपमा परिचित एनभीआबाट उम्मेदवार रहेका क्षेत्री सो पार्टीको उम्मेदवारको सूचीमा सातौ नम्बरमा थिए । एनभीआले ४७ सदस्यीय नगरपालिका परिषदमा ११ सिट जितेको थियो । पार्टीले ११ सिट जिते पनि उम्मेदवार सूचीको सातौ नम्बरमा रहेका क्षेत्री समानुपातिक चयन प्रक्रियामा बैकल्पिक एक नम्बर सूचीमा परेका थिए । सो निर्बाचनमा एन्भिआबाट कृष्ण सगुन क्षत्री केवल १९ मतले पराजित थिए ।

झन्डै ३ दशक यता सोसलिस्ट पार्टीहरुको गठबन्धन सरकार रहेको लुभेन नगरपालिकामा एनभीआ प्रमुख प्रतिपक्षीको भूमिकामा रहदै आएकोछ । एनभीआ पार्टीबाट चुनाव जितेकी तिने एरलिङेनले पद छोडेपछि सातौ नम्बरमा रहेका क्षेत्री बैकल्पिकबाट स्वतः नगरपालिका सदस्य चयन भएका हुन् । विश्वबिद्यालयहरूको शहरले प्रख्यात लुभेन नगरपालिका संसारभरका विद्यार्थीहरुको आकर्षणको केन्द्रको रूपमा परिचित छ ।

दुई हजार बढी स्थायी नेपालीको बसोबास रहेको यो प्रान्त प्रबिधि ,कला ज्ञान, बिज्ञानको क्षेत्रमा यूरोपको केन्द्र मानिन्छ, भने एक सय ७० भन्दा बढी देशका नागरिक बसोबास गर्ने यो नगरपालिकामा पहिलो पटक आप्रबासी मुलका मोहम्मद रिदवानी एस्पिआ पार्टीबाट मेयरको रूपमा निर्बाचित बहाल रहेका छन् । केन्द्रीय सरकारमा गृहमन्त्री बनिसकेका लुइस तोबाकले निर्वाचनपूर्व झन्डै २६ वर्षसम्म लगातार एस्पीआ पार्टीबाट मेयर पद सम्हालेका थिए । झन्डै तीन दशक यता नेपालीहरुले बेल्जियममा बसोबास गर्न थालेका हुन् । हरेक स्थानीय राजनैतिक पार्टीमा नेपालीहरूले पकड जमाउदै गएका छन् ।

बिगतका बर्षहरूको संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नेपालीहरूले विभिन्न राजनैतिक दलहरूबाट १२ जना नेपाली मूलका उम्मेदवारहरू एस्पीआबाट सूर्य ढकाल र पिभिढीआबाट बिरमान मगर, डिल्ली राम भण्डारी, लोक राना मगर र सीदीएन्ड्भीबाट लिला शर्मा मानन्धर, रश्मी निरौला, हरियाली पार्टी ग्रुनबाट खड्ग बहादुर केसी, बलिराम झा, एन्भीआबाटै कुशल श्रेष्ठ लगायतले समेत सम्मानजनक मत हासिल गरेपनि चुनावमा निर्वाचित हुन सकेका थिएनन् ।

पदभार ग्रहण पछी सिंगो बेल्जियम नेपाली समाज र गैर आबासीय नेपाली संघ बेल्जियम अध्यक्ष चित्र सुबेदी र महासचिब तिर्थराज धमलाले नगर सदस्य क्षेत्रीलाई बधाई दिएका छन् ।

श्रोत – न्युज २४ नेपाल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*