Untitled Document
 
Site Map
 
Today:Sep,09 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews

 

 
नसोचेको बेलायतको पीडा
जयराम लामा
   
मेरो साथी राममणि रिजालले भन्ने गर्नुहुन्थ्यो जे कुरा राम्रो भए पनि इँग्लिस भएछ । खाना मिठो बनायो भने पनि इग्लिस बनाएछ । ठीक समयमा आयो भने इग्लिस समयमा आइपुग्यो लुगा राम्रो भयो भने इँग्लिस नै देखिएको छ भनेर भन्ने गरथ्यो । मलाई लाग्थ्यो त्यसो भए इँग्ल्याण्डमा सबै कुराहरु इग्लिस नै हुने रहेछ । अब म पनि इँग्ल्याण्डमा जानु पर्यो भन्ने निधो गरे ।

इँग्ल्याण्डको नागरीकलाई इग्लिस मान्छे भन्ने गरिन्छ । सबै जसो यै देशमा जन्मेर यहाँको नागरिक भएको छ भने कोहि बिदेसीहरु धेरै थोरै समयमा बैधानिकरुपमा बसेपछि पनि यहाँको नागरिक भइन्छ भने पछि म पनि इग्लिस हुन इँग्ल्याण्ड तिर हुत्तिए । इँग्ल्याण्डको जाडो पनि इँग्लिस नै जाडो हुदो रहेछ । बिश्वमा नै जलबायु परिबर्तन सम्बन्धी ठूलो चिन्ताको बिषय बनिरहेको बेलामा झन यो बर्षको जाडोले त धेरै मानिसहरुको ज्यान लिई सक्यो । मलाई झन रक्तचाप तल अर्थात लो हुनाले अति नै चिसो हुने गर्दछ । त्यसैले मलाई झन जाडोको धेरै चिन्ता लाग्ने गर्दछ । हिमपात भएर बिमानस्थल अबरुद्ध भएको छ ।
राजमार्गहरु पनि बन्द भएको छ ।

कोहि मानिसहरु सगरमाथा चढन जान लागेकेा जस्तो गरेर बाक्लो बाक्लो लुगा लगाएर सडकमा हिडेका छन् भने कोहि मनिसहरु चाहि गर्मी याममा जस्तो एउटा गन्जी र हाप पाईँट लगाएर हिडेका छन् कस्ता हुदो रहेछ यो इग्लिसहरुको जात पनि । एक जना इग्लिस मान्छेको घरमा एउटा कोठाको महिनाको २५० पाउन्ड तिरेर बस्दै आएको छु । कोठाको भयाल राम्रोसंग नलाग्ने रहेछ । कोठामा हावा छिरेर धेरै चिसो हुदो रहेछ । घरवालाले राती ग्याँस बत्तीको बढि महसुल उठ्छ भनेर झन रातको १२ बजे देखि बिहानाको ६ बजे सम्म अटोमेटिक हिटर बन्द हुने सिस्टम गरेको रहेछ ।

चिसोले अतिनै भए पछि मैले साहुलाई भ्याल बनाई देउ मलाई अति नै जाडो भयो भनेर टेक्सट म्यासेज पठाए । अनि साहुले हुन्छ म भोली आएर बनाई दिउला भनेर टेक्सट म्यासेज पठायो । तर भोलीपल्ट राती १ बजे मात्र टेक्सट म्यासेज पठायो माफ गर्नु होला आज बनाउन भ्याएन भोली बनाउन आउछु भनेर । मैले ओके भनेर भोलीको रात न्यानो संग सुत्न पाउने आशामा जसो तसो सुते । भोली पल्ट पनि आएन । साँढे बारा बजे राती फेरी टेक्स्ट म्यासेज पठायो । मैले बनाउने मान्छे पाएन सोमबार जसरी भए पनि बनाउछु मैले ठीक छ भने । मेरो खुट्टामा घाउ भएर म आउन सकिन माफ गर्नु होला भनेर मँगलबार मात्र फेरी खबर पठायो । त्यस पछि मैले केहि भनिन बरु आफैले अर्को सिरक किनेर ल्यांए । अहिले सम्म चिसो बाट बचिरहेको छु दैबको दयाले ।

एउटा इटालिएन रेस्टुरेन्टमा भान्छेको लागी काम खाली छ कि भनेर मैले आफ्नो सिभी अर्थात पस्रनल बायोडाटा केहि दिन अगाडी छोडी राखेको थियो । केहि दिन पछि काम खाली भाछ अन्तरबार्ताको लागी आउनु भनेर बोलायो । अनि अन्तरबार्ता दिन गएँ र अन्तरबार्ता दिने काम पनि सक्यो । अन्तरबार्ताको अन्तमा केहि सोध्नु छ भनेर सोध्यो । मैले छ भनेर एक दुई वटा प्रश्न गरे । पार्ट टाइम होकी फुल टाईम हो भनेर सोधे । फुल टाइम स्थायी हो भन्यो । मैले हुन्छ त्यसो भए म काम गर्न आउछु भने ।

कि्रस्मसको समय भएकोले रेस्टुरेन्ट एकदमै ब्यस्त थियो । काम शुरु गर्न थालियो । सबै खानाहरु तयारी आउदो रहेछ । ग्राहकले अर्डर गरे पछि तताएर पठाउन पर्ने रहेछ । भान्छामा सबै पोल्याण्डका कामदारहरुले काम गर्दा रहेछन् । राम्रो संग इँग्लिस बोल्न पनि आउदो रहेनछ । आफू पनि त्यस्तै इँग्लिस कम आउनेमा परियो। कुनै कुराहरु हातको इसाराले पनि काम चलायो । पहिलो हप्ता त कि्रस्मसको समय अतिनै ब्यस्त थियो पुरा काम दियो । जब कि्रस्मस सकियो काम पनि कम भयो मलाई काम पनि आधा मात्र दिन थाल्यो । पोल्याण्डका कामदारहरु २ बर्ष देखि ६ पाउण्ड घण्टाको दरले काम गर्दै आएको रहेछ । उनिहरु काम गर्ने घण्टा पुगेन भनेर दिनहु गनगन गरिरहेको बेला मलाई किन पुरा काम दिन सक्थ्यो र । इङ्ल्याण्डको हरेक ठाउँमा काम सोध्न जाँदा प्राय जसो पोल्याण्डको मान्छेहरु नै भेटिन्छ । हप्ता -हप्ताको तलब दिने चलन रहेछ ।

मलाई १ हप्ताको तलब मैले काम गरेको भन्दा आधा मात्र दिइयो । मैले सोधे किन आधा मात्र दिएको भनेर । अनि म्यानेजरले बाँकी अर्को हप्ता दिन्छु भनेर भन्यो । मलाई पुरा काम दिन नसक्ने भन्ने कुरा गरेपछि मैले पनि आधा कामले मलाई जिबिका चल्दैन अब म काममा आउदिन भनेर म्यानेजरलाई भनेर सल्लहानुसार नै हिडें । म्यानेजर पनि इङ्गलिस केटि थिइन जसले मलाई अन्तरबार्ता लिएको थियो । १ हप्ता पछि मेरो बाकीँ रहेको तलब दिन्छु भने पछि म पनि हुन्छ भनेर हिडे तर १ हप्ता पछि पनि आधा मात्र बैंकमा पठाई दिएछ । अब म इग्ल्याण्डको काम दिने संस्था जब सेन्टरमा न्याय माग्न जाने भएको छु ।

यो इँग्ल्याण्ड अथबा नेपालीमा बेलायत संसारलाई राम्रो शिक्षा दिने देश भनेर चिनिन्छ । बिश्वका धनाड्यहरुका छोराछोरीहरु यसै देशमा राम्रो शिक्षा हासिल गर्न आउछन् । बिश्वलाई आफ्नो काबूमा राखेर आफू बादशाह हुने यहि बेलायत र अमेरीका हुन । तैपनि यिनै देशमा शिक्षा लिएकाहरु नै आफ्नो देशको मुख्य शत्रुहरु बनेकाछन् । यै देशमा राम्रो शिक्षा लिन भनेर आएको नेपाली बिद्यार्थीहरुले कतिका दुःख भोग्नु परेको छ भनेर धेरै पत्रपत्रिकाहरुमा हामीहरुले पढेका पनि छौं । यिनै देशमा एकजना नेपाली बिद्यार्थीले दुःख सहन नसकी रेलको लिगमा हामफालेर आत्महत्या गर्नु फग्यो । त्यती मात्रै कहाँ हो र नेपाली हाँस्यब्यङय टेलिसिरियल जीरे खुसा्रनीको मुन्दे्रले नेपालीहरुले कसरी दुःख भोग्नुपरेको छ भनेर यथार्थ कुरा प्रस्ट पारि दिएको छ । ईग्लिस भनेको यही रहेछ भनेर बुझ्न थालेको छु ।

»»» हाल:बेलायत
 

Read More Articles                                                                  
     
  Email this News          Viewers Comment             Print this News
 
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya