Untitled Document
 
Site Map
 
Today:Sep,09 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न
यूरोनेपाल समाचारदाता
आन्त्वारपेन बेल्जियम, मार्च ८ ।

अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद्को वाषिर्क कार्यक्रम अर्न्तगत आयोजित तथा "शान्त र समृद्ध राष्ट्र निर्माणको लागी प्रवासी नेपाली नारीको एक मात्र ध्यान, राष्ट्र विकास निर्माणका नारी एकजुट भै सदैव देखाउछौं विश्वमा शान" भन्ने मूल नाराका साथ दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलन यही ६ मार्च २०१० का दिन स्थित आन्त्वारपेन शहरमा भव्यता साथ सम्पन्न भएको छ ।



सम्मेलनमा नेपाल सरकारका उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइराला प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उप-प्रधानमन्त्री सुजताकोइरालासँगै भ्रमणदलमा आउनुभएका लेखा समितिका सभापति तथा सभासद रामकृष्ण यादव, नेपाली दूतावासका राजदूत महामहिम श्री प्रमेशकुमार हमाल साथमा संगिता हमाल , उप नियोग प्रमुख दिपक धिताल ,द्वितिय सचिव रिता धिताल , प्रथमा उपे्रती, एनआरएन आईआईसी सदस्य तथा महिला संयोजक उषा शर्मा, एन.आर.एन. संस्थापक अध्यक्ष तथा एन.आर.एन. प्रमुख संरक्षक डा. उपेन्द्र महतो, एन.आर.एन. संरक्षक श्री रामप्रताप थापा, यूरोपियन रिजनका संयोजक क्या. हितमान गुरुङ्ग, यूरोपियन रिजनका सह-संयोजक रविन्द्रमान श्रेष्ठ, विशेष अतिथि रहनु भएको थियो भने अन्य अतिथीको रुपमा आइ सि सि सदस्य हरिहर अर्याल -प|mान्स) ,कुमार पन्त र्-जर्मनी) ,रमेश त्वयना -लग्जर्म्बर्ग) , मकर हमाल -पोर्तुगल ), अर्जुन कुमार श्रेष्ठ -बेल्जियम) हुनुहन्थ्यो त्यस्तै कार्यक्रम सफल पार्न विभिन्न देशवाट आउनुहुने प्रतिनिधि अशोक न्यौपाने -अध्यक्ष फान्स) ,दिल बहादुर गुरुङ्ग -अध्यक्ष जर्मनी) ,ओम शर्मा - उपाध्यक्ष पोर्तुगाल) ,डा. एलिनी सुवेदी -प्रतिनिधी पोल्याण्ड), डा. विद्या रञ्जित -अमेरिका) पिपला देवान - बेलायत) ,विजया भट्ट - उपाध्यक्ष स्विजरलेण्ड) , अनुराधा पौड्याल -प|mान्स) कमला दहाल र्-जर्मनीको उपस्थिती थियो । बेल्जियम स्थित महिला संघ/संस्था प्रगतिशील महिला मञ्चको अध्यक्ष कल्पना मगर , एन डि एफ महिला मञ्चको अध्यक्ष इशा गुरुङ्ग आफ्नो कार्यपत्र प्रस्तुतिका लागि उपस्थित थिए भने बेल्जियमस्थित विभिन्न राजनैतिक, सामाजिक, सँास्कृतिक, क्षेत्रीय, धार्मिक संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु अतिथिको रुपमा सहभागी रहेका थिए । कार्यक्रमको अध्यक्षता दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलनको आयोजक देश बेल्जियमकी कार्यक्रम व्यवस्थापक संयोजक तथा महिला प्रतिनिधि यमुना रोका मगरले गर्नुभएको थियो । कार्यक्रमको संचालन एन.आर.एन. बेल्जियम महिला प्रतिनिधि तथा कार्यक्रम सञ्चालन आयोजक अनुजा प्रधानले गर्नु भएको थियो । सम्मेलनका प्रमुख अतिथि उप-प्रधानमन्त्री सुजता कोइराला एवं महिला संयोजक श्रीमति उषा शर्माले सम्मेलनको समुद्घाटन संयूक्त रुपमा दिप प्रज्जवलन गरी गर्नु भएको थियो । उपस्थित सवैलाई महिला प्रतिनिधि रजनी प्रधानले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।
समुद्घाटन सत्रको शुभकामना मन्तव्य प्रमुख अतिथि तथा विशेष अतिथिहरुले दिनुभएको थियो । मन्तव्यको क्रममा विशेष अतिथि तथा एन.आर.एन. का संस्थापक अध्यक्ष डा. उपेन्द्र महताले भन्नुभयो- हामी नेपालीहरु जहाँ, जुन अवस्थामा भए पनि नेपाल देश सुख, शान्त, सुन्दर र समृद्ध भएको देख्न चाहने हुनाले दोश्रो यूरोप स्तरीय महिला सम्मेलनले व्यवहारिक रुपमा सुन्दर समृद्ध नेपाल निर्माणका निम्ति सहयोग पुग्ने खालको सन्देश दिनुपर्ने वताउनुभयो । महिला संयोजक उषा शर्माले उपस्थित सवैलाई हार्दिक स्वागत गर्नुहुदै महिला हिंसा, दमन, उत्पीडनको अन्त्य गर्नको निम्ति सरकारले ठोस कदम चाल्नु पर्ने आग्रह गर्दै नेपाली महिला कामदारहरुलाई वैदेशिक रोजगारमा पठाउँदा मानवअधिकारको राम्रो प्रत्याभूति भएको देशहरुमा मात्र पठाउन नेपाल सरकारसँग हार्दिक अनुरोध गर्नुभयो । त्यस्तै उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइराला परराष्ट्रमन्त्रालयमा भएकै वेला एन.आर.एन. महिला सेलको व्यवस्था गरी प्रत्येक देशमा रहेका नेपाली दूतावासमा समेत त्यस्तो व्यवस्था गरिदिन मन्त्रीसँग आग्रह गर्दै महिला उत्पीडनका विषयमा व्यवहारिक रुपमा छिटो छरितो रुपमा सहयोग गर्न अनुरोध गर्नुभयो । साथै सवैलाई एउटै छातामा अट्न सक्ने खालको नयाँ संविधान वनाउन प्रवासी महिलाहरुको तर्फाट आग्रह गर्नुभयो । नेपाली दूतावासका राजदूत महामहिमप्रमेशकुमार हमालले दोश्रो यूराप स्तरीय महिला सम्मेलन बेल्जियम आयोजना हुँदा आफूले गौरव महशुस गरेको वताउनुहुँदै महिला दिवसको अवसरमा आयोजित यस कार्यक्रम मार्फ सम्पर्ूण्ा नेपाली महिलाहरुलाई सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो । नेपालको संविधान सभामा एक तिहाई महिला प्रधिनिधिहरु सहभागी हुनु शासन प्रक्रियामा महिला सहभागीताको सफल सन्देश हो भन्दै यस सम्मेलनले समान काम, समान ज्याला र आफूले आर्जन गरेको सम्पत्तिको संरक्षण आफूले गर्न पाउने सन्देश ल्याओस् भन्ने कामना गर्नुभयो । साथै आफू र दूतावास महिला सम्वन्धी आईपर्ने समस्या समाधान गर्न सदैव तत्वर रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै लखा समितिका सभापति तथा सभासद माननीय रामकृष्ण यादवले विगत देखिएका राजनैतिक अस्थिरताका कारणले महिलामाथि गरिएका विभेद, दमन र हिंसाहरु नयाँ संविधान निर्माण प्रश्चात् निश्चित रुपमा हट्ने वताउनु भयो साथै महिला अधिकार विनाको देश विकास नहुने र यसको कुनै अर्थ नरहने वताउनु भयो । सम्मेलनकी प्रमुख अतिथि तथा उप-प्रधानमन्त्री सुजना कोइरालाले सम्मेलनका आयोजकलाई हार्दिक आभार व्यक्त गर्नुभयो । सम्मेलनमा छलफलबाट निस्केका सुझावहरुलाई नेपाल सरकारले आत्मसाथ गर्ने वताउनु हुदै जातिय, क्षेत्रीय , लिङ्गयि आदि पृष्ठभूमिबाट आएका समस्याहरुको समाधान गर्न सजिलो नभएपनि आफू त्यसको समाधानार्थ लागि पर्ने वताउनु भयो । सम्मेलनमा विभिन्न महानुभावहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । निवर्तमान एन.आर.एन. यूरोपियन रिजनकी सह-संयोजिका जानकी गुरुङ्गले प|mान्सका अशोक न्यौपाने, महिला संयोजक उषा शर्मालाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने एन.आर.एन. बेल्जियमका अध्यक्ष पि.जि. शर्ेपाले सम्मेलनकी प्रमुख अतिथि उप-प्रधानमन्त्री सुजता कोइराला, एन.आर.एन.का प्रमुख संरक्षक डा. उपेन्द्र महतो, एन.आर.एन. संरक्षक रामप्रताप थापा, राजदूतप्रमेशकुमार हमाललाई मायाको चिनो प्रदान गर्नुभएको थियेा । समुद्घाटन सत्रको अन्त्यमा एन.आर.एन. बेल्जियमका आई.सी.सी. सदस्य अर्जुनकुमार श्रेष्ठले आयोजकको तर्फाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्मेलनको अध्यक्षता गर्नुभएकी एन.आर.एन. बेल्जियमकी महिला प्रतिनिधि यमुना रोकाले प्रवासमा रहेका महिलाहरुको समस्या पहिचान गरी यसको उचित समाधान गर्न यो सम्मेलन सफल रहोस् भन्नु हुदै समुद्घाटन सत्रको समापन गर्नुभयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई खादा ओढाएर एन.आर.एन. बेल्जियमका अध्यक्ष पि.जि. शर्ेपा र आई.सी.सी. सदस्य अर्जुनकुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो भने व्याच वितरण जुनु निरौला र मुना ताम्राकारले गर्नुभएको थियो ।
सम्मेलनको दोश्रो सत्रमा सीपमूलक तथा सुरक्षित वैदेशिक रोजगारीको लागि प्रवासी नेपाली नारीहरुको चुनौती र अवसरहरु, राष्ट्रनिर्माणमा प्रवासी महिलाको भूमिका, प्रवासी नेपाली नारी जागरणमा एन.आर.एन.को भूमिका, आमाको नामबाट वच्चालाई नागरिकता आवश्यकता र यसको उपयोगिता र एन.आर.एन. परिचय-पत्र, नेपाली नारीहरुको सर्न्दर्भमा यसको महत्व र विशेषता आदि विषयमा कार्यपत्र पेश गरिएका थिए ।प्रस्तुत कार्य पत्रमा छलफछल गरी सम्मेलनले दोश्रो युरोप क्षेत्रीय महिला सम्मेलन घोषणा पत्र ०६ मार्च २०१० जारी गरेको छ ।


घोषणा पत्र

शान्त र समृद्ध राष्ट निर्माणका लागि प्रवासी नेपाली नारीको एक मात्र ध्यान ।
राष्ट विकास निर्माणमा नारी एक जुट भइ सदैव देखाउँछौ विश्वमा शान ।।

०६ मार्च २०१० का दिन यसै नाराका साथ नेपाल सरकारका माननीय उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला ज्यु को प्रमुख आतीथ्यमा एवं एन आर एन महिला संयोजक श्रीमती उषा शर्मा ज्यु बाट संयुक्त रुपमा समुद्घाटन गरिएको दोश्रो युरोपीयन महिला सम्मेलन २०१० घोषणा पत्र जारी गर्दछ ।
विषेश उपस्थिती ः
१) सभासद, लेखा समिति सभापति राम कृष्ण यादव
२) राजदुत प्रमेश कुमार हमाल
३) प्रमुख संरक्षक डा. उपेन्द्र महतो
४) संरक्षक राम प्रताप थापा
५) संयोजक युरोप क्या. हितमान गुरुड
६) सह संयोजक रविन्द्रमान श्रेष्ठ

प्रस्तुत कार्यपत्रमा छलफलबाट महिलाको उत्थान र विकासको लागि एन आर एन मार्फ अभियानका रुपमा अगाडी बढाउन सम्मेलनबाट निर्देशित बुँदा सहितको घोषणा पत्र यस प्रकार छ ः-
१) विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार ५ वर्षभन्दा मुनिका बच्चाहरुको मृत्युदर प्रतिवर्ष१००० मा ७६ जना रहेको र १ लाख आमा सुत्केरी हुने समयमा ७४० जनाको मृत्युदर रहेकाले यस मृत्यु दरलाइ घटाउन नेपाल सरकारले ५ वर्षभन्दा कम उमेरका वाल वालिकालाइ कम्तिमा वाषिर्क एक पटक निःशुल्क जाँच गराउन र सुत्केरी हुन पुव न्युनतम १ पटक गर्भवती महिलालाइ निःशुल्क स्वास्थ्य परिक्षण गराउन नेपाल सरकारका सम्बन्धित नियोग मार्फ पहल गर्ने ।
२) राष्ट्रिय स्वास्थ्य विमा स्थापना गराउन नेपाल सरकारको सम्बन्धित निकायमा पहल गर्ने ।
३ ) आफु बसेको मुलुकमा स्थानीय भाषा सिकेर त्याहाँको स्वास्थ्य , शिक्षा सम्बन्धि तथा सामाजिक तौर तरिकाको बारेमा राम्रेा अध्ययन गर्ने र नेपाली समुदायमा प्रशिक्षित गर्ने तथा नव आगन्तुकहरुलाइ दोभाषेको रुपमा सहयोग गर्ने पहलको शुरुवात गर्ने ।
४) नेपाली समाजका महिलाहरुलाइ सक्षम र सवल बनाउनका लागि देशै भरी एन आर एन महिला छात्रबृत्तिको व्यवस्था गर्ने ।
५) विकसित मुलुकमा महिलाहरुले गरेको प्रगति र नेपाली महिलाहरुले गर्न सक्ने सम्भावना बारे लेख, रचना प्रकाशित गरी प्रोत्साहित गर्ने र सम्भव भए सम्मका ग्रामिण क्षेत्रहरुमा एन आर एन अन्तरकृया कार्यक्रम संचालन गर्ने ,
६) प्रत्यक वर्षमनाइने अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा हरेक देशका एन आर एनले नारी दिवस मनाउने प्रकृयाको थालनी गर्ने ,
७) आमाको नाम बाट नागरिकता पाउनु पर्ने व्यबस्थाको संविधानमा सुरक्षित गर्न नेपाल सरकार समक्ष पहल गर्ने,
८) नेपाल सरकार बाट जारी गरिएको एन आर एन परिचय पत्र शुल्क घटाउन दवाब दिने ।
९) ग्ौर आवासीय नेपाली संघको ऐनमा आवश्यक संशोधनको लागि आव्हान गर्ने ।
१०) आजको यो सम्मेलनले नेपालमा दिगो शान्ति र विकास निर्माणका लागि समयमै संविधान लेखन होस भनि नेपाल सरकार र संविधान सभा समक्ष अनुरोध गर्दछ ।
११) आगामी वर्ष२०११ को एन आर एन तेश्रो युरोप स्तरीय महिला सम्मेलनको आयेाजक जर्मनी हुनेछ ।
अन्तमा ,
एन आर एन केन्द्रिय विधानको मुल मर्म र उद्देश्य पुरा गर्न नियमित कार्यक्रम तथा गतिविधिलाइ निरन्तरता दिदै आजकेा यो सम्मेलनबाट पारित उपरोक्त बुँदाहरु कार्यान्वयमा हामी एन आर एन युरोप कटिबद्ध भएको घोषणा सहित र्सव सम्मतले यो घोषणा पत्र जारी गरेका छौ. ।

    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya