बेल्जियन पत्रकार टोली नेपाल प्रस्थान

बिरमान मगर
ब्रसेल्स बेल्जियम, मार्च ३० ।


नेपालको पर्यटन प्रबर्धन सम्बन्धी सामाग्री तयार गरी बेल्जियमको राष्ट्रिय समाचारमा प्रसारणको लागि बेल्जियम बाट ४ जना पत्रकारको टोली आज नेपाल प्रस्थान गरेका छन ।

बेल्जियमका चर्चित पत्रकार बेन रुलान्टसको नेतृत्वमा नेपाल प्रस्थान गरेको उक्त टोली लाई आज ब्रसेल्स एअरपोर्टमा नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित प्रतिनिधि शिव कुमार बरुवाल र रबिन्द्रमान श्रेष्ठले बिदाइ गरेका थिए ।
पत्रकारहरुलाई बिदाइ गर्नको लागि ब्रसेल्स बिमानस्थलमा एनआरएन आईसीसी सचिब अर्जुन कुमार श्रेष्ठ , महिला उपसंयोजक रजनी प्रधान , नेपाली ब्याबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्ट , एनआरएन बेल्जियमका सल्लहाकर बिरमान घर्तिमगर , एनआरएन बेल्जियमको सदस्य कल्पना मगरको पनि उपस्थित रहेको थियो ।

नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित प्रतिनिधि शिव कुमार बरुवालका अनुसार बेल्जियम बाट गएका पत्रकारहरुले नेपालमा नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालका बिभिन्न पर्यटकिय स्थलमा पुगेर पर्यटकलाई आकर्षण गर्ने बिषयबस्तु समेटेर वृतचित्र निर्माण गर्ने भएको हो र उक्त सामाग्रीलाई बेल्जियमका राष्ट्रिय सन्चार माध्यमहरुमा प्रसारण गर्ने कुरा जानकारी गराउदै पत्रकारहरुको यस भ्रमणले बेल्जियममा नेपालको पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।
नेपाल पर्यटन बोर्डले सन २०१८ लाई नेपाल घुमफिर बर्षको रुपमा मनाउने र त्यसको तयारीको लागि यस बर्ष २०१७ लाई नेपाल भ्रमण बर्ष २०१७ युरोप भरी मनाउने घोषणा गरेकोले यस अभियानलाई सफल बनाउने पनि यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।

नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित पर्यटन प्रतिनिधिहरुको समन्वय र सकृयतामा तयारी गरिएको यस बेल्जियम पत्रकार नेपाल भ्रमण कार्यक्रमको नेपालमा सम्पूर्ण ब्यबस्थापन नेपाल पर्यटन बोर्डले गरेको र पत्रकारहरुलाई बेल्जियमबाट नेपाल जाने आउने टिकटको ब्यबस्था बेल्जियम स्थित नेपाली संघ- संस्था र समुदायबाट आर्थिक सन्कलन गरिएकोले नेपाल भ्रमण २०१७ कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने र बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ संस्था समुदायलाई समेत धन्यवाद ज्ञापन गरिएकोछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*