Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
    
राजनेताहरूलाई इतिहासले कहिल्यै माफी दिने छैन

Posted on : 2006-12-13 08:17:28

* केजिन राई
" एक युगमा एक दिन एकपटक कसो नआउला साथी ? " सेनाले पत्रकार नै भएपनि एकदमै निगरानीमा राखेको छ। कुन दिन लगेर जाक्ने हो ? थाहै नपाई कुन दिन बेखबर मरिने हो ? थाहा छैन। सपना ! जीवनसङगिनी सार्है चिन्तित छिन एक्लै भएपनि सहादत प्राप्त गर्न गार्हो थिएन। ईमेल गर्दै गर्नु त्यो दिन आएमा पुन भेट्ने छौ। मनै चुडिने प्रीन्ट गरेर राखेको साथी बिनोदको ईमेल मैले आज फेरि हेरे।
हो त नी ! नेपालबाट बियोग भएर परदेश पुग्ना साथ यो पटक मेरो मुटु छिया-छिया भएको सम्झन्छु। र अन्त:स्करण नौकाश्रय भएको बेला मेरो सहकर्मी प्रीयमित्र बिनोद ढुङगेल(कार्यक्रम निर्देशक नेपाल एफ एम)को याद आउछ र वहाले दशै-तिहार मनाएर काठमाण्डौ फर्केर लेख्नु भएको ईमेल खोतल्न मन लाग्यो। यही बेला साथी बिनोदलाई लाल अभिबादन! साथीलाई मैले जिवन्त देख्न पाएको छु।
क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको यो कवितात्मक उद्गार'एक युगमा एक दिन एकपटक आउँछ' हो साच्चै आएको छ,त्यो दिन। आज देशभर साङ्गीतिक ढङ्गले, अझ भावसङ्गीतबाटै गुन्जायमान छ । आजको बिहान सुनौलो थियो, राष्ट्र र बाँकी सबै संसार पुलकित छ,त्यो दिन आएको छ।
यहा यूरोपभरी द टेलिग्राफ,सन्डे टाईम्स,सण्डे एक्स्प्रेस,द मिरर बिल्ड,डायरीयो नोटिसिया,ला गज्जेट लगायत सयौ पश्चिमी अखबारहरूले राजा ज्ञानेन्द्रलाई तुच्छ शब्द प्रयोग तीतो र कटु आलोचना गर्दै यो साता नेपालमा भएको शान्ति सम्झौताको प्रशसा सहित लेखेका समाचार र लेखहरूले स्थान पाएको थियो।
राष्ट्र प्रति सचेत पहरेदार र माटोको माया गर्ने नेपालीको हैसियतले आफ्नो मुलुकको बारेमा टिका टिप्पणी भएका कुराहरू प्रति झनै कौतुहलता नजाग्ने कुरै भएन।यही सन्दर्भमा यो हरफ मैले यस अर्थमा किन कोर्न लागेको हो भने जर्मन भाषामा दख्खल राख्ने रोमानियाकी आला,माल्दोभाकी एलिना र पोर्चुगीस सहकर्मी ओल्गाले बिल्ड पत्रीकामा लेखिएको हरफहरू अगाडि उद्धृत गर्दै भनिन "यूरोपियन युनियन,भारत,चीन,बेलायत,अमेरिका लगायत सबै राष्ट्रहरूले सम्झौताको स्वागत गर्दै बुद्धको देशमा शान्ति देख्न चाहिरहने तीब्र आकाङ्क्षालाई मूर्तरूप दिन आफूहरू पनि तम्तयार रहेको उल्लेख गरेका छन्। के हो त्यस्तो ट्रीटी ? तिमीहरूले यस्तो अबसर खेर जानु दिन हुन्न है।"
सहकर्मीको कुरा सुनेर मैले सोच्न बाध्य भए। परदेश भन्नु मात्र हो बाच्नको लागि कत्ति सङ्हर्ष गर्नु पर्ने हुन्छ।त्यो पीडालाई आफू मै सीमित राखेर ब्यस्त समयलाई चिर्दै केही कुरा भन्नै पर्दछ हामीले यस्तो बेलामा।
नेपाली आकाशमा विगत ११ वर्ष देखि मडारिएको कालो बादल सरकार-माओवादी ऐतिहासिक शान्ति सम्झौता मार्फत समाप्त भएको छ। द्वन्दको दर्के पानी ! मुसलधारे झरि!! कहालीलाग्दो र बैराग लाग्ने वर्षा !!! उराठलाग्दो अनि तिरस्कृत हिलो सकिएर स्वच्छ देखिएको छ मातृभूमिको हाम्रोआकाश ! स्वच्छ नेपाली गगनमा हासखेल गर्ने असिम चाहाना बाक्ने नेपालीको मन औधी हर्षित भएको छ।
खुईय्य! शान्तिको सास फेर्न पाऊदा सन्सारभरका तमाम नेपाली समुदाय हर्ष विभोर रहेको प्रष्टै देखिन्छ। अनि आगामी दिवसहरूमा पनि शान्तिको कामना गरेको सुनिन्छ। यो शान्ति कालान्तर सम्म रहोस्। सबैको एकत्र आवाज देश-परदेशबाट अविरल गुन्जिरहेको छ। हामी पनि यो ऐतिहासिक र महत्वपूर्ण घडीमा एउटै कुरा थप्न चाहान्छौ। त्यो के भने यो शान्ति नेपालमा युग युगसम्म कायम राख्न समस्त राजनैतिक पार्टीहरू र आम जनता लाग्नै पर्दछ। अन्यथा हामीलाई भावी पुस्ता र इतिहासले कहिलै माफ गर्ने छैन र नगरोस् पनि।
नेकपा माओवादीले जनवादी राज्यसत्ता स्थापनाका लागि काभ्रे गोर्खा लगायतका ठाऊमा प्रहरी चौकी ध्वस्त पार्दै २०५२ साल फागुन १ गते सुरु गरेको सशस्त्र विद्रोह एक दशक भन्दा बढीको अन्तराल पष्चात नेपाल सरकारकातर्फ प्रधानमन्त्री गिरजाप्रसाद कोइराला र माओवादीका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गरी विधिवत रुपमा युद्ध अन्त्यको घोषणा गर्नुभएको छ । यो अन्त्य आम नेपालीहरुका लागि मात्र खुसीको कुरा होइन विश्वकै लागि एउटा उदाहरण समेत हो भन्दा अतिशयोक्ति अवश्य नहुने प्रष्टै छ।यस्ता विरलै सान्सरिक उदाहरण भेटिन गार्हो छ।
द्वन्द्वको अन्त्य! शान्ति सम्झौताबाट मुलुकको आधुनिक इतिहासमै सबैभन्दा गर्विलो र महत्त्वपूर्ण घोषणा भएको छ र नया नेपालको निर्माणमा फेरि पनि एक पटक आम जनताको विश्वास प्राप्त भएकोछ। जनता आशाबादी छन् तसर्थ नै यो मौका मिलेको छ। नयाँ नेपाल निर्माणको प्रक्रियालाई शान्ति सम्झौताले पूर्ण औपचारिकता र नैतिक धरातल उपलब्ध गराएको छ ।
मातृभूमिको सम्बृद्धीमा तगारो बनेको अडचनहरू विश्व जगत र उत्तरआधुनिक पुस्ताका नेपालीले नेपथ्यमा गुप्त रहेपनि छर्लङगै देखेको यथार्थ के हो भने,युगौँदेखि कायम विभेद, थिचोमिचो, गरिबी, उपेक्षा र सामन्ती संस्कार आदि बिकृती र बिसङती नै प्रमुख बाधा अड्चन हुन। अतह: यस्ता प्रबृति र यथार्थतालाई अन्त्य गर्न त्यसविरुद्ध चल्दैआएको क्रान्तिपूर्ण र रक्तरन्जित संघर्षलाई निर्णायक गतिमा पुर्याउने सम्झौता वा घोषणा हो भनेर हामी आम तप्काले बुझ्नु बर्तमान समयको माग हो।
मुलत:शान्ति सम्झौताको मर्म र शब्द कार्यान्वयन हुने हो भने राष्ट्रिय मेलमिलाप, सद्भाव र एकता भाँडिने स्थितिको कल्पना समेत गर्नुपर्ने छैन । शान्ति प्रक्रिया त भनियो परन्तु विवाद कायम छन्, कसो हुने हो,के हुने हो भन्ने संशय अब बाँकी रहेको छ यो तुषलाई मेटाउन प्रयत्न भएमा राजनेताहरूको नाम स्वर्ण अक्षरले कुदिदा कुनै आपत्ति मान्नु पर्दैन। बरू अजर नाम राख्न साथ दिइनु पर्दछ।
हामीले भोगेको हत्या, हिंसा हाम्रो तीतो विगतमा सीमित हुनेछ । अग्रगमन र राज्यको प्रगतिशील रूपान्तरण निर्वाध अगाडि बढ्नेछ । शान्ति सम्झौतामा हस्ताक्षरपछि दुवै पक्षका सुप्रिम कमान्डरले गरेको सम्बोधनमा नयाँ नेपालकै संकल्पका साथ मुलुकमा बहाली भएको चामत्कारिक परिवर्तनप्रतिको गौरवमुक्ति निसृत थियो । त्यो विशुद्ध समकालीन नेपाली भावना हो । राजनेताहरूले अजर रहन यो भावनाको कदर गर्नै पर्दछ।१५ हजार भन्दा बढी अनाहकमा जीवन गुमाउने र शहादत प्राप्त गर्ने श्रध्येय आम नेपालीहरूको देशभक्त,प्रगतिशील र जनबादी भावनालाई आत्मसात नगरे थोरैपनि माफी दिईनु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ।
द्वन्द्वले पारेका घाउ र चिरिएका मनहरुलाई सुन्दर भविष्यमा अनुवाद गर्न कुनै बिलम्ब गर्नु हुन्न । काहालीलाग्दो द्वन्द्व समाप्त भएको यस क्षणमा नयाँ नेपाल निर्माणमा समस्त नेपालीले हातमा हात मिलाउनै पर्दछ।बिगतमा देखिएको बिकृतीहरू बैयक्तिक स्वार्थ,भाबनात्मक उत्तेजनाहरूबाट आत्मसमिक्षा गर्दै युगौ युग देखि जातोमा पिसीएका,ठगिएका,लुटिएका जनताले चाहेको सार्वभौमिक स्वाधिनताको नबिन पथमा अब राजनेताहरू हिड्न सक्नु पर्दछ।बाध्यता,उन्माद,बिस्मातलाई तिरस्कार गरेर अरू सुखी रहेको तर्फ भन्दा आफू किन दु:खी छु। आफूले आफैलाई निहाल्ने प्रयत्न गर्नु पर्दछ। अहकार,षड्यन्त्रलाई परै फालेर अग्रपथमा लम्कनु पर्दछ।आरोप प्रत्यारोप जस्ता झिना मसिना कुरामा अड्कनु हुन्न।
नया नेपालको निर्माणको हरेक शैली नबिन ढङ्गले प्रयोग गर्न प्रयत्न गरिनु पर्दछ फेरि पनि बिगत दोहोरिन खोजेमा राजनेतालाई कदापी छुट हुने छैन। इतिहासले कहिल्यै माफी दिने छैन।

@ लिस्बोन , नोभेम्बर २००६ ।
 
  Viewers Comment             Print this News
More Editorials
राजनेताहरूलाई इतिहासले कहिल्यै माफी दिने छैन
बोनमा गगन थापाको सन्देश र आनी छोईङको पीडा
राजा ज्ञानेन्द्रले हलो जोत्नु पर्छ
लोकतन्त्र को लागि घनघोर बर्षा होस् बरु
साहसिक आन्दोलनको खाँचो

 

 

 
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya