गजल – नयाँ देशमा अचेल

गजल

इन्दिरा चाम्लिङ

हर रातका मातहरुलाई दारु लाग्दैछ अचेल
यी मौसमी बातहरुलाई भारु लाग्दैछ अचेल

संपूर्ण होसमा, नयाँ फेसको पुरानै भेषमा
देश बेचेर घरबार सपारूँ लाग्दैछ अचेल

ईजार चुटिएर देखिए देखियोस् लाज, गाल
स्वाभिमानको खास्टो पारि तारूँ लाग्दैछ अचेल

यो किस्मतको घैंटोमा दक्षिणी सूर्य उदाएपछि
हामर सीता से बढियाँ “चारू” लाग्दैछ अचेल

हर रातका मातहरुलाई दारु लाग्दैछ अचेल
यी मौसमी बातहरुलाई भारु लाग्दैछ अचेल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*