एनआरएन बेल्जियमबाट नै किन नेपालीले बिमा गर्नुपर्छ ? अनिबार्य पढ्न र सुन्नु पर्ने कुराहरू- भिडियो

इन्दिरा चाम्लिङ

काजाब्लान्का क्यासेल्लो , नोभेम्बर २५ ।

एनआरएनए बेल्जियमले यहाँ स्थित स्थानीय नेचुराल जिकेनफण्ड भ्लान्दरण बिमा कम्पनीसंग एक किसिमको सम्झौता गरेको छ । जसले त्यहाँ स्थित नेपाली र बिमा कम्पनी बीचमा मध्यस्तताको भूमिका खेल्नेछ र त्यसबाट केही फाईदा नेपालीलाई र केही फाईदा एनसीसीले पाउने भएको छ । बेल्जियममा स्वास्थ्य बिमा अनिबार्य छ । अब त्यहाँ स्थित नेपालीहरुले गर्ने बिमा एनआरएनए मार्फत गरे आफूलाई पनि फाइदा र एनसीसीलाई पनि फाइदा हुने भएको छ ।

एनआरएनए बेल्जियमले सबै नेपालीहरुलाई यस अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ । अद्यपि यसबाट संस्थालाई कति फाइदा हुनेछ भन्नेकुरा बिमासंग सम्झौता भएका कारण सार्वजनिक मिडियासंग गर्न नमिल्ने बताएका थिए । आर्थिक रुपमा मात्रै नभएर अतिरिक्त बिमाका फाइदाहरु पनि भएको पदाधिकारिहरुको बताएका थिए ।

नेपाल पत्रकार महासंघ यूरोप शाखा मार्फत सिलसिलेबार रुपमा गर्दै आएको विशेष कार्यक्रम ‘बेल्जियम संवाद’ ३७ औँ शृंखलामा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद्का सह-कोषाध्यक्ष लोक प्रसाद दाहाल लगायत एनसीसी अध्यक्ष चित्र सुबेदी, उपाध्यक्षहरु खड्क बहादुर केसी र हरि भट्टराईका साथै महासचिव तिर्थराज धमलाको उपस्थिति थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले अध्यक्षता गरेका थिए भने महासंघका पदाधिकारीद्वय कार्यवाहक महासचिव द्रोण रिजाल र कार्यसमिति सदस्य महिन्दो वाहिबाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा आईसीसी सदस्य तथा पत्रकार प्रेम पोमु लगायत प्रेम परियार, राजकुमार थापाको पनि उपस्थिति थियो । एनसीसी बेल्जियमले यही नोभेम्बर २९ तारिख साधारण सभाको घोषणा पनि गरिसकेको छ । सह-कोषाध्यक्ष लोक प्रसाद दाहालले एनसीसी बेल्जियमले गरेको जस्तै स्रोतको खोजी बिमाको माध्यमबाट गर्न अन्य एनसीसीलाई पनि संभव भएको बताएका छन् । एनसीसी अध्यक्ष चित्र सुबेदीका अनुसार एनसीसी बेल्जियमले आर्थिक मुनाफा गर्नेखालको यसप्रकारको सम्झौताले कुनै कानूनि अप्ठेरो नपर्ने बताएकाछन् । पत्रकारहरुको अन्य प्रश्नहरुमा सबै पदाधिकारीहरुले जवाफ दिएका थिए ।

एनआरएन बेल्जियमबाट नै किन नेपालीले बिमा गर्नुपर्छ ?

संस्थाको दिगो आर्थिक मजबुतीको लागी गैरआवासीय नेपाली संघ बेल्जियम र Neutraal Ziekenfonds Vlaanderen ( Mutualiteit) बिच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भईसकेकोले अबको दोस्रो चरण अन्तर्गत यस अभियानलाई साथ र सहयोग गर्नको लागी बेल्जियम बासी सम्पुर्ण नेपाली जनसमुदाय मा हार्दिक आह्वान गर्न चाहान्छौं।

कार्यसमितीका साथीहरुबाट सेवाग्राही बनेर यस अभियानको शुरुवात गरेका छौं। धेरै साथीहरुलाई यस बिषयमा अलि स्पष्ट नभएको जस्तो लाग्यो। त्यसैले यस बिषयलाई अलि बिस्तृत रुपमा राख्न चाहान्छु। बेल्जियममा अनिबार्य रुपमा गर्नुपर्ने स्वास्थ्य बिमा (Health Insurence) हामी सबैले एक न एक Mutualiteit मार्फत गरेका छौं। बेल्जियमका हामी धेरै नेपालीहरुले CM Mutualiteit मार्फत सेवा लिईरहेका छौं। त्यसका निम्ती हामीले बार्षिक 85 euro शुल्क तिर्ने गर्छौं। पहिलो कुरा त तपाईं हामी बेल्जियममा रहेका जुनसुकै Mutualiteit मा आबद्द रहेपनि सरकारी मापदण्डमा रहेर पाउने सुबिधाहरु उस्तै उस्तै नै हुन्छन्। हामीले अहिलेको आबद्द Mutualiteit मार्फत के के सुबिधाहरु लिन्छौं, त्यो हामी सबै जानकार नै छौं। समय समयमा बिभिन्न कम्पनिहरुले आफ्नो प्रोमासनको लागी प्याकेजहरु ल्याएका हुन्छन्।

एनसीसी बेल्जियमले यहॉंस्थित बिभिन्न Mutualiteit हरुसंगको छलफल पछि सबै हिसाबले Neutraal Ziekenfonds Vlaanderen लाई छनौट गरिएको हो। जसअनुसार एनआरएनए बेल्जियम मार्फत हुने प्रति Dossier( Application) संस्थाले केही रकम कमिसन बापत पाउंछ । उक्त रकम मध्यको केही रकम संस्थाले सम्बन्धित ब्यक्तिको बैंक खातामा ट्रान्सफर गरिदिन्छ।

यसरी यसले संस्था र ब्यक्ति दुबैलाई फाईदा हुनेछ। तसर्थ, यस अभियानले संस्थाको आर्थिक मज़बूती भई हरेक क्रियाकलापहरुमा पंजीकृत सदस्यहरु समक्ष सहयोग माग्न जाने अबस्थाको अन्त्य हुनेछ । यसको लागी बेल्जियम नेपाली समुदायको सहयोग बिना सम्भव छैन। “Het strektst groeiende Ziekenfonds in 2018 “ ले चिनिएको यस बिमा कम्पनी Mutualiteit का सुबिधाहरु संक्षेपमा-

1. Free worldwide insurence – मापदण्ड सहित

2. Birth facilities: Max. 1000 euro

3. Child facilities: 190 euro per year

4. Sport: 30 euro per year

5. Optic: 50 euro per year

6. Saving before marriage: till 125% interest

7. Teeth care: 300 euro per year

8. Housework: 100 euro per year

9. Camping: 50 euro per year

10. Luiers( pamper) : max. 300 euro

तसर्थ, यस Mutualiteit मा आबद्द हुदा तपाईं हामीलाई बेफाईदा केही छैन। अझ बढी सुबिधा सहित केही रकम पनि पाईने साथै संगसंगै संस्थालाई योगदान गरेको पनि हुने हुनाले सम्पुर्ण महानुभावहरुलाई सहकार्यको लागी हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद

गैर आबासीय नेपाली संघ बेल्जियम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*