मजदुर दिवसमा नेपाली जनप्रगतिशील मोर्चा

शेर बहादुर छन्त्याल
एन्त्रोपेन बेल्जियम, मे १ ।

पुंजीवाद नाफा कमाउने भोकाहरुको राज्यसत्ता भएको र यसले विश्वका जनतालाई जुनसुकै तवरबाट भेदभाव गरेकोले यसको अन्त्य गर्दै समाजवादी सत्ताको स्थापना नै विश्वको वर्तमान संकटको निकास हो भन्ने मर्ममा आयोजित ऱ्यालीमा नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमले भाग लिएको हो ।

बेल्जियमको एन्टवेर्पन शहरमा आयोजित रयालीमा हजारौं मजदुरहरु सहभागी भएका थिए । बेल्जियमको वामपन्थी दल वर्कस पार्टी, बेल्जियम समाजवादी दलहरु, मजदुर संगठन र संसाथहरुले संयोजन गरेको ऱ्यालीले विभिन्न समाजवादी नाराहरु घन्काउंदै शहर परिक्रमा गरेको थियो । मजदुर दिवसको भब्य जुलुसमा मोर्चाका सल्लाहकार लगायत पदाधिकरी तथा सदस्यहरुको उत्साहपूर्ण उपस्थिती रहेको थियो ।

शान्ति,समानता,स्वाधिनता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं भन्ने व्यानर लिएर मोर्चाले उक्त ऱ्यालीमा सहभागी भएको हो । १२८ औं मजदुर दिवसको र्यालीलाई वर्कस पार्टी, बेल्जियमका अध्यक्ष पेटर मेर्टेन्सले सम्बोधन गरेका थिए ।

सबै तस्बीरहरू : शेर बहादुर छन्त्याल, मेखलेन

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*