तमु समाज बेल्जियमको अध्यक्षमा पुनः जिबन गुरुङ

११ बुदे ऐतिहासिक घोषणा पत्र जारि गर्दै तमू समाज बेल्जियमको नवौ अधिवेशन सम्पन्न ।
अध्यक्षमा पुनः जीवन तमू निर्वाचित ।

युबराज गुरुङ
एन्ट्वेर्पेन बेल्जियम, मार्च २७ ।

नेपाली समुदाय माझ पुरानो र सशक्त सामाजिक संस्थाको रूपमा स्थापित तमु (गुरुङ) समाज बेल्जियमको नवौँ अधिबेशन बेनेल्क्सका महामहिम राजदूत लोक बहादुर थापाको मुख्य अभिभावकत्वमा उद्घाट्न समारोह सम्पन्न भयो ।
अध्यक्ष जिबन गुरुङको अध्यक्षता रहेको अधिबेशनको पहिलो सत्रलाई ज्येष्ठ सदस्य चन्द्र माया गुरुङ (८३), एनआरएनएका केन्द्रिय पदाधिकारीहरु, राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरु र ठुलो सँख्यामा बेल्जियमका बिभिन्न भागबाट सहभागि हुन आएका प्रतिनिधि पर्यबेक्षकहरुको उपस्थितिले शोभायमान बनाएको थियो ।
संस्थाका कार्यबाहक महासचिब अरबिन घलेद्वारा सँचालित कार्यक्रममा उपाध्यक्ष काजी गुरुङले उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए भने संस्थाको स्थापनाकाल (सन २००० देखि २०१७ ) हाल सम्मका उपलब्धिहरुलाई सँक्षेपमा संस्थाका अग्रज जानकी गुरुङले प्रस्तूत गरेका थिए । सबै बिशिष्ट पाहुनाहरुले मन्तब्य दिने क्रममा संस्थाको योगदान र साखको प्रशन्सा गर्दै नयाँ बन्ने कार्यसमितिलाई अग्रिम शुभकामना दिएका थिए ।

दोश्रो चरणको बन्द सत्रमा महसचिबको तर्फबाट प्रस्तूत प्रगति प्रतिबेदन, निति तथा कार्यक्रम र कोषाध्यक्ष राम घलेद्वारा प्रस्तूत आर्थिक प्रतिबेदनलाई घनिभूत छलफल, चर्का चर्की बहश र आबस्यक परिमार्जन सहित पारित गर्यो । बन्द सत्रले बिधानको समेत सामान्य सँसोधन गर्दै आन्तरिक तथा बाह्य निति कार्यक्रमहरु पारित गर्यो ।

संस्थापक अध्यक्ष मिन गुरुङ सहित युबराज गुरुङ, जानकी गुरुङ, बालेन्द्र गुरुङ, नन्दु घले, गम बहादुर गुरुङ र होम गुरुङ रहेको ७ सदस्सिय अध्यक्ष मण्डल माझ जिबन गुरुङ नेत्रित्वको पुरानो कार्य बिघटन पश्चात नयाँ समिति निर्माणको लागि बाटो खुलेको थियो । अध्यक्ष मण्डलको लगातार प्रयास पछी सर्बसम्मत रूपमा सबै क्षेत्र र आवश्यकतालाई मध्य नजर राख्दै बन्द सत्रले नयाँ समिति चयन गर्यो ।

तमु समाज बेल्जियमको सम्पन्न नवौ अधिवेशनले सर्बसम्मत रूपमा पुन: जीवन गुरुङ्गको अध्यक्षतामा दुर्गा ( नन्द) तमुस्यो वरिष्ठ उपाध्यक्ष, राम घले र ओम राज गुरूंग उपाध्यक्षद्वय, सूर्य गुरुङ महासचिव, अनिता घले सचिव, सहकोषाध्यक्ष कमला तमुस्यो र क्षेत्रगत रूपमा सदस्यहरू सहित सत्र सदस्यीय कार्यसमिती चयन गर्यो । कार्यसमिति घोषणा पश्चात संस्थापक अध्यक्ष मिन गुरूंगद्वारा तमू भाषामा सपथ ग्रहण गराइएको थियो ।

बन्द सत्रले घनिभूत छलफल गरी नवौं अधिबेशनको सँकल्प सहित ११ बुँदे घोषणा पत्रको पुरा विवरण यस प्रकार रहेको छ :

१, तमु समाजलाई बेल्जियम नेपाली समुदाय माझ थप जिम्मेवार र उत्तरदायी बनाउन समय सापेक्ष पारीमार्जित निति तथा कार्यक्रमहरु अबलम्बन गराउदै जाने ।
२, नेपालका तमु (गुरुङ) अभिभाबक संस्था र जनजाति महासंघको प्रबाश निति र कार्यक्रमहरुलाई प्राथमिकता दिदै जाने ।
३, ईपरमा गोर्खाजहरुको सम्मानमा वार्षिक रूपमा गरिदै आएको श्रद्धान्जली कार्यक्रमलाई थप ब्यबस्थित गर्दै जाने ।
४, संस्थाको आफ्नै भवन खरिद गर्ने बिषयलाई प्राथमिकता दिने ।
५, नेपालको प्रबर्द्दनमा संस्थाले दिदै आएको योगदानलाई अरु अभिब्रिद्धि गर्दै जाने । नेपाल सरकार मार्फत बेल्जियममा हुने कार्यक्रमहरुलाई भरपूर सहयोग समर्थन गर्ने ।
६, सामाजिक शोषणका रूपमा पीडित ब्यक्तिहरुलाई संस्थाको सँयन्त्र मार्फत राहत पुर्याउन गरिदै आएको अधिकतम प्रयत्नलाई निरन्तरता दिँदै स्थानिय सरकारसँगको सहकार्यलाई सामाजिक अन्तर्घुलनका कार्यक्रमहरुमा बढावा दिने ।
७, बेल्जियममा तमु समाज र बेल्जियम नेपाली समुदायलाई ‘ईथनिक माइनोरिटी’ को मान्यता दिलाउन अन्य संघ संस्थाहरु सँग आबस्यक परामर्श गरेर आबस्यक कार्यको पहल गर्ने ।
८, जनजाति महासंघ बेल्जियमलाई सकृय र रचनात्मक कार्यक्रमका साथ अघि बढाउन अरु थप कृयाशिलता जनाउने ।
९, एनआरएन बेल्जियमलाई नेपालीहरुको साझा सामाजिक संस्थाको रूपमा थप प्रभावकारी बनाउन संस्थाले रचनात्मक सकृय सहयोग बढाउने ।
१०,तमू सास्कृतिक प्रतिष्ठान नेपालद्वारा सँचालित छात्रवृत्ति कार्यक्रमलाई संस्था र ईश्वरी+राज गुरूङको तर्फबाट एक एक बिध्यार्थी प्रायोजन गरेर क्रमश अन्य दाताहरुको खोजी गर्दै जाने ।
११, अधिबेशनमा प्रमुख अभिभाबकको रूपमा सहभागि जनाउनु हुने महामहीम राजदूत श्री लोक बहादुर थापाज्यु लगायत एनआरएनए र अन्य संघ संस्थाहरुका प्रतिनिधिहरु, पत्रकारहरु र शुभेच्छुकहरुमा अधिबेशन आयोजक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*