गैर आवासीय नेपाली संघ बेल्जियमको अधिवेशन अगष्टमा

ईयु समाचारदाता
लुभेन बेल्जियम,अप्रिल १६ ।

गैर आवासीय नेपाली संघ बेल्जियमको गत ०२ अप्रिल २०१७ का दिन बसेको पूर्ण बैठकले आगामी १३ अगष्ट २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कुरा महासचिब लोक दाहालले बताए ।

अधिवेशनलाई समपन्न गर्नको लागी सदस्यता वितरण समितिले आगामी १५ अप्रिल देखि सदस्यता समेत वितरण गर्ने समेत निर्णय गरि सकेको छ ।

गैर आवासीय राष्ट्रीय समन्वय समितिलाई अन्तराष्ट्रीय समन्वय परिषदले गरेको निर्देशन अनुसार प्रत्येक साधारण सदस्यहरु मार्फत १५ डलर गैर आवासीय अन्तराष्ट्रीय समन्वय परिषदको केन्द्रीय भवन निर्माणलाई सहयोग गर्ने गरि आगामी केन्द्रीय महाधिवेशन अगावै बुझाउनु निर्देशन गरे बमोजिम गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको साधारण सदस्यता शुल्क आगामी २०१७-२०१९ का लागी २५ यूरो कायम गरिएको हुदा सदस्यता वितरण समितिलाई जानकारी गराई सकेको हुदा सम्पूर्ण बेल्जियम वासी गैर आवासीय नेपालीहरुलाई माथि उल्लेखित मितिबाट साधारण सदस्यता बितरण खुल्ला गरिएको जानकारी गराएको छ ।

जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष जित लामा र प्रबासी नेपाली मन्चका अध्यक्ष बोधराज पौडेलले साधारण सदस्यता शुल्क चर्को भएकोमा सहमति बिना सो शुल्क निर्धारण मान्य हुन गार्हो रहेको बताई सकेका छन भने शुल्क अधिक भएकोमा संघले बिभिन्न क्षेत्रबाट आलोचना खेप्नु परिरहेको छ । संघका अध्यक्ष गंगाधर गौतमले ईयुनेपालको यो जिज्ञासा बारे भने ” अन्तराष्ट्रीय समन्वय परिषदले नै तोकेको शुल्क हो तरपनी हामीले केन्द्रमा कुरा गरिरहेका छौ । ”

अधिबेसन सम्पन्न गर्न प्रारम्भिक रुपमा सद्सयता बितरण तथा नबिकरणको लागि संघका उपाध्यक्ष पदम गुरुङको सयोजकत्वमा सचिब गोबिन्द सिङ अधिकारी र राकेश कर्माचार्य सचिब रहने गरी सदस्यता बितरण समिती गठन गरेको छ ।

सदस्यता बितरण समितिमा बेल्जियमका क्षत्रीय अध्यक्षहरु सदस्य रहने गरी समिती निर्माण गरिएको छ । सदस्यता बितरणलाई सरल र सुबिधायुक्त बनाउन सस्थाको होमपेजबाट सिधै डाउनलोड गरी सदस्यता नबिकरण तथा नयाँ आबेदन गर्न सक्नेछन ।

सदस्यता नबिकरण तथा नयाँ आबेदन गर्नको लागि यहि आगामी १५ अप्रिल २०१७ देखि देहाय बमोजिमका ब्यक्ति र निम्न स्थानमा पनि सम्पर्क गर्न राष्ट्रीय समन्वय परिषद उपाध्यक्ष एब सदस्यता बितरण समिती सयोजक पदम गुरुङले बताए ।

संपर्कका लागि निम्न स्थान र ब्यक्तिहरू रहेका छन ।

लुभेन क्षेत्र : Brasserie oud leuven
tiensvest १२
३००० स्टेशन
पदम गुरुङ
सागरदास श्रेष्ठ
मिन गुरुङ
यशोदा थापा
गोबिन्द सिंह अधिकारी

गेन्ट क्षेत्र :हरि भट्टराई
कृष्ण पराजुली

ब्रसेल्स क्षेत्र :place leon
vanderkindere ४
११८० उकल
भिम सुबेदीको पसल
भिम सुबेदी
पार्बता शर्मा
अन्त्वेर्पेन क्षेत्र : नेसनल होटेल
चिनिया दुवाल
राकेश कर्माचार्य
राम पुन
कृष्ण पौडेल

ओस्टेण्डे क्षेत्र : nieuwpoortsestenweg 16
ऒस्तेन्दे ८४००
धर्म पाठक :
सिन्त्रादुन क्षेत्र ३८०० minderbroederstraat १६
कुम शाही
मिन बहादुर गुरुङ

ब्रुग्गे क्षेत्र :कमल पन्थी
पूर्ण तिमल्सिना
शिव तिमल्सिना

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*