पत्रकार महासंघबाट निलम्बित ददी सापकोटालाई चुनौती

> कल्पना मगर
बेल्जियम

आदरणीय कार्वाहीमा पर्नु भएका नेपाल पत्रकार महासंघबाट निलम्बित पत्रकार ददी सापकोटाजी, यहांले लेख्न मिल्ने सम्मको तल्लो भाषा प्रयोग गरेर मलाई जून हद सम्म तल गिरेर आफ्नो फेसवूक वालको स्टाटसमा राख्नू भयो ती शव्दहरू देख्दा तपाईको परिवारका महिला सदस्यहरुले पनि लाजले शिर झुकाए होलान ।

तपाईले लेख्नु भएको स्टाटसले तपाईको स्तरलाई राम्रै परिचय दिएको छ । म त एउटा त्यहि महिला हुं , तपाई जस्ता सामन्ति सोच बोकेका पुरुषहरुको समाजको जातो मुनि पिसिएकी महिला हु । म तपाईले प्रयोग गर्नु भएको भाषा र आरोपबाट थोरैपनि बिचलित हुने छैन । जव महिलाहरु तपाईको जस्तो सामन्ति बिचार राख्नेहरु संग असहमति राख्छन र गलतलाई गलत भन्दै बहसको लागी चुनौति दिन्छन अनि तपाई जस्तो सामन्तको चाकरीमा रमाउने बहसमा हारेर तथानाम गाली गलौजमा उत्रनुलाई बिचारले रित्तिएको दिमाग भन्दा अरु केहि हो भन्ने कुरा बुझेको पनि छैन ।

नेपालमा जाजरकोटे राजाहरुले बिहे भएपछि पहिलो दुलहि लिएर राजाका जानु पर्ने चलन थियो त्यहि चलनलाई फ्रान्सको पेरीसमा ददी सापकोटाले लागु गर्ने प्रयास गर्दै नेपालबाट जो कोहि आए पनि वहांलाई भेटाउनु पर्नेे भन्ने तपाईको सोच र बिचार प्रति मेरो असहमती हो र त्यो असहमति संग म अहिले पनि अडिग छु ।

तपाईको सामान्ति सोचको बिरुद्धनै मेरो धावा हो । म कक्षा सात देखीनै महिला मुक्ति आन्दोलनमा हिडेकी नारी हुं, त्यसैले मेरो बिरुद्ध गरिने कुनै पनि भ्रम र निचताले मलाई बिचलित बनाउने छैन र महिला माथि गरिने बिभेद बिरुद्धको निरन्तर संघर्ष पनि हो ।

ददि सापकोटाले के लेखे स्टाटस ? जस्ताको तस्तैः ( कल्पना मगरको सामाजिक गिरावट र काइते स्तरबारे मपनि लेखमकी के हो ? उनले चरित्रका विषयमा कुरो उठाएकले भने भन्न मन लाग्यो (कल्पना मगर तिमी चारित्रिक रुपमा कति गन्हाएकी छौ ? बेल्जियममा तिमि जस्तो चारित्रिक रुपमा डङडङी गन्हाएकीलेपनि अरुलाई चरित्रको कुरो गर्न सुहाउँछ र भन्या ? लेखनका विषयलाई चरित्रसित जोड्ने ? कल्पना, तिम्रो चरित्र एक पटक आफैंले हेर त कति गन्हाएकी छौ बेल्जियमको समाजमा । नैतिक र चारित्रिकरुपमा पतन हुँदापनि चरित्रको कुरो उप्काउन कसरि सकेको ?)

कुरो तपाईले जुन हिसावले मेरो नैतिकता माथि धावा बोल्नु भयो, म बेल्जियममा गन्हाएको भन्ने आरोप लगाउनु भएको छ । तपाई महिलाहरुको जासुसी गर्ने कम्पनीमा पनि जागिर गर्नु हुदो रहेछ । तर मेरो चरित्र हत्या गर्ने अधिकार तपाईलाई छैन । मेरो नैतिकता र चरित्रका बिषयमा राम्रो ज्ञाता हुनुहुदो रहेछ त्यसैले मेरो चरित्रमा एउटा सानो मात्र दाग रहेको प्रमाण दिनुहोला मैले भोग्नु पर्ने सजाएको भागिदारी हुन म तयार छु ।

म तपाईलाई मेरो बिरुद्धको अभियोगको प्रमाण सात दिन भित्र २२ अप्रिल २०१७ सम्म सार्वजनिक गर्न अनुरोध गर्दछु । यदि सोहि दिन सम्म तपाई मलाई लगाउनु भएको आरोपलाई प्रमाणित गर्न सक्नु भएन भने एउटा महिला माथि गरिएको दुरब्यवहार र अपराध प्रति साईवर कानुन, महिला आयोग नेपालमा, बेल्जियममा, यूरोपियन यूनियन मार्फत तपाईसंग म कानुनी लडाई लड्ने अग्रिम जानकारी दिन चाहन्छु । यो मैले तपाईलाई दिएको चुनौति मात्र नभएर महिलाहरु माथि गरिने अत्याचार बिरुद्धको लडाई हो भन्ने बुझ्नु होला ।

साथै संसारमा रहेका महिलाहरुले महिला माथि गरिने कपोकल्पित आरोप र अन्यायको बिरुद्धमा लड्ने मेरो अठोटलाई सहयोग र साथको अपेक्षा समेत गर्दछु । धन्यवाद

* द्रष्टब्य : माथिको लेख लेखिकाको निजी बिचार हुन -सम्पादक ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*