एनआरएन बेल्जियमको बर्तमान महासचिब लोक दाहालको अध्यक्षमा उम्मेद्वारी घोषणा

पवन सुबेदी
अन्त्वेर्पेन बेल्जियम, मे ३ ।

जनप्रगतिशिल मञ्च बेल्जियमले एनआरएन बेल्जियमको बर्तमान महासचिब लोक दाहाललाई अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको छ ।

“बिश्वका मजदुरहरु एक हौं” भन्ने मुल नारामा मे १ तारिख जनप्रगतिशिशल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको आयोजनामा १२८ औं अन्तराष्ट्रिय मजदुर दिवस तथा नयाँ बर्ष २०७४ सालको शुभकामना आदान प्रदान कार्यक्रममा सो घोषणा गरेको हो ।

अध्यक्षका उम्मेद्वार लोक दाहाल

मौसमले त्यति साथ नदिए पनि आन्तोर्पेनको नर्थ पार्कमा खुल्ला बार्ब क्यु सहित रमाईलो वाताबरणमा बेल्जियम स्थित सम्पुर्ण संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिको साथै बेल्जियम बासि नेपालीको उल्लेख्य उपस्थिति रहेको थियो ।

मजदुर आन्दोलनको क्रममा वा समाजबादि राज्य स्थापनाको निम्ति वलिदानी दिनु भएका महान सहिदरुप्रति एक मिनेट मौन धारण गरि कार्यक्रमलाई औचारिक रुपमा मञ्चको महासचिव पवन सुबेदीले सञ्चालन गरेका थिए भने मजदुर दिवसको बारेमा मे दिवसको महत्व र गौरवको बारेमा प्रगतिशिल महिला मञ्चको अध्यक्ष शुस्मा भुसालले बोलेका थिए ।

उहाँले बिश्वमा मजदुर दिवस, दिवसको रुपमा मान्यता पाएको अमेरिकाको सिकागोमा सन् १८८५ देखि भए पनि मजदुर आन्दोलनलाई समाजबादी राज्यको स्थापनासँगै जोडेर लैजानु पर्ने मत युरोपका समाजबादी कम्युनिष्ट पार्टिहरुको दोश्रो अन्तराष्ट्रियको १९०४ मा सम्पन्न महा सम्मेलनले बिश्वका मजदुरलाई एक पार्दै मे महिनामा ठुल- ठुला निर्णायक आन्दोलनहरु गर्ने गरेकोले सिकागोको आन्दोलनलाई पनि सम्मान गर्दै मे १ लाई उल्लासको रुपमा मानाउने निर्णय गरेकोले अहिले सम्मामा बिश्वका प्रगतिशिल बामपन्थिहरुले मे दिवसलाई उल्लासको रुपमा मनाउदैं आएको हो र यसको गौरबपूर्ण इतिहासलाई पक्रनु नै मे दिवस मनाउनुको अर्थ रहन्छ भन्नु हुदैं सबैलाई मे दिवस र नयाँ बर्षको शुभकामना दिए ।

कार्यक्रममा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसालले मजदुर हकहितको लागि र समाजबादी राज्य सत्ता स्थापनाको लागि बिगतमा भएका मजदुरहरुको वलिदानि र महान आन्दोलनलाई सम्झनु र जहिले सुकै मजदुर वर्गको अधिकारको लागि सजग रहनु नै मजदुर दिवसको मर्म हो भन्नु भयो । अहिले सम्मा बिश्वमा भएका महान परिवर्तनहरु मजदुर आन्दोलन बिना सम्भव नभएको र नेपालमा पनि महान दश बर्षे जनयुद्धमा धेरै मजदुरहरुले ज्यान गुमाउनु भएको स्मरण गराउनु भएको थियो । सोहि क्रममा प्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा, नेपाली प्रबासि मञ्च बेल्जियमको महासचिव चन्द्र शर्मा, प्रवासि संघिय समाजबादी पार्टि बेल्जियमका महासचिव लोक राना मगरले शुभकामना मन्तब्य दिएको थिए ।

कार्यक्रममा राप्रपा प्रावासि युरोपको अध्यक्ष सुरेन्द्र अमात्य, तामाङ समाज युरोपको संयोजक बाबुराजा लामा,एनआरएन आईसिसि सदस्य जानकि गुरुङ, चिज कुमार श्रेष्ठ, नेत्र मगर, युरोप संयोजक कुल आचार्य, युरोप उपसंयोजक प्रेम गुरुङ, महिला केन्द्रिय उपसंयोजक रजनि प्रधान कलाकार समाज बेल्जियमका अध्यक्ष पार्वती अधिकारी, शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, तमु समाज बेल्जियमका अध्यक्ष जिवन गुरुङ,चितवन सहायता कोष बेल्जियमको अध्यक्ष दिनेश भण्डारी, तामाङ समाज बेल्जियमको अध्यक्ष राम लामा, ईन्द्र धनुष क्लव लुभेनको अध्यक्ष मिन गुरुङ, मिलन केन्द्र ब्रसेल्सको अध्यक्ष यज्ञ बहादुर गुरुङ, पर्वत समाजका अध्यक्ष झलक के.सि., बागलुङ समाज बेल्जियमको अध्यक्ष गंगा शर्मा लगाएत प्राय सबै संघ संस्थाहरुको प्रतिनिधि उपस्थित् हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा जनप्रगतिशिल मञ्चको अध्यक्ष जित बहादुर लामाले संगठनको तर्फबाट सबैलाई अन्तराष्ट्रिय मजदुर दिवसतथा नयाँ बर्ष २०७४ सालको शुभकामना ब्यक्त गर्दै मजदुर दिवसको कार्यक्रम भएकोले बार्बक्यु सहायक मात्रै हो र यसमा मजदुर आन्दोलनको इतिहासलाई सम्मान गर्नु नै मजदुर दिवस मनाउनु हो भन्नु भयो ।

बेल्जियम स्थित सम्पूर्ण संघ संस्थाको प्रतिनिधिहरुलाई कुनै पनि संघ संस्थाको कार्यक्रममा बैचारिक आरोप प्रत्यारोप गर्नु भन्दा सम्बन्धित कार्यक्रमको महत्व माथि मात्रै बोल्दा संस्थागत तथा सामाजिक भावनात्मक एकतालाई बलियो बनाउने भएकोले बैचारिक मतभेदको बिषयहरु भए छुट्टै त्यसै प्रकारको कार्यक्रम आयोजना गरेर बाद बिबाद गर्दा राम्रो हुने बताए ।

सोहि कार्यक्रममा अध्यक्ष जित लामाले संस्थाको तर्फबाट अगामी अगस्थ महिना हुने एनआर एन बेल्जियमको राष्ट्रिय सम्मन्वय समितिको निर्वाचनको लागि अध्यक्षमा वर्तमान एन आर एन बेल्जियमको महा सचिव लोक दहाललाई प्रस्ताबित गर्नु भयो भने अन्तराष्ट्रिय सम्मन्वय समितिको सदस्यको लागि चित्र सुबेदीलाई प्रस्ताब गरि उहाँहरुको पक्षमा सर्वसम्मत गरी दिनु हुन र अन्य बाँकि पदहरुमा औपचारिक छलफल गरी टुङग्याउने बताए ।

बेल्जियम स्थित् सम्पुर्ण संघ संस्था र स्वतन्त्र नागरिक समाजलाई लोक दहाल र चित्र सुबेदीलाई सहयोगको लागि अपिल गर्दै औपचारिक कार्यक्रम समापन गर्नु भयो । यसले गर्दा एनआरएन बेल्जियमको चुनावि चहल पहल पनि शूरु भएको छ । कार्यक्रममा नेपालबाट आउनु भएको वरिष्ट संगितकार एवं गाएक चेतन सापकोटाले बिच बिचमा गित गाउनु हुदैं वाताबरण संगितमय बनाएको थियो ।

1 Comment

  1. अग्रिम बधाई छ प्रिय साथि लोक दहाल र चित्र सुबेदीलाई !!!!!

Leave a Reply

Your email address will not be published.


*