दम्भ वा अहमता प्रकट गर्नु असोभनिय हो – माधव सापकोटा

जनसम्पर्क समिति बेल्जियम अध्यक्षका प्रत्यासी माधव सापकोटाले माफी मागेर असल राजनितिज्ञ भएको महानता देखाए

दम्भ वा अहमता प्रकट गर्नु असोभनिय हो


माधव सापकोटा,बेल्जियम

आदरणिय पार्टी नेर्तित्व, जन संपर्क समिती युरोपका साथीहरु, पत्रकार मित्रहरु र शुभचिन्तकहरु,
हुन त म जन संपर्क समिती बेल्जियमको अधिबेशनमा प्राबिधिक रुपले नेत्रित्वमा चयन् हुन सकिन । तसर्थ मेरा राय सुझाब, संगठन प्रतिको लगाब र भावनाको बैधानिकता माथि प्रश्न उठ्ने नै छ । तर पनि म अध्यक्षको प्रत्याशी हुँँ र झण्डै आधा भन्दा केही कम मत दाताहरुको विश्वाश जित्न सफल भएको छु । त्यो परिणामले मलाई नेता मान्न स्विकार गरिसकेकोले चुनाव वा त्यस अघिपछी उठेका केही असहज प्रश्नहरु बारे मैले मुख खोल्नै पर्ने हुन्छ र जिम्मा समेत् लिनु पर्ने देखेर केही शब्द लेख्दैछु ।

साथीहरु, पत्रकारहरु माथि केही जिम्मेवार साथी वा पुर्ववत नेत्रित्वहरुबाट लुभेनको मत गणना स्थलमा केही असहज व्यबहार भएको भन्ने आसयका समाचारले म लगायत हामी सबै कार्यकर्ताहरुको मन दुखेको छ । हाम्रो संगठन पत्रकार ,लेखक,न्याय पालक र मानब अधिकारबादीहरुको अधिकार प्रती गहन जिम्मेवारीका साथ सम्मान गर्ने प्रजातन्त्रको पहरेदार पार्टीको बैदेशिक संगठन हो ।

मिडियाकर्मिलाई चुनाबको मत परिणाम प्रबेक्षण वा पारदर्शिताको अनुगमन,निगरानी,खबर्दारी र समालोचनात्मक टिप्पणी सहित संगठनको गरिमालाई ख्याल राख्दै प्रश्न उठाउने पूर्ण हक पार्टी बिधानले नै सुनिस्चित गरेको छ । त्यसमा प्रकृयागत रुपमा कार्यकर्ता, शुभचिन्तक र आम जनताले समेत आफ्ना सन्तुष्ती र असन्तुष्तीहरु ब्याक्त गर्ने पूर्ण अधिकार छ । त्यसमा हामी नेत्रिवमा पुगेका, पुगिसकेका,पुग्न प्रयासरत कोहिपनी अनभिग्य छैनौँ । त्यसैले हामीले मिडिया,हाम्रा मत्दाता,कार्यकर्ता र शुभचिन्तकहरु प्रती कुनै दम्भ वा अहमता प्रकट गर्नु असोभनिय हो जस्तो मलाई लागेको छ ।
अत मैले सङगठनको औपचारिक जिम्मेवारीमा नभए पनि त्यो हैसियत प्रमाणित गर्ने प्रतिस्प्राधाको एक हिस्सा भएको आधारमा अग्रज वा मेरा साथीहरुबाट हाम्रा निर्वाचनका प्रमुख अतिथी टिम,मतदाता साथीहरु,शुभचिन्तक लगायत पत्रकार बन्धुहरुमा भएको असुबिधा,आरोप प्रत्यारोप,अपमान र असुबिधा प्रती आत्मालोचना गर्दै क्षमा माग्न चाहन्छु ।
जन संपर्क समिति जस्तो ठुलो संगठनको चुनाव जस्तो सम्बेदनशील ,आबेग र प्रतीआबेगपूर्ण स्थितिमा भएको त्रुटी र असुबिधा प्रती असहज नभैदिनुहुन पत्रकार महा संघ जस्तो गरिमामय संगठनका सम्मानित अध्यक्ष र सम्पूर्ण पत्रकार ज्युहरुमा क्षमा माग्दै अनुरोध समेत् गर्दछु ।
म संगठनको जिम्मेवार प्रत्यासी उमेद्वार र बफादार कार्यकर्ता भएकोले पनि संगठनकै हिस्साबाट मैले हाम्रा त्रुटिहरु प्रती नेत्रित्व,कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुसँग माफि माग्नुलाई अन्यथा नलीईदिनुहुन अग्रज,बर्तमान अध्यक्ष र सम्पूर्ण साथीहरुमा आग्रह गर्दछु ।
म संगठनको आधिकारिक अध्यक्ष प्रत्यासी भएकोले पनि मेरो अनुरोध संगठनको गरिमा ,भावना,र कर्तब्य सँगै जोडीएर आउछ ।
अत मबाट पनि चुनाबको शिल्शिलामा कही कतै त्रुटी वा भुलबस पत्रकार,अग्रज,कार्यकर्ता मित्रहरु, शुभचिन्तक तथा अरु संगठनका आस्थावान साथीहरुलाई असजिलो अनुभुती भएको रहेछ ,भावनामा चोट पुगेको रहेछ भने चुनाबी भाबावेस सम्झी क्षमा गरिदिनुहुनेछ भन्ने आशा राख्दछु ।

जितको उन्मादले आफ्ना गल्ती, आवेग ,आक्रोस र असहज अवस्थालाई बिर्सनु दु:खद पक्ष हो । नेत्रित्व गुठबाट उम्केर सबैको हुन सक्नु पर्दछ र सबै अट्ने,समेटिने र सबैसँग मित्रवत हुनु पर्ने उसको दायित्व हो । कार्यकर्ता र शुभचिन्तकहरुले त्यही आशा राखेका छन । हाम्रो संगठन एकमात्र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्ने,कार्यकर्ता मैत्री,र गैह्र अधिनायकबादी राजनैतिक पार्टिको बैदेशिक इकाइ हो ।

झण्डै आधा कार्यकर्ताले नेत्रित्वकोलागी विश्वाश गरेको म माधव सापकोटा यो सबै परिस्थितीको जिम्मा लिदै नाम छुटेर वा प्राबिधिक गल्तिले भोट् खसाल्न नपाएका हाम्रा मतदाता साथीहरु प्रती संगठन र मेरो ब्याक्तिगत तर्फबाट अनौपचारिक् रुपमा माफि माग्दछु । साथै आगामी दिनमा सबै सहज् असहज परिस्थितीमा संगठनको नेत्रित्व गरिरहने प्रतिबध्दता समेत् ब्यक्त गर्दछु ।
अर्को कुरा साथीहरु,निर्वाचनको प्रचारको शिल्शिलामा दुबै टिमका साथीहरुबाट एक आपसमा कटु बचन बोलिएका रहेछन वा अभद्र व्यबहार भएको रहेछ भने पनि सम्पूर्ण साथीहरुको तर्फबाट सामुहिक रुपमा सबैसँग माफि माग्न चाहन्छु ।

पत्रकार साथीहरु, तपाईंहरुलाई औपचारिक आमन्त्रण गरी सम्मान पुर्वक परबेक्षण गर्न गर्न बोलाइनु सर्वथा नियम संगत तर्क हो र निर्वाचन मण्डलबाट हतारमा त्रुटी देखियो र मत गणनास्थलमा प्रवेस समेत् नदिएको भन्ने कुराले सबैलाई दुखी बनाउनु स्वाभाबिकै हो । त्यो संगठनको नियत हुँदै हैन । त्यसलाई ब्याक्तिगत आवेग सम्झी जिम्मेवारी पूर्वक आफ्नो निर्णयमा पुनर्बिचार गरिदिनुहुन पत्रकार महा संघ युरोपलाई बिनम्र आग्रह गर्दछु ।

तपाईंहरुको त्यो असहजताको लागि मैले संगठनको अनौपचारिक मन्चबाट जिम्मा लिदै पुन माफि माग्दछु । अर्को कुरा हाम्रो संगठनको नेत्रित्वले पनि चुनाबको शिल्शिलामा भएका असुबिधा प्रती कार्यकर्ता भोटर,शुभचिन्तक, प्रमुख अतिथी गण र पत्रकार समक्ष माफि माग्दा र कार्यकर्ताहरुको तात्परता,पत्रकारहरुको चासोलाई औपचारिक मन्चबाटै सम्बोधन गर्दा संगठनकै गरिमा बढ्दथ्यो भन्ने मेरो ब्याक्तिगत तर्क हो ।

चुनाबमा भए गरेका छुट्फुट र अन्य प्रकारका असहज गतिबिधी प्रती आत्मा आलोचित हुँदा र असुबिधा प्रती माफि माग्दा संगठनको गरिमाले शिखर चुम्दथ्यो र नेत्रित्वले क्रितग्यताको बधाई लिन पाउथ्यो । त्यो सुझ बुझ हाम्रो नेत्रित्वमा हुनै पर्दथ्यो । तर दु:ख पूर्ण रुपमा भन्नु पर्दछ त्यो भएन । चुनाबको समिक्षामा सफलताले रमाएर मात्र पुग्दैन त्रुटी र असफलताका कारणबारे पनि बहस हुनु पर्दछ ।

मैले त्यो खालको आशय औपचारिक रुपमै आउँला भन्ने सोचेको थिए । तर आएन र वाध्य भएर संगठनको नेत्रित्व ,ईतिहास र गरिमाको समेत् ख्याल गर्दै अनौपचारिक् रुपमा बैकल्पिक नेत्रित्वको हैसियतले यो आलेख प्रकाशित् गरेको छु । यसलाई जनसंपर्क समितिका सम्पूर्ण साथीहरु, नेत्रित्वगण,मतदाता, सहकर्मी र पत्रकार मित्र हरुले यसलाई संगठनको प्रतिबध्दता सरह मानि पत्रकार साथीहरुले असहज बातावरणलाई सहजतामा बदली दिनु हुने छ भन्ने पूर्ण आशा ब्यक्त गर्दछु ।

जय नेपाल
माधव सापकोटा,बेल्जियम

‘डेमोक्रेसि’मा जित्नेको उन्माद र हार्नेको तिक्तता शोभनीय हुदैन – महामन्त्री डा. सशाँक कोइराला
नेपाली काङ्रेसका महामन्त्री डा.सशाँक कोईरालाले अधिबेशन उद्घाटन समारोहमा बोलेको कुरा चुनाबी जित सगै बिर्सिएको हो त बिजयी पक्षले ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*