विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हार्दिक शुभकामना ब्यक्त

बिजय गुरुङ
ब्रसेल्स बेल्जियम , मे ३ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले हार्दिक शुभकामना ब्यक्त गरेको छ ।

सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा मनाइने मे ३ (वैशाख २०) विश्व प्रेस स्वतन्त्रता दिवस मनाँईने गरिन्छ । यो वर्ष दिगो विकास लक्ष हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाईने यो दिबस बिश्वभरका पत्रकारहरूको महत्वपूर्ण दिबस रहेको सर्बबिदितै छ ।

May 3 Press

नेपाल पत्रकार महासंघ यूरोप शाखा अन्तराष्ट्रीय पत्रकार महासंघ ब्रसेल्सको प्रेस स्वतन्त्रताका निम्ति नो कम्प्रेस भन्ने यस बर्षको मुल नारालाई सम्मान गर्दे सदैब ऊक्त नारामा अडिग रहने प्रतिबद्धता ब्यक्त गर्दछ ।प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्दे पुन: बिश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा हार्दिक शुभकामना ब्यक्त गरेको छ ।

नेपाल पत्रकार महासंघ यूरोप शाखा अध्यक्ष केजिन राई र महासचिब प्रकाश ढकालले बिज्ञप्ती प्रकाशित गरी सो कुरा उल्लेख गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*