अमेरिकी गायक बाग्लुङ बजारमा

कमल कुमार पुन
लिस्बोन पोर्चुगल, मार्च २८ ।

आउ है मायाँ काली पुल तरेर
चोखो मायाँ लगाउनी गरेर
यही दिल भित्र फुलाम फुलाम भो
यति राम्री पर्वते मयालाई, बाग्लुङ बजार डुलाम डुलाम भो ।

चन्चले मन बैँसालु चोला छ
कालीपारे मायाले बोलाछ
त्यही दिल भित्र फुलम फुलम भो
यति राम्रो बाग्लुङ्गे माया सँग, बाग्लुङ बजार डुलम डुलम भो…..

माथी उल्लेखित गरिएका गीति हरफहरु भर्खरै बजारमा आएको गीति कोशेली “बाग्लुङ बजार डुलाम–डुलाम भो” पञ्चेबाजा गीतमा संग्रहित केही अंशहरु हुन । बाग्लुङ जिल्ला तंग्राम गा.वि.स (हाल काठेखोला गाउँपालीका–४) आमा विष्णुमाया पुन र वुवा मनिप्रसाद पुनको कोखबाट कान्छो सुपुत्रको रुपमा जन्मिएका एक होनहार, असाधारण प्रतिभाशाली लोक गायक तथा कुशल सर्जक खेम पुनद्धारा बजारमा ल्याइएको र अत्यन्तै आशा गरिएको गित हो । हाल अमेरिकालाई कर्मथलो बनाएका पुन एक अव्वल लोक दोहोरी गाएकका रुपमा चिर–परिचित छन् । बाग्लुङ महोत्सव २०५९, पर्वत महोत्सव २०६० मा क्रमशः पहिलो र दोस्रो स्थान र दर्जनौं प्रतियोगीताहरुमा सफलता हाँसील गरेका पुन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुलाई पछाडि पार्दै आफुलाई प्रतिभावान लोक दोहोरी गायकको रुपमा प्रमाणित गरिसकेका एक कुशल स्रजक हुन् ।
नेपाली साहित्यमा त्रिभुवन विश्व–विद्यालयबाट स्नातकोत्तर गरेका गायक पुन जीवन भोगाइहरु र सामाजीक परिवेशका विषयवस्तुलाई गीत मार्फत छताछुल्ल बनाउन सक्ने एक कुशल र सफल शब्द शिल्पकारको रुपमा आफुलाई चिनाउन सफल भैसकेका छन् । लोक संगीतलाई समाजको दर्पण मान्ने गायक पुन लोक गितले समाजको भाका बोल्नुपर्छ, जीवनका भोगाइहरुलाई ओकल्नुपर्छ र लोक अभिव्यक्ति बोक्नुपर्छ भन्ने धारणा व्यक्त गर्छन । लोक संगीत मन मस्तिस्कले सजिलै ग्रहण गर्न सक्ने, जन जिब्रोमा टपक्कै झुन्डीने र लोक भोगाइहरुको प्रतिनिधित्व हुने खालको हुनु पर्दछ भन्ने गायक पुन लोक संगीत क्षेत्रको विकास सँगै आएका विकृती प्रति भने निकै चिन्तित् देखीन्छन् ।
केहि समय अगाडी निकै चर्चीत गित “ए परदेशी फर्की आऊ” बोलको गीत लोक सङीत क्षेत्रलाई दिएका गायक पुन थुप्रै सिर्जनाहरु समय अभाव र विविध कठीनाइहरुको कारणले लोक संगीत क्षेत्रलाई दिन नपाएकोमा दुःख व्यक्त गर्दछन् । “लौन माया पर भो” ,”देउतै भेटियो” ,”बाग्लुङ जिल्ला बोंघादोभान”, ” टुप्पी बाटेर”, “मनमा आगो सल्काएर गयौ” लगायत दर्जनौँ गित संगीत दिएर लोक संगीतलाई समृद्ध बनाएका गायक पुनले आगामी दिनमा पनि उत्कृष्ट गित संगीत लिएर बजारमा आउने प्रतिबद्धता व्यक्त गर्दछन् ।
बाग्लुङ र पर्वतको सेरोफेरोलाई पृष्ठभूमि बनाएर तयार पारिएको पछिल्लो पञ्चे बाजा गितमा बाग्लुङ को तरुण युवा र पर्वतकी तरुण युवती विच को एकल बैँसालु भोगाई लाई छिट्टै बरबधुको रुपमा दाम्पत्य जीवन भोगाइको रुपमा प्राप्त गर्ने उत्कत र सुन्दर अभिलाषालाई गित मार्फत व्यक्त गरेका छन् । जवानी र सुन्दरताले भरीएकी पर्वते मैयाँलाई बधुको रुपमा पाएर स्वप्नील मायावी संसारको कल्पनामा हराएका गायक नजिकको कालीका भगवतीलाई साक्षी राखेर, बाघको शालीकको पृष्ठभूमिमा सेल्फी खिचेर बैवाहिक जीवन सुरु गर्न भने गितमा चुकेका छन। विन्ध्यबासिनी म्युजीकले बजारमा ल्याएको यस उत्कृष्ट सृजाना लाई चर्चीत संगीतकार तथा कुशल एरेन्जर वि.वि अनुरागिले सुन्दर ढंगमा सँगीत संयोजन गरी गितलाई उत्कृष्ट बनाउन कहिँकतै चुकेका छैनन् । पञ्चे बाजामा पछिल्लो समय निकै जमेकी लोक दोहोरी गायीका जुना श्रीस मगरको कालजयी स्वरले गितलाई थप उत्कृष्ट बनाएको छ । गितको भावलाई श्रव्य दृष्य मार्फत व्यक्त गर्ने चर्चीत निर्देशक तथा मोडल शंकर वि.सी यसपटक पनि आफुलाई कुशल निर्देशक सावित गरेका छन् । मोडल रञ्जिता गुरुङ र हास्यपात्रको रुपमा निर आलेको भूमिका प्रशसनीय छ । विन्धबासीनी म्युजीकको यु–ट्युब च्यानल मार्फत बजारमा आएको गितलाइ कृष्ण फिल्मस एण्ड एड्भरटाइजीङले निर्माण गरेको हो ।
प्रस्तुत पञ्चे बाजा गीतलाई माया गरेर लोक संगीतको प्रबद्धन गर्ने हाम्रो जिम्मेबारी र दायित्वलाई बोध गरि गायक तथा सर्जकको गायकी र शिल्पलाई अगाडी बढाउन र हौसला प्रदान गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गरौँ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*