Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न

इन्दिरा चाम्लिङ
ब्रुज बेल्जियम, मे १२।

सेवारो..सेवारो..., सेमुना.. स्याम्मै..,( अर्थात लिम्बु र राई भाषामा
नमस्कार- नमस्ते ) एकातर्फ किराँत लिम्बू अर्कोतर्फ किराँत राईहरुले आ-आफ्नो
नृत्य प्रस्तुत गर्दै बेल्जियमभरका तमाम किराँतहरुलाई स्वागत गर्दै युरोप
महादेशको राजधानी मानिने बेल्जियममा पहिलो पटक आफ्नो कला संस्कृति झल्काउदै
किराँतहरुले अधिबेशन सम्पन्न गरेको छ ।

बेल्जियमको पर्यटकीय नगर ब्रुजस्थित बोनिन स्त्रातमा रहेको सामुदयिक केन्द्र
को बिशाल सभाहलमा सुनुवार ,राई, लिम्बू र याक्खाहरुको सामुहिक संस्था संयुक्त
किराँत समाजको अधिबेशनको प्रमुख आकर्षण भनेको नयाँकार्यसमितिको चयन गर्दै
आ-आफ्नो भेषभुषा तथा गरगहनाहरुको प्रदर्शनी र च्याब्रुङ नृत्य र साकेला नृत्य
बडो उत्साहका साथ आयोजना भएको थियो ।

समाजका सयोजक डिल्ली सुब्बाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको यूरोप
भ्रमणमा रहनु भएकी श्रद्धेय अग्रज कृष्ण कुमारी राईले पानसमा दीप प्रज्ज्वलन
गरी उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष डिल्ली सुब्बाले बर्तमान समयमा किरात एकता
अपरिहार्य रहेकोले सबै किरात समुदाय एकाकार हुदै समाजमा एकत्रहुनु पर्ने बताउनु
भयो। वहाले यूरोपमा स्थापित यस सस्था किरात समुदाय भित्र नया काम गर्दै नमुना
प्रस्तुत गर्न प्रयासरत रहने उल्लेख गर्नु भयो।

लिम्बु समुदायको प्रमुख नृत्य च्याब्रुङ र राई समुदायको साकेला-साकेवा सिलीको
माध्यमबाट स्वागत लगायतका गतिबिधि प्रस्तुत गरिनुका साथै कार्यक्रममा तदर्थ
समितिका सचिब बदन योङहाङले सस्थाको स्थापनाकाल देखिको प्रगति प्रतिबेदन पेस
गर्दै बर्तमान सन्दर्भमा समाजको आबश्यकता र यस्को उपदेयता बारे आफ्नो मन्तब्य
प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा बिधान मस्यौदा उपसमिति द्वारा तयार पारिएको बिधान मणि कुमार राईले
पढेर सुनाउनुका साथै समाजलाई मजबुत बनाई आगामी दिनमा रचनात्मक कार्य गर्नु
पर्ने बतानु भयो। बिधान सर्व सम्मत तवर पारित भएको समेत वहाले घोषणा गर्नु
भयो।
समाजको सो अधिबेसनमा कोषाध्यक्ष बिमल सुब्बाले हाल सम्मको आर्थिक प्रतिबेदन पेश
गर्दै समाजको आर्थिक अबस्थालाई बलियो बनाउन समस्त किरात समुदाय कम्मर कसेर
लाग्नु पर्ने उल्लेख गर्नु भयो।

बन्दसत्रको कार्यक्रममा दिलिप याक्खा,कबिन्द्र लिम्बु,मणि राई,शेर बहादुर राई
र देउमान लिम्बु रहनु भएको अध्यक्ष मण्डलले आगामी कार्यकालको लागि डिल्लि
सुब्बाको अध्यक्षतामा १५ सदस्सीय नयाकार्यसमितिको चयन गरेकोछ।
नवनिर्वाचित उपाध्यक्ष निरज राई ,सचिव मुना राई , सहसचिवमा कमल कुमारी लिम्बु,
कोषाध्यक्ष बिमल सुब्बा रहनु भएको छभने सदस्यहरूमा देवानसिह राई,पुपुशा
सुब्बा,बदन योङहाङ,जुना राई,माकुना लिम्बु_राई,पूर्ण सुब्बा,कर्ण सुब्बा,दुर्गा
प्रशाद राई,शाही बान्तवा र राज राई रहनु भएको छ।
त्यस्तै समाजको सो प्रथम अधिबेसनले हैकम सिह राई;जय सुब्बा,मणि राई,शेर बहादुर
राई,केजिन राई,देउमान सुब्बा र नगेन्द्र खजुम रहनु भएको सल्लाहाकार समिति समेत
सम्मत चयन गरेको छ ।

आ-आफ्नो सस्कृति झल्काउने सास्कृतिक कलाकारहरू मणि राई,शोभा सुब्बा,डम्बर
सुब्बा,इन्दिरा चाम्लिङ,देब सुब्बा,भिम बहादुर राई,लक्ष्मी राई,सुनिता
सुब्बा,मेनुका राई,राज राई,खगेन लिम्बु,कला लिम्बु, लोकेन लिम्बु,चन्द्रकला
लिम्बु,पुपुसा किरात,राजेश सुब्बा,पूर्ण लिम्बु,उमेश राई आदिको मनमोहक नृत्यले
सबैको मन जित्न सफल रहेको थियो।

कार्यक्रमको प्रथम सत्रको प्रारम्भ माकुना लिम्बूले गर्दै कार्यक्रम सन्चालन
गर्न मुना राईलाई माईक हस्तान्तरण गर्नु भयो भने कार्यक्रमको आतिथ्य बेल्जियमको
सामाजिक सस्था एफएमडीओका प्रतिनिधि इभी गौस्मिथ, अग्रज किरात खोटाङ बाम्राङकी
कृष्ण कुमारी राई र सोलुखूम्बूका हैकम सिह राई हुनु हुन्थ्ह्यो।

कार्यक्रममा उपस्थित समुदायलाई कमल कुमारी लिम्बूले स्वागत गर्नु का साथै
सस्थाको स्थापनाको धेय र आगामी कार्यक्रमको बारेमा मणि कुमार राईले प्रकास
पार्नु भएको थियो।

सबेरै देखि सन्चालित सो कार्यक्रममा उपस्थित प्रायह सबै च्याब्रुङ र साकेलामा
रमेको मनोमहक दृश्य भने हेर्न लायक थियो। कार्यक्रममा बेल्जियमका विभिन्न
सहरहरु एन्त्रपेन, लुभेन, सेन्त्रादिन, ओस्टन्डे, ब्रसेल्स,ब्रुज,गेन्टमा
बसोबास गरिरहेका किराँत समुदायका व्यक्तिहरुले साकेला र च्याब्रुङ् नृत्यमा
टाढा-टाढाबाट समेतविशेष उत्साहका साथ सहभागिता जनाएका थिए ।

    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya