जनयुद्धको रगतको खाटो माथी दाग लगाउन पाईदैन

>>> कल्पना मगर

बिगतको जनयूद्दले जन्माएको होनहार जनयोद्दा माथी लगाईएको तल्लो स्तरको निच र कपोकल्पित आरोप प्रती गम्भिर ध्यानआकर्षण भएकोछ; यसर्थ यही बिषय बस्तु माथि दुई- चार कुराहरु प्रस्तुत गर्न सोर्हैआना गलत अबश्य हुने छैन भन्ने मलाई लागेको छ ।

दिपेश पून आफैमा एक चिरपरिचित नाम हो । नेपालको यूगान्तकारी परिवर्तनमा बालापन देखीको जनयूद्दमा होमिएको वेला होस या आजको यूगान्तकारी परिवर्तन पश्चात समाजसेवी यूवा नेता भई जनताका घर- घर, झूपडी- झूपडीमा गई जनताका सेवामा लागेका होस !दिपेश पून एक ईतिहॉसको पात्र हून ।

१४ बर्षको उमेरमा परिवर्तनको लागि बन्दुक बोक्दा कानको सुन्ने शक्ती गुमाएर पनि हेरिङ् मेसिनको सहारामा फेरि पनि सहिदहरुका अधुरा सपना पुरा गर्न पार्टी र आन्दोलनमा सक्रिय राजनितिमा हुनु मेरो अभिशाप हो र ? भन्ने दिपेश पूनको भनाईले कून परिवर्तनशील नेपालीको मन नछोला र ?

ददी सापकोटा को हुन ? यूरोपका सबैलाई सर्बबिदितै छ परन्तु उनको चरित्र र चिन्तनमा पटक्कै सुधार नआएको देख्दा निकै नै बैराग लागेर आउछ घरी-घरी !

दिपेश पूनको खन्डन ” म स्वभाव र प्रवृतिले पनि घमण्डी र राजाको छोरों जस्तो मेरो कार्यशैली ब्यबहार छैन, हुन्थ्यो भने म जुनदेश जान्थे त्यही राजदूतको निवासमा बस्न खोज्थे होला। म आफुलाई सरल र सामान्य मान्छे ठान्छु र म त्यही रहन चाहान्छू, यसैमा रमाउनु मेरो मेरो सर्बस्व हो ” पक्तिकार सँग उनले भने ।

दिपेश पून हामी नेपालीहरू विच गर्वले छाती फूलाउने नामको रूपमा लिन सक्छौं । अझ जव दिपेश पूनलाई हामी यूरोपमा वस्ने नेपालीहरूले जसरी भेट्ने मौका पॉयौ ,चिन्ने मौका पॉयौ र महसूस गर्ने मौका पॉयौं साच्चै दिपेश पून ती हजॉरौं शहिदहरूले रगत वगाएर रोल्पाको एक जनजाती मगरको छोरा हाम्रो मुलुकको सम्माननीय उपराष्ट्रपति वनाएको सामान्य जनताको छोराको छोरा रहेछ भन्ने अनूभूती तपाई हामी माझ स्पष्ट पार्न सफल हूनू भएको छ यस मानेमा पनि म दिनेश पून प्रती सलाम र धन्यवाद दिन चाहान्छू ।

सादा जीवन उच्च विचार नै यथार्थता रहेको उनको हरेक कृयाकलाप र भनाईहरूवाट स्पष्ट झल्कन्थ्यो । जे खाए पनि हूने, जहॉ सूते पनि हूने जस्तो वातावरणमा पनि सहज हून सक्ने जूनसूकै विचारका मान्छे संग पनि सहजै वहस गर्न सक्ने नै उनको प्रमूख सरल बिशेषता रहेको हामीले पॉयौं।

सयौं नेताका छोरा-छोरी विदेशमा डाक्टर र ईन्जिनीयर वन्दै गर्दा दिपेश पून नेपालका बिपन्न ति चेपॉग र भूकम्प पिडीतको घरदैलोमा देशको लागी खटीरहेको एक होनहार नेपाली भैरहेको पनि हामीले देखी रहेकै हौं र अझ यूरोपमा आएर आफ्नो अनूभूती जनयुद्ध दूवै कान गूमाई एअरफोनको भरमा पनि केही सून्ने र केही अन्दासूरमै हो भन्नू पर्ने वाध्यता सूनाउदै नेपाल प्रतीको आफ्नो योगदान र त्यसको प्रतिफल प्राप्तीका निम्ती सवै यूरोपवासी नेपालीहरूको साथ र भरोसाको अपिल गरिरहदा सबैको ऑखा रसाएका थिए।

यहॉ वेल्जियम स्थित सवै विचारका बिभिन्न राजनैतिक तथा अन्य संघ संस्थाका व्यक्तीत्वहरू पनि दिपेश पूनको सादा र सरल व्यवहार देखेर सवैको प्रसंशाको पात्र बनेका थिए ।
सवैको एउटै स्वर थियो की दिपेश पून त हाम्रो मुलुकको सम्माननीय उपराष्ट्रपतिको छोरा जस्तो रहेनछ। उ त सामान्य जनताको छोरा जस्तो रहेछ !! सायद ददी सापकोटाको नजरमा दिपेश पून उपराष्ट्रपतिको छोरा जस्तो नभएर दिपेश पून जस्तो हूनू नै उनको मूल्यॉकनको गलत नजर अन्दाजमा जानू थियो ।

त्यसैले म भन्न चाहान्छू ददी सापकोटा जी यदी तपाई जनताको तेस्रो अॉखा हून चाहाने हो भने सही र तथ्य चिज बाहिर ल्याउनू आग्रह गर्न चाहान्छू हैन भने भ्रम र झूटका तपाईका चिल्ला कूरा आजको यूगले पत्याउने छैनन। दिपेश पूनले ईनवक्स गरेको मेसेजको आधारमा जून अर्को लेख लेख्नु भयो त्यसले तपाईको गलत नियत झन प्रष्ट पारी दिएको छ र तपाईको पत्रकारीताको कलमको निव भॉचिएको छ।

दिपेश पूनको वारेमा गलत लेख्दै गर्दा हजॉरौं सहीदहरूको रगतलाई अपमान गरीएको छ, लॉखौ यूवाहरूको जोस र जॉगरलाई उपहास गर्न खोजेको छ र नेपालको परिवर्तनमा वाधा – तगारो बनाउने प्रयत्न सिर्फ दुस्साहस मात्रा साबित हुनेछ । तसर्थ कृपया कलमको धर्म निभाउनू हार्दिक अनूरोध !

सन्दर्भ : फ्रान्स निबासी ददी सापकोटाको आधारहीन आरोप बारे ।

भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा

http://www.nepalplus.com/archives/29154

( कल्पना मगर , नेपाली जन प्रगतिशिल महिला मन्च वेल्जियम पूर्व अध्यक्ष हाल
नेपाली जनप्रगतीशिल मंच वेल्जियम उपाध्यक्ष हुन । )

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*