यूरोप साँगितिक यात्रामा चेतनको नयाँ रेकर्ड

इन्दिरा चाम्लिङ
काजाब्लान्का केसेल्लो बेल्जियम , मे ४ ।

चर्चित गायक तथा संगीतकार चेतन सापकोटाको जन्म वि सं २०३३ सालमा सिन्धुपाल्चोक जिल्लाको बतासे गाबिस स्थित जर्केबारीमा भएको थियो । उनले मकवानपुरको प्रगति माविबाट एसएलसि उतिर्ण गरी ललितकला कलेजबाट स्नातक तहसम्मको अध्ययन गरेका छन्। ९-१० वर्षको कलिलो उमेरबाट नै उनले गीत गाउन शुरु गरेका थिए ।

एनपीपीएफ – NPPF बेल्जियमको निमन्त्रणामा यूरोपका ९ वटा देशहरूमा १५ वटा कार्यक्रम सफलता पूर्वक सम्पन्न गरी नयाँ रेकर्ड कायम गरेर संगीतकार , गायक तथा निर्माता चेतन सापकोटा नेपाल फर्कदैछन्। नेपाली रजतपटमा टप १० संगीतकारमा आफूलाई उभ्याउन सफल संगीतकार चेतनले यूरोपमा खरो गायकको रुपमा आफ्नो परिचय दिएका छन् ।

जनप्रगतीशील मञ्च बेल्जियमले १५ दिनको कार्यक्रमको लागि यूरोप बोलाएका चेतनले २ महिना भ्याई – नभ्याई कर्यक्रम प्रस्तुत गरेर नेपाल फर्कनु पर्यो ।

बेल्जियममा एउटा कार्यक्रममा उनको प्रस्तुति देखेपछि दर्शकहरुले उनको प्रशंशा गरे । उनका गीतहरु औधी रुचाइएकाले अरू थप ६ वटा कार्यक्रमको आयोजना पनि बेल्जियममै भयो । त्यस्तै डेनमार्कमा पनि कार्यक्रम दोहोरियो । डेनमार्क ,नेदरल्याण्ड,बेल्जियम ,पोर्चुगल ,स्पेन ,फ्रान्स ,स्वीटजरल्याण्ड ,जर्मनी लगायतका
मुलुकहरूका कोपेनहेगन ,ब्रसेल्स ,लिस्बोन ,बार्सिलोना, लुभेन ,अन्तोएर्पेन , पेरिस ,जेनेभा, ब्रुगे लगायतका विभिन्न शहरहरुमा करिब दुइ महिनाको समयमा सो कन्सर्ट सम्पन्न भयो । उनले एउटा संगीतकार सफल गायक एवम् सफल प्रस्तोता पनि हुन सक्छ भन्ने प्रमाणित गरेका छन । ” यूरोपका दर्शक स्रोताहरुबाट धेरै न्यानो माया पाएर आफूलाई थप नयाँ- नयाँ गीत – संगीत सृजना गर्ने हौसला मिलेको छ ” काजाब्लान्का केसेल्लो काजा दी नेपालीजामा यस पंतिकारसँग कुरा गर्दै भन्छन उनी ।

चेतनले यूरोपमा रहेका गीतकार, गायक तथा अन्य कलाकारहरुलाई पनि पूर्ण सहयोग गर्ने बताएका छन । बेल्जियम निवासी आफ्नो साथी नारायण धितालको स्वरमा र अर्जुन भिखारीको शब्दलाई आफ्नो संगीतमा एकल एल्बम गर्ने घोषणा गरेका छन । साथै बेल्जियम निवासी यशु थापाको एकल शब्द रचनामा संगीत गर्ने अनि स्पेनबासी गायक तुलसी शिवाकोटी बेल्जियमका नारायण धिताल नेपालमा अन्जु पन्त, प्रमोद खरेल , शिव परियार , कृष्ण काफ्ले लगायतका गायकहरू लिएर अर्को एल्बममा पनि एकल संगीत गर्ने बताएका छन । ईनास संगीत प्रतियोगितामा निर्णायक हुन डेनमार्क पुगेका सापकोटाले एक प्रतिभालाई मौका दिने भएका छन । चेतनले बजारमा आउँदै गरेको आफ्नो नयाँ एल्बमको गीत ” मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेऊ…..” बोलको गीतको स्पेनमा सुटिङ गर्न पनि भ्याए ।


कोपेनहेगन डेनमार्कमा सांगितिक धमाका मचाउदै गायक चेतन सापकोटा तस्बीरमा ।

गंगाराम सापकोटाको छायांकन तथा सम्पादन र आफ्नै निर्देशनमा उक्त भिडियो निर्माण भएको कुरा उनले बताएका छन । चेतन नेपाल चलचित्र निर्माता संघका सदस्य पनि हुन, उनी । परन्तु उनीसँग मिलेर चलचित्र निर्माण गर्न र्ईच्छा भएका व्यक्तिहरूलाई चलचित्र निर्माण क्यासिनो भन्दा पनि डरलाग्दो खेल भएकाले कसैलाई पनि निर्माणमा तत्काल हात नहाल्न आग्रह गरे तर निकट भविष्यमा चलचित्र सम्बन्धी संघ-संस्थाहरू एकताबद्ध भएर एउटा पारदर्सी बजार व्यवस्थापनको निती ” बक्स अफिस ” चाडै ल्याउने पहल हुँदैछ त्यसपछि आफू पुन: फिल्म निर्माणमा आउने पनि बताए ।

चेतन सापकोटा यूरोपबासीको मन- मुटुमा बस्न सफल हुनु नेपाली गीत-संगीत जगतकै खुशीको कुरो हो । चेतन भन्छन विदेशमा बस्ने नेपालीहरू प्रति मेरो सम्मान अझै उच्च भएको छ । सबैखाले कामको सम्मान अनि समयको सधै ख्याल गर्ने सिस्टमको शासन नै यूरोप विकाशको आधार हो। हाम्रो देशमा पनि सबै राजनैतिक शक्तिहरूको राष्ट्रीय एकता भएमा विकाश हाम्रै पालामा सम्भब छ भन्छन सापकोटा । उनले आफ्नो फेसबुक मार्फत NPPF EUROPE , INAS DENMARK EUROPE लगायत अन्य आयोजकहरू सबैलाई एकमुष्ट धन्यबाद दिएका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*