रिह चमी कै पिवा चेलिबेटी खाना दिने कार्यक्रम भब्यताका साथ सम्पन्न

ईयुनेपाल प्रतिनिधि
लुभेन बेल्जियम, में २ ।

” सस्कार र सस्कृतिका धनी हामी तमुहरु चाहे मुलुक भित्र हो वा मुलुक बाहिर । हामी जहाँ जाउ हाम्रै सस्कार हामीलाई प्यारो लाग्छ । त्यसैले बेल्जियमको भुमिमा आफ्नो स्थापनाकाल देखिनै एउटा जेष्ठ सस्थाको नाताले बिभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको व्यहोरा यहाँहरुमा सहर्ष जानकारी गराउदछौ ।” – तमु समाज बेल्जियम

२९ अप्रिल २०१७ का दिन तमु समाज,बेल्जियमको आयोजनामा तमु परम्परा र रिति-थिती अनुसार रिचह्मी कै पिवा (चेलीबेटी खाना दिने) कार्यक्रम तमु चेलीबेटिहरुको सम्मान स्वरुप गरिने एउटा पर्व रहेकोले हिजो बेल्जियम स्थित Antwerpen शहरमा Hotel National मा भव्यरुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथी तमु जेष्ठ नागरिक आइत देवि तमुस्योद्वारा दीप प्रज्ज्वलन गरी उद्द्घाटन गर्नु भएको उक्त कार्यक्रममा अतिथिहरुमा एनआरएन युरोप सह-सयोजक प्रेम गुरुङ साथै आइसिसि सदस्य जानकी तमुस्योको बिशेष उपस्थिती थियो ।

महासचिब सुर्य बहादुर गुरुङबाट सबैको ध्यान आकर्षक गराउदै माइक समाजकी सचिब अनिता घले तमुस्योलाई कार्यक्रम सन्चालन गर्नको लागि हस्तान्तरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण चेलीबेटी तथा पाहुनाहरुलाई समाजका उपाध्यक्ष ओमराज तमुले स्वागत गर्नु भएको थियो भने समाजकी अर्की सह-कोषाध्यक्ष कमला तमुस्योबाट उक्त चेलीबेटी कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न क्षेत्रमा आर्थिक सहयोग पुर्‍याउनु हुने प्रायोजकहरुमा हार्दिक धन्यवाद सहीत वहाँहरुको नामावाली पढेर सुनाउनु भएको थियो भने समाजका सल्लाहकार चन्द्र (इशा) तमुस्योले सम्पूर्ण चेलीबेटीको तर्फबाट माइतीहरुलाई मिठो भोजन सहित यस्तो राम्रो कार्यक्रम आयोजना गरि हाम्रो परम्परालाई जोगाइ राख्नु भएकोमा धन्यवाद दिनु भएको थियो। अत्यन्त उत्साहपुर्वक उपस्थिती हुनु भएकी हाम्रा रिचह्मीहरु(चेलीबेटीहरुलाई) बरिस्ठ उपाध्यक्ष नन्द कुमारी (दुर्गा) तमुस्योद्वारा खादा ओडाइ सम्मान गर्नु भएको थियो ।

साथै हलमा उपस्थित चेलीबेटिहरुले आ-आफ्नो परिचय सहित मन्तव्य समेत व्यक्त गर्नु भएको थियो । र अन्त्यमा समाजका अध्यक्ष जीवन तमुबाट उपस्थित सम्पुर्णमा धन्यवाद दिदै समाज भित्रको देखिएको असन्तुष्टिका कुराहरुमा कार्यसमितिले छिटै नै समाधान खोज्ने आश्वासन दिदै पहिलो चरणको औपचारिक कार्यक्रमको विसर्जन गर्नु भएको थियो। दोश्रो चरणको कार्यक्रममा सम्पुर्ण उपस्थित चेलिबेटी तथा माइतीहरुले लिला तमुद्वारा तयार गरिएको मिठो भोजनको स्वाद लिइ तत्पश्चात सबैजनाले नाचगान गरि भरपुर मनोरंजन लिएको थियो।

1 Comment

  1. मित्रहरु समाचार पुरा पठाउनु होला किनकी तमुसमाजको धेरै चेलीबेटिले बहिस्कार पनि गरेको थियो

Leave a Reply

Your email address will not be published.


*