Untitled Document
 
Site Map
 
Today:Sep,09 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
चीन विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता भएको पुष्टि


चिनले गत बर्षको ११ महिनामा जर्मनी भन्दा बढी उत्पादनहरू निर्यात गरेको देखिएको छ
चीनमा प्रकाशित ब्यापारिक तथ्यांकहरूले चीन विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता भएको पुष्टि गरेको देखिएको छ।
गत हप्ता जर्मनीमा प्रकाशित तथ्यांकले उक्त अग्रणी युरोपेली निर्यातकर्ता देशलाई चीनले उछिनेको र गत बर्षको पहिलो ११ महिनामा अन्य कुनै देशभन्दा बढी आफ्ना उत्पादनहरू विदेश पठाएको देखाएको थियो।
अब डिसेम्बर महिनाकालागि चीनको आंकडाले चिनियां निर्यातले जर्मनीको कूल बार्षिक निर्यातलाई जित्ने संकेत दिएको छ।
तर आगामी महिना जर्मनीले आफ्नो पूर्ण बार्षिक तथ्यांक सार्वजनिक नगरुञ्जेल त्यसको पुष्टि हुने छैन।

गएको बर्ष चीनका निर्यातकर्ताहरूलाई सजीलो थिएन।

विश्वब्यापी मन्दीका कारण चीनको निर्यातजनक उत्पादनहरूको मागमा कटौती हुन गएको थियो।

सन् २००८ को अन्त्यदेखि हरेक महिना नै सरकारले अघिल्लो बर्षको दांजोमा आफ्नो निर्यात तथ्यांक कम भएको जनाईरहेको थियो।

तर सन् २००९ को अन्तिम केही हप्ताहरूमा त्यस्तो प्रवृत्ति ठिक उल्टो भैदियो।

पछिल्लो आंकडा अनुसार डिसेम्बर महिनाको निर्यात गत बर्षको तुलनामा झण्डै अठार प्रतिशत बढी रह्यो, जुन विश्लेषकहरूले गरेका अनुमान भन्दा पनि बढी हो।

चीनका धेरैजसो निर्यातकर्ताहरू कम मूल्यको बस्तु उत्पादन गर्नेहरू वा विदेशबाट भित्र्याइएका पुर्जाहरू पुन: जडान गर्ने कारखानाहरू हुन्।

पछिल्लो तथ्यांकले त्यस्ता कारोबारहरू विश्वव्यापी आर्थिक मन्दीको समयमा पनि सुदृढ रहेका देखाएको छ।

अहिले तिनका ग्राहकहरूले आआफ्नो मौज्दातलाई नवीकरण गर्न लाग्दा ती कम्पनीहरूले फाइदा लिइरहेका छन्।

सन् २००९ को उत्तरार्द्धमा त्यहां देखिएको बलियो आर्थिक बृद्धिले खनिज लवण र उर्जा जस्ता आयातीत सामग्री र उत्पादनको माग पनि बढाइदिएको छ, जसले गर्दा अन्य मुलुकसंग चीनको निर्यातको तुलनामा आयातमा हुने बृद्धिको मात्रा पनि कम हुन गएको छ।

अब चीनको त्यस्तो बलियो निर्यात तथ्यांक देखिएपछि उसका प्रतिस्पर्धीहरूले चिनियां मुद्राको भाउ निर्धारण कम गरिएको भन्ने गुनासोहरू पुन: गर्न थाल्नेछन्।

चिनीयां मुद्राको कम मूल्यांकनले अन्य प्रतिस्पर्धीहरू सामु चीनलाई राम्रो प्रदर्शन गर्न सघाउ पुग्दछ।

ती प्रतिस्पर्धीहरूका अनुसार अन्यत्रभन्दा चांडै र बलियोसंग माथि उक्लिएको चीन जस्तो अर्थतन्त्रले आफ्नो मुद्रालाई कमजोर बनाइराखेर आफ्नो सामानहरूको भाउ सस्तो पार्ने काम जायज होइन।

तर चीनका प्रधानमन्त्री वेन जीयाबाओले अन्य ठूला अर्थतन्त्रहरूले दिने त्यस सम्बन्धी दबाबका अगाडि आफू नझुक्ने बताएका छन्।

उनले भने, "चीनले डलर, युरो र येनको दांजोमा आफ्नो देशको मुद्राको भाउ बढाउनका लागि आइरहेको त्यस्तो दबाब स्वीकार्ने छैन।"

bbc nepali
    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya