प्रबासी नेपाली मन्चले एतिहासिक सास्कृतिक कार्यक्रमको आयोजना गर्दै

ईयुनेपाल प्रतिनिधि
काजाब्लान्का केसेल्लो बेल्जियम, मे ८ ।

प्रवासी नेपाली मन्च बेल्जियमले आगामी २१ मे २०१७ का दिन नेपालका ख्याति प्राप्त कलाकारहरूको साथमा बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बेल्जियमको नेपाली सास्कृतिक कार्यक्रमहरूको ईतिहासमै भब्य र एतिहासिक कार्यक्रम हुन लागेको हो ।

समाबेशी कलाकारहरूको प्रतिनिधित्व साथै पूर्व -पश्चिम नेपालको सँगम सहितको कार्यक्रम प्रबासी नेपाली मन्चको बार्षिक कार्यक्रम अन्तरगत आयोजना हुन लागेको कुरा मन्चका अध्यक्ष बोधराज पौडेलले ईयुनेपाल समाचारदातालाई बताएका छन ।

ईयुनेपाल समाचारदाता सँग कुरा गर्दै अध्यक्ष पौडेलले अगाडी भने ” कुनै नाफा र फाईदाको उदेश्यले कार्यक्रम आयोजना गरिएको हैन । हामी घाटा मै हुन्छौ तरै पनि सिङो नेपालको कला- सस्कृतिलाई जिवन्तता प्रदान गर्न र बेल्जियमबासीलाई भरपुर मनोरन्जन दिनु हाम्रो उदेश्य हो । ”

नेपालका ख्याति प्राप्त लोकदोहोरी गायक बद्री पंगेनी, लोक ,आधुनिक गायक शम्भु राई, प्रिति आले र प्रसिद्ध डान्सर शिब बि•क•को कार्यक्रममा उपस्थिति रहने लगभग पक्क भई सकेको कुरा प्रबासी नेपाली मन्च लुभेनका अध्यक्ष कृष्ण अधिकारीले बताएका छन ।

निम्न मिति, समय र स्थानमा कार्यक्रम राखेको हुदा सम्पूर्ण बेल्जियमवासी दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ साथै उक्त दिन कोही संघ संस्था वा ब्यक्ति बिशेषबाट कार्यक्रम नजुधाई दिनुहुन समेत हार्दिकताका साथ अनुरोध गरेकोछ ।

कार्यक्रम आयोजना हुने स्थान,मिति र समय :-

मिति :२१ में २०१७
समय :१५•०० बजे
स्थान : oude bosuilbaan 54
2100 Deurne Belgium

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*